logo

देवनन्दन देवराज नमुना माविमा लाखौको भ्रष्टाचार, स्थानीयले नागरिकले काममा रोक लगाए, नियमनकारी निकायहरु निरिह

      10/20/2020 गते 00 00 मा प्रकाशित     964   पटक पढिएको

बहुदरमाई नगरपालिकाको रामनगरीका नागरिकले सोही ठाउमा निर्माण भइरहेको नमुना बिद्यालयको भवन निर्माण अनियमितता भएको भन्दै निर्माण कार्यमा रोक लगाएका छन ।  

 

ब्यस्थापन समितिले प्रमाण लोप गर्न थालेकोले काम रोक्न आफूहरु बाध्य भएको स्थानीय नागरिक अगुवा बृजकिशोर पटेलले बताउनु भयो । उहाँले सामाजिक संजालमा यही जनाकारी सहितको दृश्य समाग्री पोष्ट गरेर जानकारी दिनु भएको हो ।  

बहुदरमाई नगरपालिकाको रामनगरीमा रहेको देवनन्दन देवराज नमुना माध्यामिक बिद्यालय रामनगरीमा नमूना बिद्यालय निर्माणकालागि संघ सरकारले नगरपालिका मार्फत १ करोड ५० लाख रुपैया पठाएको छ । नमुना बिद्यालयको नमुना भवन बनाउनु पर्नेमा त्यत्रो रकमको लगानीमा निकै कमजोर खालको भवन बनेको स्थानीयको आरोप छ । 

 

भवन निर्माणको क्रममा  लाखौ रुपैयाको भ्रष्टचार भएको स्थानीय नागरिकको आरोप छ । नमुना बिद्यालयको भौतीक पूर्वाधार निर्माणमा सरकारले बिनियोजन गरेको रकममा भ्रष्टाचार मात्र भाको छैन  ।   बिद्यालयको भवन पनि कमसल खालाको निर्माण गरिएको छ । 


बिद्यालय ब्यवस्थापन समिति र बिद्यालयका प्राधानाध्यापक यो अनियमिततमा संलग्न रहेको स्थानीयको आरोप छ ।  बिद्यालयमा भएको चारकोठे भवन भत्काएर त्यही ठाउमा नयाँ भवन बनाइएको छ ।  बिद्यालयको पुरानो भवन भत्काउदा पनि स्थानीय निकाय संचालन ऐनले गरेको ब्यवस्थाको बर्खिलाप गरिएको छ ।

बिद्यालयमा भवन निर्माणकालागि पर्याप्त जग्गा हुदा हुदै  चारकोठा भत्काइएको हो  । बिद्यालय निर्माणको नक्सा डिजाइन समेत सार्वजनीक नगरि काम गरिएको छ । भवनको फाण्उडेशन बनाउदा २ मिटर गहिरो बनाउनु पर्ने र बोल्डर सोलिङ गरेर ३ इन्च ढलान गर्ने उल्लेख छ ।  

 

चार सुताको डण्डीको झाली बनाएर  ७ फिट लामो  र चौडा ढलान पछि ८ वटा २० एमएमको डण्डी प्रयोग गरेर पिलर उठाउनु पर्नेमा १६ एमएमको डण्डी प्रयोग गरिएको छ । फाण्उडेशनको डिजाइन अनुसारको काम समेत भएको छैन । अण्डरग्राउण्ड बिममा पनि डण्डीको प्रयोग कम गरिएको छ । ४ वटा रड हालेर माथिको बिम ढलान गरिएको छ । जसमा १६ एमएमको रडक हाल्नु पर्ने थियो । 


पाँच सुता रड छतमा पुग्दा काटेर दोश्रो तल्लामा ६ सुताको रड  २० एमएमको प्रयोग गरिएको छ । इट्टा उधोगले २ नम्बर भनेर बर्गिकरण गरेको इट्टा निर्माणमा प्रयोग गरिएको छ । पुरानो भवनमा प्रयोग भएको झ्याल ढोकाको बिल नयाँ भवनमा समावेश गरिएको छ । 


आठ वटा पिलर तलबाट काटेर ठाउ सारिएको  छ । जसले गर्दा पिलर निकै कमजोर रहेको छ । भर्याङ बिमसंग जोडिनु पर्नेमा त्यो भएको छैन । सेलिङको प्लास्टर नहाली पोटिन लगाएर भ्रष्टाचार गरिरहेका छन । 
भूई ढलान गर्दा डिजाइनमा ६ इन्च बोल्डर सोयलिङ हुनु पर्नेमा साढे २ इन्च मात्रे रुाखिएको छ ।  ब्यवस्थापन समितिका अध्यक्षका ज्वाईको बारामा रहेको इट्टा उधोगबाट ४६ हजार दुई नम्बरको इट्ट मगाएका छन ।  

 


१ करोड ५० लाखमा  ६ कोठा निर्माणकोलागि सरकारले नगरपालिका मार्फत उपलब्ध गराएको छ । सामान खर्च भएको छैन तर बिल बिद्यालयको नाममा काटिएको छ । ४० लाख बाट बनेको अर्को भवनको खर्च नयाँ भवनमा पनि समावेश गरेर भ्रष्टाचार गरिएको छ ।

बिद्यालय ब्यवस्थापन समितिले लेखापाल प्रमोद पंडितलाई स्थायी नियुक्ति दिएको छ । ब्यवस्थापन समितिलाई स्थायी नियुक्ति दिने अधिकार छैन । शिक्षक नियुक्तिमा समेत अनेकौ अनियमतिता भएको छ । नगरपालिकाले बिद्यालयमा शिक्षक नियुक्तिको बिषयलाई रोक्का गरेको भएपनि नगरपालिकाको निर्णयलाई नमानेर शिक्षक समेत नियुक्ति गरिएको छ ।

 

 बिद्यालयले खरिद गरेको समान जिन्सीमा छैन तर बिलमा भएको स्थानीय नागरिक अगुवा बृजकिशोर पटेलले बताउनु भयो । बिभिन्न दाताले दिएको कम्युटर समेत बिद्यालयमा दाखिला गरिएको छैन । ८ वटा कम्पुटर बिद्यालयले प्राप्त गरेकोमा बिद्यालय प्रशासनले ६ वटामा कम्युटर मात्र बुझेको देखाएका छन ।

 

बिद्यालयको भवन निर्माण टेण्डरबाट भएको हो की ? उपभोक्ता समितिले बनाएको हो ? भन्ने कुराको यकिन छैन । यो बिषयमा स्थानीयले सबै निकायमा गुहार गरेपनि सुनवाई नभएको बताइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.