logo

उपचारको ब्यवस्था मिलाउन फाउण्डेशनको माँग,कोभिड वारियर्सको प्रयासमा महिलाको उपचार हुने

      9/28/2020 गते 00 00 मा प्रकाशित     1022   पटक पढिएको

कोभिड संक्रमीत तर अन्य रोगका बिरामीको उपचारको ब्यवस्था मिलाउने बिषयमा जिपी कोइराला फाण्डेशन बीरगंजले  पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङको ध्यानकर्षण गराएको छ । 

 


पर्सामा अहिले पनि कोभिडको लक्षण भएका वा संक्रमण पुष्टि भएका तर अन्य रोगको उपचार आवश्यक रहेका बिरामीहरुले उपचार नपाई घरमै थला पर्नु पर्ने अवस्था सार्वजनीक भएपछि फाउण्डेशनले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको हो । 
पर्सामा मात्रै उपचार अभावमा ८ जनाले ज्यान गुमाउनु परेको दावी गरिएको छ । 

 


बीरगंज महानगरपालिका रामगढवाकी  २६ वर्षीय गर्भवती महिलामा २ दिनअघि शनिबार कोभिड परीक्षण गर्दा पोजेटिभ देखिएपछि अस्पतालले भर्ना लिन मानेन ।

 

वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजको कोभिड अस्थायी अस्पताललेसमेत भर्ना लिन नमानेपछि गर्भवती महिलालाई घरैमा राख्नु पर्ने अवस्था आयो । गर्भवतीलाई भर्ना नलिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा गएर जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर घरैमा राखिएको उनका श्रीमान् इनरदीप पण्डितले बताउनु भएको थियो  ।

 


यही घटनाले फेरी पर्साबासीमा चिन्ता ब्याप्त बनाएको छ । यही घटनालाई मध्य नजर गरेर आवश्यक ब्यवस्थापन मिलाउन प्रशासनले बेलैमा ध्यान दिनु पर्छ भन्दै ज्ञापन पत्र बुझाएको फाउण्डेशनका अध्यक्ष म. शाहबुदिनले बताउनु भयो । 

 

 फाउण्डेशन पर्साकासह सचिव मिंन्टु देवि सिंह,कोषाध्यक्ष मनोहर साह,सदस्य प्रिति सिंह,जंगबहादुर पटेल,सनतोष कुमार गुप्ता,शेख नेजामुदिन,दिनानाथ प्रसाद गुप्ता,पप्पु सिंह, सदिप कुमार केवट,जितेन्द्र ठाकुर,मनजेश र्कण,पप्पु बैठा,संजय पटेल,सफु शर्मा,अशोक बैठा, कर्ण पटेल, लालबाबु साह लगायतको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर ज्ञापन पत्र बुझाएको थियो ।  

 

यसैवीच रामगढवाकी ति महिलालाई बीरगंजको नारायणी अस्पतालमा भर्ना गरिएको छ । उनले अवको एक साता भित्र बच्चा जन्माउने चिकित्सकले समय दिएका छन । 


वीरगञ्ज रामगढवाकी २६ वर्षीया गर्भवती महिलालाई चिकित्सकले अबको एक साताभित्रै बच्चा जन्मने भनेर समय दिएको छ ।चिकित्सकले सुरुको मासिक चक्रलाई आधार मानेर बच्चा जन्मने अनुमानित समय निकाल्ने गर्छन् । त्यही आधारमा एक साताको समय निकालिएको हो । प्रसूती रोग विशेषज्ञ डा. दिप्ती यादव लेगणितीय हिसाबले बच्चा जन्मने समय निकालिने भएपनि त्यसको एक साता वर वा पर पनि बच्चा जन्मन सक्ने बताउनु भयो । 

 

आइतबार राति नै कोभिड वारियर्सको टोलीले प्रसुती रोग विशेषज्ञ डा.दिप्ती यादवसहित संक्रमित गर्भवतीको घरमा पुगेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएको थियो । कोभिड वारियर्सको यही प्रयासले नै ति गर्भवती महिलाको अस्पताल भर्नाको बाटो खुलेको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.