logo

सामाजिक संजालमा अश्लिल स्टाटस मार्फत महानगर प्रमुख सरावगीलाई गाली गर्ने आयुषराज प्रहरीको फन्दामा

      10/14/2020 गते 00 00 मा प्रकाशित     1594   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीलाई सामाजिक संजाल मार्फत अपशब्द प्रयोग गर्ने युवालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

 

२० भदौमा आयुषराज नामको फेसबुक पेजबाट महानगर प्रमुखलाई अश्लिल शब्द प्रयोग गरेर स्टाटस पोष्ट गरेका थिए । आयुषराजको नाममा यस्तो पोष्ट गर्ने युवा चाही छिपहरमाईको वडा नं ३ का सचिव राजकिशोर प्रसाद चौरसियाका १९ वर्षिय छोरा अनमोल चौरसिया हुन ।

 

यस अघि  भदौ २४ गते बीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी असलम अन्सारीलाई प्रहरीले पक्राउ गरेको थियो । उनको मोवाइलको नम्बर प्रयोग गरेर  फेसबुकमा  नक्कली  आईडी बनाएर महानगर प्रमुख सरावगीको तस्विर राख्दै अश्लिल शब्द प्रयोग गरेर पोष्ट लेखेका थिए ।


महानगर प्रमुखको तस्विर राखेर परिवारका सदस्यहरुको सम्बन्ध गरिएको आपत्तीजनक पोष्ट गरिएको थियो । असलमको  गिरफ्तारी पछि प्रहरीले गरेको अनुसन्धानले त्यस प्रकरणका मूख्य ब्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको हो । 


आयुषराजको नाममा अपशब्द लेखेर पोष्ट गर्ने छिपहरमाई गाउँपालिका वडा नं ३ स्थायी  निवासी १९ वर्षिय अनमोल चौरसियालाई  प्रहरीले पक्राउ गरेको हो । चौरसियाले आवेगमा आएर आफूले सामाजिक संजालमा अपशब्द सहितको स्टाटस पोष्ट गरेको कबुल गरेका छन । 


बीरगंजको डेसीमल कलेजका बिद्यार्थी रहेका चौरसियासंग प्रहरी थप अनुसन्धान समेत गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनजीत कुंवरले जानकारी दिनु भयो । उनी बीरगंजको रानीघाटमा आफनै घरमा रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

 

उनी छिपहरमाई गाउँपालिकाको वडा नं ३ मा कार्यरत  वडा सचिवका पुत्र हुन । मोवाइल नम्बरको आधारमा उनलाई प्रहरीले पक्रेको हो  । प्रहरीले उनी बिरुद्ध साइबर अपराध वा अभद्र ब्यवहार के मा मुद्धा चलाउने भन्ने बिषय भने निक्र्योल भएको छैन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.