logo

बीरगंजमा सीसी क्यामरा संजाल बिस्तार हुने ,सीसी क्यामरा जडानकालागि सासदहरुले आर्थिक स्रोत उपलब्ध गराउने 

      11/30/2020 गते 00 00 मा प्रकाशित     957   पटक पढिएको

पर्सा  क्षेत्र नं १ का संघीय सासद प्रदीप यादवले बीरगंजमा सीसी टिभी क्यामरा जडानकालागि १० लाख रुयैया उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।

 

चालु आर्थिक वर्षमै १० लाख उपलब्ध गराउने उहाँले बताउनु भयो । सेफर बीरगंजको बैठकमा सासद यादवले यस्तो घोषणा गर्नु भएको हो । बीरगंजमा अहिले ३१ वटा सीसी टिभी क्यामरा संचालनमा रहेका छन ।

 

५१ वटा क्यामरा जडान भएकोमा अन्य क्यामराहरु बिभिन्न खाले आन्दोलन र अन्य कारण फूटेर काम नलाग्ने भएका छन । पहिलो चरणमा बिग्रिएका क्यामराहरुलाई हटाएर नयाँ थपेर ५१ पुर्याउने तय भएको छ ।

 

सीसी क्यामरा जडानलाई अभियानको रुपमा संचालन गरिने पर्सा प्रहरी प्रमुख गंगा पन्तले बताउनु भयो । उहाँले अहिले ३१ वटा क्यामरा जडान छन । अव यसलाई ५१ त्यस पछि ८२ र क्रमिक रुपमा बढाउने गरि अभियान संचालन गरिएको उहाँले बताउनु भयो ।

 

सीसी क्यामरा जडानकालागि प्रदेश सभा सदस्य भिमा यादव र करिमा बेगमले पनि पाँच पाँच लाख रुपैया उपलब्ध गराउने घोषणा गर्नु भएको छ । यो रकमले ठुलो भिडियो मोनीटर , ठुलो वालको पनि ब्यवस्थापन गरिने प्रहरी उपरिक्षक पंतले बताउनु भयो । 


बीरगंज शहरको सुरक्षा ब्यवस्थालाई प्रभावकारी बनाउनलागि सीसी क्यामरा जडानको अभियानमा बीरगंजबासीको साथ सहयोग र सहभागिता उत्साजनक रहेको पंतले बताउनु भयो ।

 

उहाँले बीरगंजको समाजले आउने दिनमा यो अभियानलाई सफल बनाउन र सुरक्षीत बीरगंजको अभियानलाई साकार पार्न सहयोग पुर्याउने बिश्वास उहाँले ब्यक्त गर्नु भयो । बीरगंज उधोग वाणिज्य संघको सभाकक्षमा भएको बैठकमा नागरिक समाजका बिभिन्न सरोकार समुहका प्रतिनिधिहरुको सहभागिता रहेको सेफर बीरगंजका अध्यक्ष मनोज दासले जानकारी दिनु भयो । 

 


उहाँले सीसी क्यामरा जडानकोलागि १ करोडको परियोजना अगाडि सारिएको र त्यसलाई सफल पार्न सहयोग जुटने क्रममा रहेको बताउनु भयो । उहाँले कतिपय वडाहरुले समेत सहयोग उपलब्ध गराउने आश्वासन दिएको जानकारी दिनु भयो ।

कार्यक्रममा प्रदेश सासद विभा यादव, करिमा बेगम, वीरगंज वडा नंम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, व्यवस्थित वीरगंजका संयोजक दिलिप कार्की, सेफर वीरगंजका पूर्ब अध्यक्ष अमर गौत्तमलगायतव विभिन्न समाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.