logo

बीरगंजको शैक्षीक वतावरण तनावपूर्ण ,निकास खोज्न दलहरुको अपिल

 इसीमाना सम्बाददाता      २०८१ भदौ १३ गते १६: ०१ मा प्रकाशित     672   पटक पढिएको

बीरगंज । पर्साका पाँच राजनीतिक दलले बीरगंज महानगरपालिकाले शिक्षा क्षेत्रमा डर त्रास र भयको वतावरण बनाएको गम्भिर आरोप लगाएका छन ।

 

पाँचै दलले बिहिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन । शैक्षीक क्षेत्रमा यस्तो वतावरण बनाईनुलाई दलहरुले गम्भिर रुपमा लिएको देखिन्छ ।


दरवन्दी मिलानको बिषय शिक्षक महासंघ र महानगरको शिक्षा महाशाखावीच बिवादमा रहेको छ । शिक्षक महासंघले पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा रकम लेनदेनको आधारमा दरबन्दी मिलान गरेको आरोप लगाएको छ ।

 

उता महाशाखा र दरबन्दी मिलानको निर्णय गरेको महानगर शिक्षा समितिले दरबन्दीलाई नियमित प्रक्रिया भन्दै स्वभाविक रुपमा लिन समितिमा रहेका केही सदस्यहरुले अपिल समेत गरेका छन ।
पाँच राजनीतिक दलले यो प्रक्रियालाई “तनावपूर्ण” भनेको छ ।


शिक्षक महासंघ र महानगरवीचको बिवादले शैक्षीक वतावरण नै तनावपूर्ण भएको राजनीतिक दलहरुको ठहरले बीरगंजको शैक्षीक वतावरणको यो तनावपूर्ण अवस्थाको निकास निकै जिम्मेवारीपूर्ण गर्नु पर्ने संकेत गरेको छ ।


शिक्षकहरु त्रासमा बसेर कसरी अध्यापन गराउलान ? शैक्षीक वतवारण नै तनावपूर्ण छ त्यो तनाव कुनै पनि रुपमा प्रकट भयो धने शैक्षीक वतावरण झन कस्तो होला ? राजनीतिक दलले उठाएको यि सवाल पेचिला छन ।


आर्थिक अनियमितता,डर त्रास र तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको बीरगंजको शैक्षीक अवस्थालाई ठिक ठाउमा लग्न दलहरुले आफनो बिज्ञप्ति मार्फत अपिल पनि गरेका छन । उनीहरले समन्वयपूर्ण रुपमा सम्वादका माध्यमले निकास खोज्न अपिल गरेका छन ।


पाँचदलका नेताहरुले शिक्षक महासंघका प्रतिनिधिहरुसंगको छलफल पछि जायज माँगहरु जे छन त्यसलाई पुरा गर्नकालागि महानगरको ध्यानाकर्षण गराउन बिज्ञप्ति जारी गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका पर्साका अध्यक्ष हरि पन्तले बताए ।

बिज्ञप्तिमा नेकपा एमाले पर्साका अध्यक्ष डा. बिश्वमभर शर्मा ,नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति राम नारायण कुर्मी , जसपाका पर्सा अध्यक्ष राम नरेश यादब ,राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा संयोजक हरि पन्त , जनमत पार्टी पर्साका सह इन्चार्ज मुकेश द्विवेदीले हस्ताक्षर गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.