logo

ओझेलमा परेको पर्सागढीलाई प्रचार प्रसार र संरक्षण गर्न सरोकारवालाहरुको जोड

      12/20/2020 गते 00 00 मा प्रकाशित     1058   पटक पढिएको

वीरगन्ज । अंग्रेजको फौजलाई पराजित गरी विजय प्राप्त गरेको पर्साको ऐतिहासिक स्थल पर्सागढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैको चासो र चिन्ता हुनुपर्ने जिल्लाका सरोकारवालाहरुले बताएका छन् । पर्सागढी नगरपालिकाको सहयोगमा होटल तथा पर्यटन व्यवसायी संघ, पर्यटन पत्रकार संघ र नेपाली सेनाको चण्डी प्रसाद गणले (शनिबार) हिजो संयुक्त रुपमा आयोजना गरेको पर्यटन प्रवद्र्धनका लागि अवलोकन भ्रमणका क्रममा सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् ।


पर्सागढी नगरपालिकाको वडा नम्बर ६ स्थित जिंगनामा आयोजना गरिएको कार्यक्रममा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी आसमन तामाङले सार्वजनिक सम्पक्तिहरु राष्ट्रको आयस्रोत भएकोले ऐतिहासिक स्थलहरुको संरक्षण र सम्वद्र्धनमा सबैपक्षले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक सम्पत्ति कसैले अतिक्रमण गरेको या हडपेका छन् भने त्यस्ता सम्पक्ति राज्यको नाममा ल्याउन र अतिक्रमण गर्ने जोसुकै र जस्तोसुकैलाई पनि कारवाही गर्ने चेतावनी दिनुभयो । नेपाली सेना चण्डी प्रसाद गण वीरगन्जका प्रमुख सेनानी मदनजंग राणाले पूर्खाले अंग्रेजहरुसँग लडेर विजय प्राप्त गरेको ऐतिहासिक स्थालहरुलाई संरक्षण समेत गर्न सकिएन भने आउने पुस्ताले सराप्ने भन्दै ऐतिहासिक स्थलहरुको संरक्षण र विकासका लागि नेपाली सेनाले पनि पहल गरिरहेको बताउनुभयो ।
/assets/kcfinder/upload/files/IMG_20201219_125423.jpg
कार्यक्रममा पर्सागढीका प्रमुख लोकनाराययण यादवले इतिहासको वर्णन गर्दै विसं १८७१ मा अङ्ग्रेज सेनाहरू पर्सागढीको सिमानामा आएर विश्राम गरी पहिलो जनवरीमा नयाँ वर्ष मनाइरहँदा स्थानीय रञ्जीत चौधरीको सहयोगमा नेपाली गोर्खाली सेनासँग मिलेर तिलावे र सिंघाई खोलामा बाँध बाँधेर साँझको समयमा सयौंको सङ्ख्यामा राँगा, गोरु, गाई, भैंसीको सिंहमा मसाल बाँधेर दुवै खोलामा तैराउँदा रातको समय अङ्ग्रेजी बटालियनले हजारौं नेपाली सेना आउँदै छन् भन्ने ठानेर डराएर भागेको र त्यसपछि ब्रिटिश सेनाले गोरुहरूमाथि आक्रमण गरी आफ्नो हतियार सिद्धाएपछि गोर्खाली सेना र गाउँले मिलेर स्थानीय हातहतियारले ब्रिटिश सेनामाथि विजय प्राप्त गरेको बताउनुभयो ।

विजय प्राप्ता गरेको गढीहरु मध्यको एउटा ऐतिहासिक ठाउँ भएकोले आगामी पुस १९ गते पर्सागढीमा विजयोत्सव मनाउने नगरपालिकाले निर्णय गरेको जानकारी दिनुभयो । पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा पर्सागढी नगरपालिकाकी उपमेयर अर्चना चौधरी, प्रमुख प्राशकीय अधिकृत सालिकराम ढकाल, पर्साकी प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, होटल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पर्सागढी मन्दिर संरक्षण समितिका अध्यक्ष वृजमोहन चौधरीले स्वागत गरेको कार्यक्रममा पर्सागढी नगरपालिकाका वडा अध्यक्षहरु लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी नीरज पिठाकोटेले गर्नुभएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सर्लाहीमा छुट्टा छुट्टै  दुर्घटनामा दुईजनाको ज्यान गयो

मलंगवा । सर्लाहीकोे बिभिन्न ठाउँमा भएको सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।  मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकअगाडि ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.