logo

उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्ने गैर नागरिक बंकाको नेपाली नागरिकता खारेज गर्न समाजिक संजालमार्फत माँग 

      10/20/2020 गते 00 00 मा प्रकाशित     1094   पटक पढिएको

सामाजिक संजाल प्रयोगकर्ताहरुले बिवरण ढाँटेर नेपाली नागरिकता लिन सफल प्रवीण बंकाको नागरिकता खारेजीको माँग गरेका छन ।

 

भारत बिहारको दालसिंह सराय घर भएका बंकाले ०६३ सालमा बिवरण ढाँटेर बीरगंजबाट जन्मसिद्ध नागरिकता लिएका छन । 


प्रहरीले असोज १५ मा आयान डिस्टिब्यट्रर्समा छापामारी गरि सात जनालाई पक्राउ गरेको थियो । त्यसमध्य एक जना भारतीय नागरिक थिए । रौनक बोथ्रा । बोथ्रा भारतीय भएकै कारण हिरसातमा छन । त्यसको तीन दिन पछि प्रहरीले फेरी कलंकीमा पाँच तले घरमा छापामारी गर्यो ।

 

त्यसमा पनि प्रहरीले सात जनालाई नै पक्राउ गर्यो । त्यस मध्यका एक थिए अनिल बंका । उनी पनि भारतीय नागरिक हुन । दुबै स्थानमा म्याद नाघेका बस्तुमा पूनः रिलेवलिङ गरेर बजार पाठाउने तयारी गरिदै थियो । तर पछिल्लो प्रकरणमा भारतीय नागरिक बंकाले पाएको उन्मुक्तिका कारण  नेपाल प्रहरी प्रति गम्भिर सवाल खडा भएको हो ।

 

प्रहरीका केही मान्छेले आफनो इमान र निष्ट अपराधीहरुको अगाडि समर्पण गर्दा सिंगो संगठनले बदनामीको बोझ उठाउनु परेको एक पूर्व प्रहरी अधिकृतले बताउनु भयो  ।


उहाँले अनुसन्धानमा कैफियत नहुने हो भने राम्रा प्रहरी अधिकृतहरुले संरक्षण दिएको कुरा प्रष्ट खुल्ने उहाँले दावी गर्नु भयो । बंका नेपाली उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्ने प्रकरणका एक्ला खेलाडी होइनन ।

 

उनीसंग अन्य साझेदारहरु पनि रहेका छन । उनीहरुपनि भारतीय नै हुन । एएसटी प्रालीको काठमाण्डौबाट बजारमा समान बितरणको ब्यवस्थापन हुन्छ । त्यसको नेतृत्व प्रवीण बंका र उनका दाई अनिल बंकाले लिएका छन । बीरगंजमा केमिकल तथा कच्चा पर्दाथ आयात , भण्डारण र नेपाल भित्र बितरणको ब्यवस्थापन हुन्छ ।

त्यसको नेतृत्व भारतीय नागरिक कमल झुनझुनवाला उनका छोरा सुमित अग्रवाल र प्रवीण बंकाका नातेदार समेत रहेका पवन भंगेरियाले गर्छन । भंगेरिया र सुमित अग्रवाल पनि बिवरण ढाँटेर नेपाली नागरिकता प्रमाण पत्र लिन सफल भएका भारतीय नागरिक हुन ।

 

उनीहरुको अहिले पनि भारतीय मतदाता सूचीमा नाम छ । कमल झूनझुनवाला भने भारत बिहारको रामनगरका स्थायी बासिन्दा नै हुन । राजनीतिशक्ति र प्रशासनलाई आर्थिक नजरानाको बसमा पारेर  बंकाले यो अपराधीक कार्य  बिगत तीन वर्ष देखी संगठीत रुपमा संचालन गर्दै आएको स्रोतको दावी छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सर्लाहीमा छुट्टा छुट्टै  दुर्घटनामा दुईजनाको ज्यान गयो

मलंगवा । सर्लाहीकोे बिभिन्न ठाउँमा भएको सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।  मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकअगाडि ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.