logo

जनकपुर एसिड आक्रमण प्रकरणः ५८ बोत्तर्ल सिड सहित ब्यापारी पक्राउ, नयाँ कानूनी प्रावधान अनुसार कारवाही हुने 

      11/15/2020 गते 00 00 मा प्रकाशित     1056   पटक पढिएको

शनिवार बिहान आफ्नै श्रीमती र छोरो उपर  एसिड आक्रमणको  घटना पछि जनकपुरमा प्रहरीले एसिडका बिक्रेतालाई समेत नियनत्रणमा लिएको छ । प्रहरीले अनुसन्धानको क्रममा ५८ बोतल एसिडसहित जनकपुरका  व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको छ  ।

बियरको बोतलमा भरेर राखिएको एसिड सहित  साहलाई जनकपुर उपमहानगरापालिका–४ स्थित किराना पसलबाट पक्राउ गरिएको धनुषाका  प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनु भयो  ।

 

 एसपी बस्नेतका अनुसार आरोपित साहले विराटनगरका एक व्यापारीबाट एसिड खरिद गरेको खुलेको छ । विराटनगरमा बिक्री गर्नेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

बरामद गरिएको एसिड करिब साढे ४३ लिटर रहेको प्रहरीले बताएको छ ।एउटा बोत्तलमा साढे सात सय एमएल एसिड रहेको प्रहरीले जनाएको छ । 


शनिवार श्रीमती र छोरोलाई एसिड आक्रमण गर्ने संन्जीव साहलाई प्रहरीले शनिवार नै पक्राउ गरेको थियो । तिनै संजीवले दिएको सूचनाको आधारमा प्रहरीले एसिड बिक्रेतालाई पनि पक्राउ गरेको हो । संजीवले नागेन्द्रको पसलबाट एसिड खरिद गरेको भेटिएको धनुषाका प्रहरी प्रमुख बस्नेतले बताउनु भयो ।

 

भर्खरमात्रै सरकारले एसिड खरिद बिक्री, एसिड प्रहारलगायतका घटनामा संलग्नलाई कठोर कानून सजायसहितको अध्यायदेश नै जारी गरेको छ ।

नयाँ कानून अनुसार एसिड प्रहारबाट अंगभंग भएमा २० वर्षसम्म कैद र बिनाअनुमति बिक्रीवितरण गर्नेलाई १० वर्षसम्म कैद सजाय हुनसक्ने जारी अध्यादेशमा ब्यवस्था गरिएको छ ।

 

नयाँ कानूनअनुसार एसिड आक्रमणबाट पीडित बनेकाको सम्पूर्ण उपचार खर्च र जीवनयापनको ग्यारेन्टी राज्यले लिने कानुनमा उल्लेख छ । 
एसिड आक्रमणकारी र यसको अनुमतिबिना बिक्रीवितरण गर्नेै सन्जिव र नागेन्द्रमाथि नयाँ कानुन अनुसार कारबाही हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सर्लाहीमा छुट्टा छुट्टै  दुर्घटनामा दुईजनाको ज्यान गयो

मलंगवा । सर्लाहीकोे बिभिन्न ठाउँमा भएको सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।  मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकअगाडि ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.