logo

निजामती प्रशासनको प्रमुख रहेका अर्याल बिरुद्ध मुद्धा दायर गर्दै अख्तियार

 इसीमाना सम्बाददाता      २०८१ असार १० गते १४: ४० मा प्रकाशित     403   पटक पढिएको

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामतीक कर्मचारी प्रशासनको सर्वोच्च पदमा बहाल मुख्यसचिव डा. बैकुण्ठ अर्याल बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर गर्दैछ ।


ललिता निवास, वाइडबडी खरिद, सेक्युरिटी प्रिन्टिङ प्रेस, नेशनल पेमेन्ट गेटवे खरिद जस्ता ठूला भ्रष्टाचारका मुद्दा दर्ता गरिसकेको आयोगले आइतवार अर्याल सहितका केही उच्चपदस्थ अधिकारीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ ।

 

मुख्यसचिव बैकुन्ठ अर्यालले संचार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा दूरसंचार प्राधिकरणबाट टेरामक्स खरिद गर्ने निर्णय गरेका थिए । त्यस्तै टेलिकमको बिलिङको म्यादथप लगायतका धेरै कुरामा उनी जोडिएका छन् ।

 

सञ्चार सचिव हुँदा उनले गरेका यिनै निर्णयकै कारण राज्यलाई ठूलो हानीनोक्सानी भएकाले आयोगले मुद्दा दायर गर्न लागेको आयोग स्रोतले बताएको छ । अख्तियारले मुख्यसचिव लगायतका उच्चपदस्थ अधिकारीबिरुद्ध मुद्दा दर्ता गर्न लागेको छ ।

 

अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, उनीपछिका अध्यक्ष पुरुषोत्तम खनाल लगायतले गलत ढंगले खरिद प्रक्रिया अघि बढाएको निष्कर्ष निकालेको थियो ।उनीहरु दुवैविरुद्ध एमडिएमएस प्रकरणमा अख्तियारले मुद्दा चलाइसकेको छ ।

आयोगका आयुक्तहरुको शुक्रबार बसेको बैठकले मुख्यसचिव अर्याल, आन्तरिक राजस्व विभागका तात्कालीन महानिर्देशक रितेश शाक्य लगायतमाथि मुद्दा चलाउने निर्णय गरे अनुसार कर्मचारीहरू अहिले बिशेष अदालतमा पुगेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सिन्धुलीबाट सौराहा घुम्न गएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सौराहा घुम्न गएकी १८ वर्षीया युवतीको होटलको छतबाट खसेर मृत्यु भएको छ। घटना रत्ननगर नगरपालिका–६ स्थित होटल पार्क साइटको चौथो तलामा बुधबार राति घटेको हो।

अब म्यादी होइन निर्वाचन प्रहरी, सवा एक लाख भर्ना गर्ने सरकारको तयारी

काठमाडौँ । निर्वाचन सुरक्षाका लागि भर्ना गरिने जनशक्तिलाई अब ‘निर्वाचन प्रहरी’ नामकरण गरिने भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.