logo

देवनन्दन देवराज नमुना माविमा लाखौको भ्रष्टाचार, स्थानीयले नागरिकले काममा रोक लगाए, नियमनकारी निकायहरु निरिह

      10/20/2020 गते 00 00 मा प्रकाशित     1049   पटक पढिएको

बहुदरमाई नगरपालिकाको रामनगरीका नागरिकले सोही ठाउमा निर्माण भइरहेको नमुना बिद्यालयको भवन निर्माण अनियमितता भएको भन्दै निर्माण कार्यमा रोक लगाएका छन ।  

 

ब्यस्थापन समितिले प्रमाण लोप गर्न थालेकोले काम रोक्न आफूहरु बाध्य भएको स्थानीय नागरिक अगुवा बृजकिशोर पटेलले बताउनु भयो । उहाँले सामाजिक संजालमा यही जनाकारी सहितको दृश्य समाग्री पोष्ट गरेर जानकारी दिनु भएको हो ।  

बहुदरमाई नगरपालिकाको रामनगरीमा रहेको देवनन्दन देवराज नमुना माध्यामिक बिद्यालय रामनगरीमा नमूना बिद्यालय निर्माणकालागि संघ सरकारले नगरपालिका मार्फत १ करोड ५० लाख रुपैया पठाएको छ । नमुना बिद्यालयको नमुना भवन बनाउनु पर्नेमा त्यत्रो रकमको लगानीमा निकै कमजोर खालको भवन बनेको स्थानीयको आरोप छ । 

 

भवन निर्माणको क्रममा  लाखौ रुपैयाको भ्रष्टचार भएको स्थानीय नागरिकको आरोप छ । नमुना बिद्यालयको भौतीक पूर्वाधार निर्माणमा सरकारले बिनियोजन गरेको रकममा भ्रष्टाचार मात्र भाको छैन  ।   बिद्यालयको भवन पनि कमसल खालाको निर्माण गरिएको छ । 


बिद्यालय ब्यवस्थापन समिति र बिद्यालयका प्राधानाध्यापक यो अनियमिततमा संलग्न रहेको स्थानीयको आरोप छ ।  बिद्यालयमा भएको चारकोठे भवन भत्काएर त्यही ठाउमा नयाँ भवन बनाइएको छ ।  बिद्यालयको पुरानो भवन भत्काउदा पनि स्थानीय निकाय संचालन ऐनले गरेको ब्यवस्थाको बर्खिलाप गरिएको छ ।

बिद्यालयमा भवन निर्माणकालागि पर्याप्त जग्गा हुदा हुदै  चारकोठा भत्काइएको हो  । बिद्यालय निर्माणको नक्सा डिजाइन समेत सार्वजनीक नगरि काम गरिएको छ । भवनको फाण्उडेशन बनाउदा २ मिटर गहिरो बनाउनु पर्ने र बोल्डर सोलिङ गरेर ३ इन्च ढलान गर्ने उल्लेख छ ।  

 

चार सुताको डण्डीको झाली बनाएर  ७ फिट लामो  र चौडा ढलान पछि ८ वटा २० एमएमको डण्डी प्रयोग गरेर पिलर उठाउनु पर्नेमा १६ एमएमको डण्डी प्रयोग गरिएको छ । फाण्उडेशनको डिजाइन अनुसारको काम समेत भएको छैन । अण्डरग्राउण्ड बिममा पनि डण्डीको प्रयोग कम गरिएको छ । ४ वटा रड हालेर माथिको बिम ढलान गरिएको छ । जसमा १६ एमएमको रडक हाल्नु पर्ने थियो । 


पाँच सुता रड छतमा पुग्दा काटेर दोश्रो तल्लामा ६ सुताको रड  २० एमएमको प्रयोग गरिएको छ । इट्टा उधोगले २ नम्बर भनेर बर्गिकरण गरेको इट्टा निर्माणमा प्रयोग गरिएको छ । पुरानो भवनमा प्रयोग भएको झ्याल ढोकाको बिल नयाँ भवनमा समावेश गरिएको छ । 


आठ वटा पिलर तलबाट काटेर ठाउ सारिएको  छ । जसले गर्दा पिलर निकै कमजोर रहेको छ । भर्याङ बिमसंग जोडिनु पर्नेमा त्यो भएको छैन । सेलिङको प्लास्टर नहाली पोटिन लगाएर भ्रष्टाचार गरिरहेका छन । 
भूई ढलान गर्दा डिजाइनमा ६ इन्च बोल्डर सोयलिङ हुनु पर्नेमा साढे २ इन्च मात्रे रुाखिएको छ ।  ब्यवस्थापन समितिका अध्यक्षका ज्वाईको बारामा रहेको इट्टा उधोगबाट ४६ हजार दुई नम्बरको इट्ट मगाएका छन ।  

 


१ करोड ५० लाखमा  ६ कोठा निर्माणकोलागि सरकारले नगरपालिका मार्फत उपलब्ध गराएको छ । सामान खर्च भएको छैन तर बिल बिद्यालयको नाममा काटिएको छ । ४० लाख बाट बनेको अर्को भवनको खर्च नयाँ भवनमा पनि समावेश गरेर भ्रष्टाचार गरिएको छ ।

बिद्यालय ब्यवस्थापन समितिले लेखापाल प्रमोद पंडितलाई स्थायी नियुक्ति दिएको छ । ब्यवस्थापन समितिलाई स्थायी नियुक्ति दिने अधिकार छैन । शिक्षक नियुक्तिमा समेत अनेकौ अनियमतिता भएको छ । नगरपालिकाले बिद्यालयमा शिक्षक नियुक्तिको बिषयलाई रोक्का गरेको भएपनि नगरपालिकाको निर्णयलाई नमानेर शिक्षक समेत नियुक्ति गरिएको छ ।

 

 बिद्यालयले खरिद गरेको समान जिन्सीमा छैन तर बिलमा भएको स्थानीय नागरिक अगुवा बृजकिशोर पटेलले बताउनु भयो । बिभिन्न दाताले दिएको कम्युटर समेत बिद्यालयमा दाखिला गरिएको छैन । ८ वटा कम्पुटर बिद्यालयले प्राप्त गरेकोमा बिद्यालय प्रशासनले ६ वटामा कम्युटर मात्र बुझेको देखाएका छन ।

 

बिद्यालयको भवन निर्माण टेण्डरबाट भएको हो की ? उपभोक्ता समितिले बनाएको हो ? भन्ने कुराको यकिन छैन । यो बिषयमा स्थानीयले सबै निकायमा गुहार गरेपनि सुनवाई नभएको बताइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.