logo

काठमाण्डौ सीमरा उडान शुरु बुद्धसंगै अव यतिले पनि सेवा दिने

      9/22/2020 गते 00 00 मा प्रकाशित     1439   पटक पढिएको

७ महिना देखी बन्द रहेको सीमरा काठमाण्डौ हवाई उडान आजबाट शुरु भएको छ । बुद्ध एयरले सोमवार ७२ सिटे एटिआर  बिमान संञ्चालनमा ल्याएको हो  ।

 

०७६ चैत ११ गते देखीको बन्दाबन्दीका कारण आन्तरिक उडानहरु पन स्थगीत थिए । आन्तरिक उडानहरु चैत ९ गते देखी नै सरकारले स्थगीत गरेको थियो । ०७७ असोज ५ गते देख िआन्तरिक उडानहरु सुचारु गर्ने सरकारी निर्णय पछि काठमाण्डौ सीमरा उडान पनि शुरु भएको हो । 


अहिले बुद्ध एयरले दैनीक एउटा जाहाज उडाउने भएको छ  ।  काठमाडौंबाट सिमरा साढे १२ बजे र सिमराबाट काठमाडौं १ बजे बुद्ध एयरको उडान भइरहेको नागरिक उड्डयन कार्यालय सिमराका वसन्त गौतमले बताउनु भयो ।


    सिमरा–काठमाडौंबीच ट्वीनेटर, बिच, एभ्रो सञ्चालनमा आएपनि एटिआर पहिलोचोटि सञ्चालनमा आएको हो। अहिलेसम्म ४० सिटको एभ्रो विमानबाहेक ठूलो विमान सिमराबाट उडेको छैन। ७२ सिटको एटिआर नै धेरै यात्री लिएर उड्ने पहिलो विमान हो।

 

यसैवीच बिहिवार देखी यतिले पनि काठमाण्डौ सीमरा उडान शुरु गर्ने भएको छ । लामो समय देखी बुद्ध एयरले उक्लै उडान भर्दै आएको सीमरामा अव उसले पनि प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । यति एयरलायन्सले आज काठमाडौं–सिमरा परीक्षण उडान गरेको प्रमुख गौतमले बताउनु भयो ।
   
    यतिले केही वर्षअगाडि सम्म सिमरा–काठमाडौं उडान गरिरहेको थियो । लामो समयको उडान स्थगन पछि यतिले फेरी उडान शुरु गर्न लागेको छ  । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.