logo

पर्सामा थप २३ जना कोरोना भाइरसबाट संक्रमीत,१ सय ७७ जनाले कोरोना जितेर घर फर्किए

      9/26/2020 गते 00 00 मा प्रकाशित     1072   पटक पढिएको

नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पर्साका २३ सहित २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

 

१ सय ९२ जनाको  स्वाबको पीसीआर परीक्षण गर्दा ८ बर्षदेखि ७४ बर्ष उमेरसमूहका १७ जना पुरुष र १० जना महिला गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

 

थपिएका संक्रमितहरु पर्साका २३ जना, बाराका ३ जना र रौतहटका एकजना रहेका छन् । उनीहरुको संक्रमण सार्न सक्ने क्षमता अर्थात सीटी भ्यालु १४ देखि ३४ रहेको छ । पर्साको १  सय ६६ स्वाब परीक्षण गर्दा कालिकामाई गाउँपालिकाका ११ जना, वीरगन्ज महानगरपालिकाकाको वडा नम्बर २ मा एकजना, वडा नम्बर ४ मा २ जना, वडा नम्बर १०, १४, २५ र २७ मा एक एकजनामा कोरोना संक्रमण भेटिएको छ ।

 

त्यस्तै जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ का १ जना, बहुदरामाई नगरपालिका वडा नम्बर ७ का एकजना, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ का एकजनामा कोरोना भाईरस संक्रमण भेटिएको हो । त्यसैगरी बाराको फेटा गाउँपालिकाका वडा नम्बर ३ मा एकजना, बारागढी गाउँपालिका वडा नम्बर १ मा एकजना, परवानीपुर गाउँपालिका वडा नम्बर २ मा एकजना र रौतहटका एकजनामा पनि कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर चौरसियाले बताउनुभयो ।

 

यसअघि अस्तीराति वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोशगालामा पर्साका १ सय ३ जनाको स्वाब परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको थियो ।


यसैवीच वीरगञ्जबाट आज अपरान्ह थप १७७ जना कोरोना संक्रमण निको भई घर फर्किएका छन् ।

वीरगञ्जको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक तथा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको होटल बाबा ईन्टरनेशनलको आईसोलेशनबाट ८ जना तथा वीरगञ्ज तथा पर्सा जिल्लाका होम आईशोलेशनबाट १ सय ६९ जना गरी १७७ जना कोरोना निको भई घर फर्र्किएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ्गले बताउनु भयो ।

स्थानीय प्रशासनले जारी गरेको प्रेस नोटमा हिजो सम्म पर्सा जिल्लामा २ हजार ५ सय ४१ जनामा संक्रमण पुष्टि भएको र तीमध्ये २ हजार १ सय ३३ जना कोरोना निको भई डिस्चार्ज भएको जनाईएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.