logo

रौतहटमा मिन्त्रादेवीको हत्यामा संलग्न भएको आरोपमा चार जना पक्राउ

      9/28/2020 गते 00 00 मा प्रकाशित     886   पटक पढिएको

जग्गाको बिवादको बिषयलाई लिएर रौतहटमा एक महिलाको हत्याभएको बिषयमा प्रहरीलाई अभियुक्त पक्राउ गर्न सफलता मिलेको छ । 

रौतहटमा गएको भदौ १४ गते उखु बारीमा मृत फेला परेकि मिन्त्रा देवीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले गढीमाई नगरपालिका वडा नं.३ वस्ने  ४० वर्षिय जमसैद मियाँ, ३५ वर्षिय  दाउद मियाँ,३२ वर्षिय जहरुदिन मियाँ भन्ने हारूण रसिद, ४० वर्षिय  महम्मद ईसराफुल मियाँ लाई पक्राउ गरेको छ।

 

रौतहटको गढीमाई न.पा. वडा नं. ३ गम्हरिया पर्सा मुसरी टोल वस्ने सकल बैठाको श्रीमती वर्ष ३५ की मिन्त्रा देवी वैठाको शब उखु बारीमा फेला परेको थियो ।

 

जग्गाको बिषयमा विवादका कारण योजनाबद्द तरिकाले हत्या गरी उखु बारीमा फालेको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरुले अपराध स्वीकार समेत गरी सकेको जिल्ला प्रहिरी कार्यलय रौतहटले जनाएको छ ।

 

जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा ७  दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.