logo

संसद विघटनको सिफारिश पछि सुरक्षा निकाय ‘हाइअलर्ट’ मा सातै प्रदेशका सुरक्षा निकायलाई कडा निर्देशन

      12/20/2020 गते 00 00 मा प्रकाशित     1146   पटक पढिएको

संसद विघटन गर्न मन्त्रिपरिषदले राष्ट्रपति विद्या देबी भण्डारी समक्ष सिफारिस गरेपछि प्रहरीले देशभरि सुरक्षा सतर्कता बढाएको छ । 


बालुवाटारमा आज भएको मन्त्रिपरिषदको बैठकले संसद विघटन गर्ने निर्णय गरेसंगै शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिनुभ भयो । 


मंत्रीपरिषदको सिफारिश पछि उत्पन्न राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सुक्ष्म निगरानी गर्न जिल्लाभरि सर्कुलर समेत जारी गरिएको प्रहरी स्रोतले जनाएको छ । 


प्रहरी स्रोतका अनुसार सातवटै प्रदेश प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्थापन गर्न जिम्मा दिइसकिएको छ । 
देशभरिको शान्ति सुरक्षाको अवस्थालाई लक्षित गर्दै प्रहरी प्रधान कार्यालयले सात वटै प्रदेशका प्रहरी प्रमुखसंग भर्चुअल बैठक गर्नेे तयारी गरेको प्रहरी स्रोतले जनाएको छ । 


सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सबै प्रदेशसंग भर्चुअल बैठक गरेर आइजीपी शैलेन्द्र थापा नयाँ रणनीतिमा लागि सकेको प्रहरी स्रोतको भनाइ छ । 


यसको अलावा सबै जिल्ला प्रहरी कार्यालयहरुलाई ‘हाइअलर्ट’मा बस्न निर्देशन जारी भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 


दैनिक काम बाहेक विशेष निगरानीमा काम गर्न निर्देशन आएको जिल्ला प्रहरी कार्यालयहरुको भनाइ छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.