logo

बीरगंज बसपार्क भित्रबाटै यात्रुलाई गुणात्मक सेवा दिइने, सडकमा सवारी पार्किङ गर्ने दण्डीत हुने

      10/7/2020 गते 00 00 मा प्रकाशित     1616   पटक पढिएको

बीरगंजबाट संचालीत यात्रुबाहक बसहरुले अव यात्रुलाई बसपार्क भित्रबाटै सेवा दिनु पर्ने भएको छ । सडकमा बस रोकेर यात्रुलाई झ्याईकुटी झयाई  पार्दै बस भित्र कोच्ने प्रवृति अन्त्य गरेर प्रणालीवद्ध गुणत्मक सेवा दिने बिषयमा आज त्रिपक्षीय सहमती भएको छ ।

 

 त्रिपक्षीय सरोकारवालावीच आज बुधवार भएको बैठकले यस्तो निर्णय गरेको हो । करोडौ रुपैया लागाएर बीरगंज टर्मिनल बसपार्क  यातायात ब्यवस्थापनकालागि बनाइएको हो ।  करोडौको लागतमा  सवारी गुडनकालागि बीरगंजको बाइपास सडक बनेको छ । तर सडक यात्रुबाहक र मालबाहक सवारीको पार्किङ स्थल बनेको छ भने टर्मिनल बसपार्कको उपादेयतामाथि नै प्रश्न उठ्न थालेको छ । यात्रुबाहक बसहरु  बसपार्क भित्र नरहने हो  र त्यही बाट गुणात्मक सेवा नदिने हो भने करोडौको लागतमा टर्मिनल बसपार्क बनाउनुको अर्थ नरहने भएकोले अव यातायातको ब्यवस्थापन हुनै पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक कमल पंडितले बताउनु भयो । 


आजको बैठकले अव बसपार्क भित्रबाटै यात्रुवाहक सवारीले यात्रुलाई सेवा दिने निर्णय गरेको छ । निर्णयको पालना नगर्ने ब्यवसायीलाई कानून अनुसार कारवाही गरिने वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दीपक साहले बताउनु भयो । 
यो बेलामा यत्राुलाई गुणात्मक सेवा नदिने , सरकारले तोकेको मापदण्डाको खिलाफमा गएर कोरोनाको जोखिम बढाउने र यात्रुलाई बिचौलीया लगाएर सास्ती दिने सबै गलत काम रोक्ने र त्यसको प्रभावकारी अनुगमनकालागि ब्यवसायीका संघ संस्थाका एक एक जना प्रतिनिधि समेत रहने गरि अनुगमन समिति बनाउने सहमती भएको प्रहरी निरिक्षक साहले बताउनु भयो । 
अनुगमनको क्रममा दोषी देखिनेलाई  ठाउका ठाउ कारवाही गरिने उहाँले बताउनु भयो । 

 


करोडौको संरचना बनाएर त्यसको उपयोग नगर्ने र सडकमा सवारीका साधन पार्किङ गरेर बिचौलीया लगाएर यात्रुलाई सास्ती दिदै अन्नयापूर्ण काम नपाइने बताउदै प्रहरी निरिक्षक पंडितले बिचौलीयाको दादागिरीलाई बैधता कुनै पनि दिन सकिदैन प्रारम्भमा सबै ब्यवसायीहरु मिलेर काम गरौ नयाँ हिसावले ब्यवस्थापनको शुरुवात कही न ही बाट हुनु पर्छ त्यसमा ब्यवसायीको साथ चाहिएको छ भन्नु भयो । 


बिचौलीयाका कारण १२ करोडमा निर्माण भएको बीरगंजको टर्मिनल बसर्पाक राम्रोसंग संचालन हुन नपाएको  निष्कर्ष निकाल्दै अव सवार ब्यवस्थापनको कुरामा कुनै मोलाहिजा नराखिने उहाँले बताउनु भयो । 


बैठकले  यात्रुबाहक बसमा लठ्रयाउने दर्वा खुवाएर यात्री लुटने काम भएमा कण्डक्टर ,सह चालक र चालकलाई कारवाहीको दायरमा ल्याउने र सवारीधनीलाई आर्थिक रुपमा दायित्व लिनु पर्ने निर्णय भएको छ । यात्रुहरु गाडीमा बसेपछि सुरक्षा सर्तकताका बिषयमा कर्मचारीहरुले यात्रुलाई ब्रिफिङ गर्न लगाएर सुरक्षाका बिषयमा जानकारी दिन समेत ब्यवसयाीलाई  प्रहरीले आग्रह गरेको छ । 


पर्सा प्रहरीले  यातायात ब्यवस्थापनमा लिएको पहलकदमीलाई ब्यवसायीहरुले पनि साथ दिने भएका छन ।  उनीहरुले सडकको सुरक्षा र बसापार्कको उपयोगिताले बीरगंजको सौन्दर्यता समेत झल्किने भन्दै ब्यवसायीको साथ रहने बताएका हुन । 
बैठकमा ब्यवसायीको तर्फबाट प्रभू कलवार,बिनोद मानन्धर ,सुमन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.