logo

चौरसिया हत्या प्रकरण नेकपाका केन्द्रीय नेता बिरुद्ध अनुसन्धान गर्न पर्सा प्रहरीलाई निर्देशन सहितको सिफारिश

      11/4/2020 गते 00 00 मा प्रकाशित     2819   पटक पढिएको

नेकपा विन्दवासिनी गाउँपालिका कमिटिका सचिव मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोपमा नेकपाका केन्द्रीय नेता नागेन्द्र चौधरी रामचन्द्र साह सहित १५ जना बिरुद्ध अनुसन्धान गर्न पर्सा प्रहरीले निर्देशन पाएको छ ।  

 

पर्सा प्रहरीलाई जिल्ला न्यायधीवक्ताको कार्यालय पर्साले हत्या आरोपीहरुको बिषयमा अनुसन्धान तथा कारवाहीकोलागि निर्देशन सहितको सिफारिश गरेको हो ।

 

उनीहरुका बिरुद्ध गुडिया देवीले दिएको किटानी जाहेरीलाई पर्सा जिल्ला न्यायधिवक्ताको कार्यालयले  निर्देशनात्मक सिफारिश गरेको हो । 

 


यस अघी जिल्ला न्यायधीवक्ताको कार्यालय पर्साले कार्तिक १६ मा संबिधान सभाका सदस्य राजकुमार गुप्ता सहित १२ जना बिरुद्ध परेको किटानी जाहेरीमा पनि निर्दैशन सहितको सिफारिश गरेको छ ।जिल्ला न्यायधीवक्ताको कार्यालयले दुबै जाहेरीमा एउटै प्रकारको निर्देशनात्मक सिफारिश गरेको हो ।

 

 गुडिया देवीले दिएको किटानी जाहेरीमा जिल्ला न्यायधीवक्ताको कार्यालयले निर्दैशनात्मक सिफारिश दिएपछि चौरसिया हत्याकाण्डमा नयाँ मोड आएको छ । 


नेकपाको केन्द्रीय कमिटीका सदस्य एवं प्रदेश २ का सह इन्चार्ज नागेन्द्र चौधरी , पार्टीका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह , पार्टीको प्रदेश कमिटीका सदस्य छोटेलाल यादव, पार्टीको जिल्ला कमिटीका सदस्य बिक्रम चौरसियाका नाम  हत्या ओारेपीको रुपमा जाहेरीमा उल्लेख गरिएको छ ।

 

त्यसैगरि बिन्दवासीनी गाउँपालिकाका परशुराम यादव, चंचल यादव,होदा राउत गदी,महादेव चोहान,कलसरीफ राउत गदी,सभासद राउत गदी,सवादिन राउत गदी ,रुषत्तम राउत गदी,मोहन यादव,जितैनद्य् चौरसिया र समन साह बानिया बिरुद्ध किटानी जाहेरी परेको छ । 


जिल्ला न्यायधीवक्ताको कार्यालयले दिएको निर्देशन अनुसार अव पर्सा प्रहरीले चौरसिया हत्याकाण्डको बहुपक्षीय अनुसन्धान गर्ने भएको छ ।

 

यस अघि संबिधानन सभाका सदस्य राजकुमार गुप्तालाई हत्याराको रुपमा चित्रित गरेर मुद्धा दर्ताकालागि गरिएको जोडवलले जुन हैसियत प्राप्त गरेको थियो । आज त्यही हैसियत मुद्धा दर्ताकालागि सडकको मोर्चा सम्हालेका नेताहरुको पनि भएको  छ । 


प्रहरीले घटनास्थलमा उपलब्ध नेताहरुले कार्यकर्ताकोवीचको झगडा छोडाउने प्रयास किन गरेनन भन्ने प्रश्नबाट अनुसन्धान थाल्ने स्रोतले जनाएको छ । प्रहरीले अनुसन्धानकालागि किटानी जाहेरीमा उल्लेख ब्यक्तिहरुलाई गिरफ्तार गर्न सक्ने स्रोतको दावी छ ।

 

 घटनाको बिषयमा सार्वजनीक भएका भिडियोहरुमा देखिएको तथ्यका आधारमा अनुसन्धान शुरु गरिने एक प्रहरीले अधिकारीले बताएका छन ।

 

बासका  भाटाहरु कार्यक्रम स्थलमै किन ब्यवस्थापन गरिएको थियो ? यद्धी झगडा हुने पूर्व अनुमान थियो भने प्रहरीलाई खवर किन नगरिएको हो ? झगडा हुने अनुमान हुदा हुदै कार्यक्रम किन आयोजना गरिएको थियो भन्ने कुराको आधारमा अनुसन्धान हुन सक्ने एक कानुन ब्यवसायीले बताएका छन ।

 

कार्यक्रमको आयोजना गर्नेहरुको उद्धेश्य थाहा पाउन पनि अनुसन्धान हुने र त्यसले हत्याको चुरो कारण र त्यसमा संलग्नहरुको पहिचान प्रष्ट हुने ति कानून ब्यवसायीको भनाई छ । 


किटानी जाहेरी दिने गुडिया देवीले  उत्तम तिवारी, पुकार तिवारी भन्ने चिन्टु तिवारी र मुकेश चौरसियालाई मार्ने उद्धेश्यले जाहेरीमा उल्लेख गरिएका प्रतिवादीहरुले आक्रमण गरेको दावी लिनु भएको छ । उहाँले घाइते भएका चौरसियाको मृत्यु भएको र अन्य घाइतेको उपचार भइरहेको भन्दै  कारवाहीको माँग गर्नु भएको हो । बिपक्षीहरुले घेराहाली आक्रमण गरेको उहाँको दावी छ । 


यस अघि प्रहरीले चौरसियाको हत्या आरोपमा घाइते रहेका उत्तम तिवारीलाई भने गिरफ्तार गरेको छ । 

घटना कात्तिक ६ गतेको हो।  बिन्दवासिनी गाउँपालिकाको प्रसौनी भाठामा नेकपाको गाउँ पालिका कमिटीको शपथग्रहण कार्यक्रम चलिरहेको थियो।  जहाँ कार्यक्रममा आफूहरूलाई नबोलाइएको भन्दै एउटा पक्षले अर्को पक्षसंग प्रश्न गरेको थियो। 

 यो सिलसिला प्रश्न गर्नसम्म मात्रै केन्द्रित रहेन कि पछि भाटा समेत हानाहान भयो। जसले गर्दा मुकेश चौरसियाको ज्यान गयो। केही घाइते पनि भए। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.