logo

नेकपाका दुबै क्याप्टेनकावीचमा सम्वादहिनता टुटेकोले पार्टी भित्रको प्रतिकूलता हटेको छः मंत्री भट्टराई

      11/19/2020 गते 00 00 मा प्रकाशित     941   पटक पढिएको

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मंत्री योगेश भट्टाईले नेकपा भित्र देखिएको संकट समाधानउन्मुख रहेको बताउनु भएको छ ।

 

एक प्रदेश एक सास्कृतिक पर्व बिषयक अन्तरक्रियामा भाग लिन बीरगंज आउनु भएका मंत्री भट्टराईले नेकपारुपी बिमान, मौसमा आएको प्रतिकूलतामा डगमगाए जस्तो भएको उपमा दिदै बिमानमा रहेका दुबै क्याप्टेनका वीचमा सम्वाद शुरु भएको र प्रतिकुलता हटेको प्रष्ट पार्नु भयो । 


उहाँले पार्टी अध्यक्षहरुकावीचमा सम्वादहिनता जस्तो थियो अव त्यो सम्वाद शुरु भएको छ समस्याहरुको हल निस्कने र पार्टी नफूटने दावी गर्नु भयो ।

 

पार्टीको स्थायी कमिटीका सदस्य समेत रहनु भएका भट्टराईले आजै बीरगंज स्थित जिल्ला पार्टी कार्यालयमा  पार्टीका नेताहरु सम्बोधन गर्नु भएको थियो । उहाँले हिमाल पारी र मैदान पारीले पार्टी फूटाउने नभई पार्टी फूटाउने र जोगाउने शक्ति कार्यकर्तामा रहेको बताउनु भयो । उहाँले समस्या टुप्पीतिर रहेको बताउदै कार्यकर्तालाई अन्तरबिरोधको पक्षमा नभई पार्टीको एकताको पक्षमा उभिन अपिल गर्नु भयो ।  


उहाँले दक्षिण वा उत्तरको सक्रियताले फुट्ने वा जुट्ने नभई नेता कार्यकर्ताको हातमा नै पार्टीको भविष्य रहेको जोड दिनु भयो  । उहाँले नेकपा नेपालको मौलीक सीप र प्रविधिले एक भएको भन्दै  आयातीत कुराले नेकपामा  असर नपर्ने तर  यो पार्टी विकास हुने हो वा विनाश हुने पार्टी भित्रैबाट हुने हो भन्नु भयो।

 

’उहाँले पार्टी कार्यकर्तालाई समस्यालाई थप उत्तेजीत बनाउने गरि पेट्रोल छर्किने काम नगर्न आग्रह गर्नु भयो । उहाँलेले पार्टीभित्रको अन्तर्विरोधका बेला कसैलाई साथ नदिएर कार्यकर्ताले दबाब सिर्जना गर्नु पनेृ बताउनु भयो ।


एक प्रदेश एक सांस्कृति पर्व सम्वन्धमा आयोजना गरिएको अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सहभागि हुनु भएका मंत्री भट्टराईले छठ नेपालकै साझा पर्वको रुपमा रहेको बताउनु भयो । उहाँले नेपाल सरकार समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन लागि परेको चर्चा गर्नु भयो ।

 

उहाँले संबिधानत संघीयतामा अधिकार र स्रोतको बाटफाँट भएको अवस्थामा संघ प्रदेश र स्थानीय सरकारको सहकार्यमा मात्र सम्बृद्ध नेपाल र सुखी नेपालीको नाराले साकार रुप लिने बताउनु भयो ।

 

मिल्दाखेरी राम्रो गर्न सकिने बीरगंजको कोरोना नियनत्रणको मोडेललाई नमुनाको रुपमा चर्चा गर्दै मंत्री भट्टराईले भन्नु भयो “नेपाल सरकार र प्रदेश २ को सरकारसंग अत्यधिक घनिष्टता रहेको छ आउने दिनमा प्रदेश २ को गरिवी पछौटेपन अन्त्यकालागि नेपाल सरकार, प्रदेश सरकारको साथमै रहेर काम गर्छ ।


उहाँले प्रदेश २ को निजगढमा अन्तराष्ट्रीय बिमानस्थल बनाउने , प्रदेश २ लाई धार्मिक पर्यटकको गन्तब्य केन्द्र बनाउने गरि नेपाल सरकारले काम गर्ने जानकारी दिनु भयो । उहाँले प्रदेश २ का बहुसख्यक नागरिकले मानाउे छठ पर्वलाई प्रदेशको  प्रमुख सांस्कृतिक पर्वको रुपमा मनाउने प्रदेश सरकारसंगको सहकार्यमा तय भएको बताउदै उहाँले सहकार्य आगामी दिनमा पनि निरन्तर रहने बताउनु भयो । 

 


बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ का मूख्यमंत्री लालबाबु राउत गद्धीले छठकालागि आवश्यक नादी पोखरी र तलाउको संरक्षणमा प्रदेश सरकारले ध्यान दिइरहेको बताउनु भयो ।

 

उहाँले छठ पर्वमा आवश्यक हुने सरदम हाम्रै खेत खरियानमा उत्पादन गरिने कृषि उपज रहेको चर्चा गर्दै छठले प्रकृति र श्रमको उच्च सम्मान गरेको बताउनु भयो । कार्यक्रममा पत्रकार चन्द्रकिशोरले छठ पर्वको ऐतिहासिक तथा सांस्कृति महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । 


कार्यक्रमा संघीय संसद तथा प्रदेश सभाका सदस्यहरु राजनीतिक दलका स्थानीय नेताहरुको  सहभागिता रहेको थियो । कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले मंत्री भट्टराई र मुख्यमंत्री राउतलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रममा स्थानीय कलाकारले छठ सम्बन्धी गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन सलाृदिन अहमदले गनुृ भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.