logo

प्राधिकरण बितरण केन्द्रले ग्राहकसंग माफी माग्यो, बिभन्न माँग सहित ज्ञापन र प्रवेशद्वारामा धर्ना

      9/29/2020 गते 00 00 मा प्रकाशित     1159   पटक पढिएको

नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बीरगंले श्रावण भदौ महिनाको बिधुत महशुलमा लिएको जरिवाना शुल्क समायोजन गर्ने जनाएको छ ।

 

निषेधाज्ञाको अवधीमा मिटर रिडिङ नगर्ने बिल नदिने तर अहिले भूक्तानीको बेलामा जरिवाना समेत असुल उपर गर्न थाले पनि बितरण केन्द्र बीरगंजको बिरोध शुरु भएपछि उसले जरिवाना समायाजन गर्ने जनाएको हो । नेपाल बिधुत प्राधिकरण बितरण केनद्र बीरगंजले मिति नहाली जारी गरेको एक सूचनाको आधारमा श्रावण भदौको जरिवाना नलाग्ने जनाएको हो ।

 

उसले बिलिङ प्रणालीमा भएको प्राविधिक त्रुटीका कारण जरिवाना समेत लिइएको जनाउदै उक्त रकम मिलान गरिने जनाएको छ । प्राधिकरणले प्राविधिक त्रुटीका कारण ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा समेत माँगेको छ ।  प्राधिकरणले सोमवारै सूचना निकालेर यो बिषयको जानकारी  गराएको थियो । 


प्राधिकरणले जरिवाना मिलान गर्ने सूचना निकाले पनि मंगवार प्राधिकरणको प्रवेश द्वारामा पालै पाले धर्ना दिने काम भएको छ । असोज १५ सम्म भूक्तानी गर्नेहरुको जरिवाना मिलान गर्ने प्राधिकरणको भनाई छ ।

 

धर्ना दिनेहरुले बिजुलीको कर भूक्तानीको समय बढाउन समेत माँग गरेका छन । समय बढाउने कुरा बीरगंज बितरण केन्द्रले गर्न नसक्ने बितरण केन्द्र प्रमुख शम्भु कुसीयत यादवले बताउनु भयो । उहाँले उहाँहरुको ज्ञापन पत्र माथि पठाएका छौ भूक्तानीको समयवधी बढाउने  निर्णय कार्यकारी प्रमुखको तहबाट मात्र हुन सक्ने भएकोले ज्ञापन नै पठाएको यादवले बताउनु भयो । 

जनता समाजवादी पार्टी वीरगञ्ज नगर समितिले गरेको विरोध कार्यक्रममा सांसद प्रदीप यादव, प्रदेश सभा सदस्य मञ्जुर आलम लगायतका नेता कार्यकर्ता प्राधिकरण कार्यालयको मूल गेटमा बिहान १० बजेदेखि १ घण्टा धर्ना दिएका थिए । 


यसैगरि गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले विधुत प्राधिकरण तथा वितरण केन्द्र पर्सामा आज विरोध जनाउदैं ज्ञापन पत्र बुझाएको छ । 


लकडाउन अवधिभरको जरिवाना लिएको भन्दै स्व गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा फाउण्डेशन पर्साले नेपाल विधुत प्राधिकरण पर्साका प्रमुख शम्भु कुसीयत  यादवलाई ज्ञापन पत्र बुझाएका हुन । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.