logo

प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको सिफारिस, प्रचण्ड बालुवाटारमा 

      12/20/2020 गते 00 00 मा प्रकाशित     899   पटक पढिएको

 
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । आज विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले संसद विघटनको सिफारिस गर्नुभएको हो । निर्णय अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाईँदैछ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ । नेकपाको आन्तरिक विवादका कारण अन्ततःप्रधानमन्त्री केपी ओली संसद विघटन गर्ने निर्णयमा पुग्नुभएको छ । यसअघि निकै चट्टानी अडानमा अडेका ओलीले हिजो भने आपूm बालुवाटारबाट निस्किएर भेटघाटमा व्यस्त हुनु भएको थियो । अन्तिम विकल्प केही नदेखिएपछि अन्ततः आज बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर संसद विगठनको सिफारिस गर्नुभएको हो । 


यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नु भएको छ । मन्त्रिपरिषद बैठक चलिरहँदा प्रचण्ड, प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको हो । स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबीच छलफल गर्न प्रचण्ड बालुवाटार पुग्नुभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताउनुभयो ।


यस्तै संसद विघटनको सिफारिससँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अन्योलनमा पर्ने भएको छ । बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरेपनि सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने संभावना नदेखिए पछि प्रधानमन्त्री ओलीले बिहानै मन्त्री परिषदको आकस्मिक बैठक बोलाएर संसद विघटनको सिफारिस गनुभएको हो ।

हिजो दिनभर प्रधानमन्त्री ओली सहमतिका लागि प्रचण्डलगायत पार्टीका नेताहरुसँगको भेटघाटमै व्यस्त बन्नुभएको थियो । प्रचण्ड निवास खुमलटारमै पुगेर ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो, तर प्रचण्डले भने प्रस्ताव फिर्ता लिन अस्वीकार गर्दै स्थायी कमिटीमै छलफल गर्ने अडान लिनुभएको छ । ओलीले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी, गृहमन्त्री रामबहादुर थापालगायतका नेता तथा मन्त्रीहरुसँग पनि भेटवार्ता गर्नुभएको थियो । सहमतिको अन्तिम प्रयासमा संभावना नदेखेपछि प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेसँगै अब पार्टीको स्थायी समितिको बैठक बस्ने नबस्ने अन्योलता बढेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.