logo

 निषेध भनिएको ठाउमा पार्किङ, बीरगंजको सडक पेटीको पार्किङ ब्यवस्थापन चोर सिपाहीको खेल जस्तो 

      9/27/2020 गते 00 00 मा प्रकाशित     1091   पटक पढिएको

आर्दशनगर मुख्य बजार क्षेत्रमा सडक र फूटपाथमा मोटरसाइकलको पार्किङ निषेध गरिएको छ । बीरगंजका मुख्य सडक र पेटीमा मोटरसाइकल सहित अन्य सवारी साधनको पार्किङ निषेध गरिए पनि त्यसलाई लागू गर्न सरोकारवाला निकायलाई हम्मे हम्मे परेको छ । 


बीरगंज महानगरपालिकाले बीरगंजको घण्टाघरको बि.पी.उद्यान ,पुरानो बसपार्क , एएमसी अस्पताल अगाडि लगायतका स्थानमा मोटरसाइकल तथा अन्य सवारी साधनको पार्किङको लागि स्थान तोकेको छ । आर्दशनगरमा सबै बैंकहरुले पार्किङ निषेधको सूचना टाँस गरेका छन ।

 

तर सेवाग्राहीले सडक पेटीमै मोटरसाइकल पार्किङ गर्ने गरेका छन । सडक छेउमा पार्किङ गरिएको मोटरसाइकललाई कारवाही गरेपछि सडक पेटीमा पार्किङ शुरु भएको छ । सडक पेटीमा पार्किङ गरिएका  मोटरसाइकलका धनीलाई कारवाही गर्न थालिएपछि सडक छेउमा पार्किङ गर्छन । सडक छेउ र पेटीमा मोटर साइकलको पार्किङको कुरा चोर पुलीसको खेल जस्तो भएको छ । 


सडक पेटीमा मोटरसाइकल पार्किङ भएको कुरालाई प्रहरीले नजरअन्दाज  गरेर छोड्यो भने मोवाइलामा फोटो खिचेर भाइरल बनाउने चलन छ । सडक पेटीमा पनि त्यस्तैछ । सेवाग्राहीहरुलाई लखेट्यो सडक खाली हुन्छ ।

 

एक छिन पछि फेरी उस्तै  । ट्राफिक प्रहरीको जनशक्ति सडकमा र फूटपाथमा रहेको मोटरसाइकल पार्किङलाई ब्यवस्थित गर्दा गर्दै हत्तु हुन्छन । तर सेवाग्राहीले तोकिएको क्षेत्रमा सवारी साधन पार्किङ गर्ने बानी भने बसाउन चाहेका छैनन । शहरको सौन्दर्यताका बिषयमा शहरमा आउने सबैखाले सेवाग्राही जिम्मेवार नहुदा सम्म सफलता नमिल्ने सामाजिक क्षेत्रमा क्रियाशिल अभियान्ताहरुको भनाई छ । 


पार्किङ ब्यवस्थापनमा देखिएको समस्यालाई हल गर्न सरोकारवाला निकायले  बिभिन्न खालका सचेतनामुलक कार्यक्रम संचालन गरिरहेका छन । आइतवार ट्राफिक प्रहरी कार्यालय, पर्सा र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा  आदर्शनगर क्षेत्रको फुटपाथमा राखिएका मोटरसाइकलहरूलाई कारबाई गरिएको छ।


    सडकमा पार्किङ निर्धारण गरेको क्षेत्रमा नराखेर फुटपाथमा मोटरसाइकल राखेका पचासजनालाई कारबाई गरिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताउनु भयो ।


    यसैगरी, आदर्शनगर चोकदेखि कैलाश होटलसम्म फुटपाथमा राखेका मोटरसाइकलधनीहरूलाई आज चेतावनी दिइएको उहाँले बताउनु भयो । 
    सो स्थानमा दुईतर्फी सवारीसाधन चल्ने हुँदा पार्किङ निषेध गरिएको अवस्थामा फुटपाथमा मोटरसाइकल राखिएकाले आज चेतावनी दिइएको र भोलिदेखि कारबाई गरिने अध्यक्ष खेतानले बताउनु भयो ।


    कार्यक्रममा ट्राफिक प्रहरी निरीक्ष्ँक कमलराज पण्डित, बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरु प्रनानि सूर्यबहादुर थापामगर, वीरेन्द्र साहलगायतको सहभागिता थियो।आदर्शनगर प्रहरी चौकीका प्रहारी नायब निरीक्षक राजुबाबू यादव, बिरगंज महानगरपालिकाका नगर प्रहरी जगत राउत, रोशन कुमार गुप्ता बिष्णु तिमिलसिना, स्वतन्त्र समाज नेपालका कन्हैया झा, रबी बर्णवाल, दिपेन्द्र साह, धिरज साह, पुरुशोतम कुशवाह लगायत स्थानीय बुद्धिजीवीहरुको  सहभागीता रहेको थियोे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.