logo

काठमाण्डौ सीमरा उडान शुरु बुद्धसंगै अव यतिले पनि सेवा दिने

      9/22/2020 गते 00 00 मा प्रकाशित     1220   पटक पढिएको

७ महिना देखी बन्द रहेको सीमरा काठमाण्डौ हवाई उडान आजबाट शुरु भएको छ । बुद्ध एयरले सोमवार ७२ सिटे एटिआर  बिमान संञ्चालनमा ल्याएको हो  ।

 

०७६ चैत ११ गते देखीको बन्दाबन्दीका कारण आन्तरिक उडानहरु पन स्थगीत थिए । आन्तरिक उडानहरु चैत ९ गते देखी नै सरकारले स्थगीत गरेको थियो । ०७७ असोज ५ गते देख िआन्तरिक उडानहरु सुचारु गर्ने सरकारी निर्णय पछि काठमाण्डौ सीमरा उडान पनि शुरु भएको हो । 


अहिले बुद्ध एयरले दैनीक एउटा जाहाज उडाउने भएको छ  ।  काठमाडौंबाट सिमरा साढे १२ बजे र सिमराबाट काठमाडौं १ बजे बुद्ध एयरको उडान भइरहेको नागरिक उड्डयन कार्यालय सिमराका वसन्त गौतमले बताउनु भयो ।


    सिमरा–काठमाडौंबीच ट्वीनेटर, बिच, एभ्रो सञ्चालनमा आएपनि एटिआर पहिलोचोटि सञ्चालनमा आएको हो। अहिलेसम्म ४० सिटको एभ्रो विमानबाहेक ठूलो विमान सिमराबाट उडेको छैन। ७२ सिटको एटिआर नै धेरै यात्री लिएर उड्ने पहिलो विमान हो।

 

यसैवीच बिहिवार देखी यतिले पनि काठमाण्डौ सीमरा उडान शुरु गर्ने भएको छ । लामो समय देखी बुद्ध एयरले उक्लै उडान भर्दै आएको सीमरामा अव उसले पनि प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । यति एयरलायन्सले आज काठमाडौं–सिमरा परीक्षण उडान गरेको प्रमुख गौतमले बताउनु भयो ।
   
    यतिले केही वर्षअगाडि सम्म सिमरा–काठमाडौं उडान गरिरहेको थियो । लामो समयको उडान स्थगन पछि यतिले फेरी उडान शुरु गर्न लागेको छ  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.