logo

सक्कली प्रहरीद्वारा नक्कली प्रहरी पक्राउ , ठगीको ब्यवस्थित योजना,नक्कली लोकसेवा आयोगको परिक्षानै संचालन

      10/1/2020 गते 00 00 मा प्रकाशित     860   पटक पढिएको

विभिन्न सरकारी पदमा जागिर लगाईदिने भन्दै लोकसेवा आयोगको किर्ते परिक्षा सञ्चालन गर्ने मुख्य योजनाकार सहित ८ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

 

विभिन्न स्थानका व्यक्तिहरुलाई विभिन्न सरकारी पदमा जागिर लगाईदिने भन्दै नक्कली लोकसेवाको परीक्षा समेत लिने मुख्य योजनाकार सहित ८ जनालाई आज जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

 

पक्राउ परेका बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ चौधरी टोल बस्ने बर्ष २९ को अजय कुमार रायलाई नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, त्यसकै  प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र १ थान सहित आज सार्वजनिक गरेको हो ।

 

वीरगन्ज महानगरपालिका वडा नं १६ नगवामा रहेको देव पार्टी प्यालेसमा लोकसेवा आयोगको नक्कली परिक्षा लिईरहेको अवस्थामा हिजो पर्सा प्रहरीले नक्कली प्रहरी निरीक्षक, परीक्षा गार्ड र परिक्षार्थीहरु सहितलाई नियन्त्रणमा लिएको थियो ।

 

मुख्य योजनाकार रायले परीक्षार्थीहरुसंग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनेर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक मनजीत कुवँरले बताउनुभयो ।

 

विगत ९ महिना देखि प्रहरी चौकी परवानीपुर, ईलाका प्रहरी कार्यालय नगवामा आफूलाई प्रहरी निरीक्षक हुँ भनेर परिचय समेत दिदै हिडेको राय जिल्ला प्रहरी कार्यालय बाराबाट २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा पुर्पक्षको लागि ११० दिन बीरगंज कारागारमा कैद सजाय भुक्तान गरिसकेका छन् । उनले विभिन्न स्थानका व्यक्तिहरुबाट ३ लाख ६१ हजार रुपैंया ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।

 

नक्कली प्रहरी निरीक्षक बनेका राय सहित परीक्षा हलबाटै जितपुर सिमरा वडा नम्बर ५ बस्ने बर्ष ५७ को हिरालाल महतो सोही स्थानका बर्ष २८ का बसन्त चौधरी, वीरगन्ज महानगरपालिका वडा नं.१६ बस्ने बर्ष २१ को रवि कुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका वडा नं. ५ सबैठवा बस्ने बर्ष ४७ को शिव नारायण चौरसिया, वीरगन्ज २७ रानीघाट बस्ने बर्ष २५ को रामजी चौरसिया र दुईजना परीक्षा गार्ड बस्न आएका महिलालाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कुवँरले बताउनुभयो । पक्राउ परेका रायले आपूm नै मुख्य योजनाकार रहेको र अरुको संलग्नता नरहेको बयान प्रहरीलाई दिएको छ ।

 

प्रहरीका अुनसार पक्राउ परेका दुईजना महिलाहरुले पनि आपूmहरुलाई पारिश्रमिक दिएर परीक्षा गार्ड बस्न बोलाएको अन्य विषयमा भने केही जानकारी नभएको बयान दिएका छन् ।

 

तर, अन्यको संलग्नता रहे नरहेको विषयमा प्रहरीले अनुसन्धान गरेपछि मात्रै जानकारी हुने जनाएको छ । परीक्षा दिन आएका २१ जनालाई भने हिजो सोधपुछ गरेर आज आउने गरी छोडिएको र आज पीडितहरुको लिखित जाहेरीको आधारमा नै प्रहरीले मुद्दा अघि बढाईने प्रहरी नायव उपरीक्षक कुवँरले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.