logo

आन्तरिक राजस्व कार्यालय वीरगन्ज करदाता मैत्री नभएको गुनासो

      12/19/2020 गते 00 00 मा प्रकाशित     994   पटक पढिएको

वीरगन्ज, ४ पुष । राज्य संचालन जनताको करबाट हुने हो । तर, त्यहि जनताको करबाट राष्ट्रसेवक बनेका कर्मचारीहरु भने राज्यलाई कर तिर्न जाने करदाताहरुप्रति रुखो व्यवहार गर्ने गरेका छन् । करमा जनताको सबैभन्दा बढी पहुँच हुनुपर्ने मुख्य कार्यालय आन्तरिक राजस्व कार्यालय वीरगन्ज नै करदाताहरुको लागि करमैत्री नभएको गुनसो करदाताहरुको छ ।

आन्तरिक राजस्व कार्यालयका प्रमुखको परिवर्तनसँगै करदाताहरुप्रति गरिने व्यवहार पनि फरक फरक हुने गरेको करदाताहरुले बताउने गरेका छन् । आन्तरिक राजस्व कार्यालय वीरगन्जमा प्रमुख कर अधिकृतको रुपमा सुनिल कुमार यादव आएपछि अहिले करदाताहरुलाई सास्ती खेप्नु परेको छ । कार्यालयमा सेवा लिन आउने खासगरी साना करदाताहरु कार्यालयको सेवा प्रभावकारी नहुँदा र कार्यालयका कर्मचारीहरुको व्यहावहारदेखि धेरै दुख पाउने गरेको बताउने गरेका छन् ।

सुनिल कुमार यादव प्रमुख कर अधिकृत भएर आएपछि उनले आफ्नो सचिवालय नै बनाएका छन् । उनको कार्यकक्षभन्दा बाहिर एकजना कर्मचारी राख्ने गरेका छन् । सेवाग्राहीले कार्यालय प्रमुखलाई भेट्न जाँदा कार्यकक्ष बाहिर बस्ने कर्मचारीले सोधपुछ गरेर मात्रै भित्र अनुमति मागेपछि जानुपर्ने हुन्छ । तर, बाहिर बस्ने कर्मचारीले प्रमुख कर अधिकृत कार्यकक्षमै हुँदापनि भित्र हुनुहुन्न भनेर सेवाग्राहीलाई ढाँट्ने गरेका छन् । कार्यालयमा पाएको सास्तीको बारेमा सञ्चारकर्मीहरुसँग गुनासो गरेपनि पछि आपूmलाई झन समस्या पर्ने डरले नाम समेत दिन सेवाग्राहीहरु चाहदैनन् ।

कोही सेवाग्राहीले गएर भेट्न चाहेमा प्रमुख कर अधिकृत यादवलाई ती कर्मचारीले सोध्ने र प्रमुखले पनि व्यस्तता देखाएर सेवाग्राहीसँग भेट्न नचाहने गरेको नाम बताउन नचाहेका एक सेवाग्राहीको गुनासो छ । करदातालाई करमैत्री व्यवहार र करमैत्री वातावरणका लागि सहजीकरण गर्नुपर्ने कार्यालयका कर्मचारीहरुको दायित्व भएपनि करदाता नै निराश हुने र हतोत्साही हुनेगरी आन्तरिक राजस्व कार्यालय वीरगन्जका कर्मचारीको शासक मनोवृत्तिले करदाताहरु दुखी बनेका छन् । करचुक्ताको प्रमाणपत्र लिन कर कार्यालय पुगेकी कल्पना खड्कालाई कार्यालयबाट सेवा पाउनलाई विचौलियाको सहारा लिनु प¥यो ।

आफ्नो फर्मको करचुक्ता प्रमाणपत्र लिने अनलाईन सुविधा भएपनि कर कार्यालबाट युजर आईडी र पासवर्ड लिएपछि मात्रै त्यो सुविधा पाउने भएकोले युजर आईडी र पासवर्डका लागि कर कार्यालयमा जाँदा २ घण्टा कुर्दा समेत नभएको काम विचौलियाले भने आधाघण्टामा गरिदिएको उनले बताईन् । तत्कालिन प्रमुख कर अधिकृत गोपीकृष्ण कोईरालाको कार्यकालमा नयाँ भवन निर्माण सम्पन्न भई सेवा शुरु गरेको कार्यालयमा अहिले टोकन प्रणाली समेत लागू गरिएको छ ।

तर, टोकन लिएका सेवाग्राहीहरु घण्टौं कुर्दासमेत काम नहुने गरेको गुनासो गरेका छन् । सेवादिने फाँटभित्र जो पायो त्यहि व्यक्तिलाई छिर्न नदिन गेटमा सुरक्षागार्डको व्यावस्था गरेपनि करदाताहरुले भने सहज सेवा लिन पाएका छैनन् । कर्मचारी र विचौलियाको मिलेमतोले पनि करदाताहरुलाई समस्या हुनेगरेको हो ।   
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.