logo

संकटको बेलामा दिनरात नभनी खटने पर्दा पछाडीका हिरोहरुलाई सम्मान गरिनु पर्छः पर्सा प्रहरी प्रमुख पन्त

      9/18/2020 गते 00 00 मा प्रकाशित     910   पटक पढिएको

कोरोना महामारीको बेलामा मानवीयता सहितको उच्च पेशागत नैतीकता प्रर्दशन गर्दै काम गर्ने ब्यक्तिहरुलाई आज एक कार्यक्रमकावीच सम्मान गरिएको छ । 

 


जिल्ला प्रहरी कार्यालय पर्साको प्राङगणमा आयोजना गरिएको सानो तर महत्वूर्ण कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो ।

 

सम्मान पाउनेहरुमा  वीरगञ्ज महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुद्दीन मियाँ, शाखामा कार्यरत अमिन मियाँ, एम्बुलेन्स चालक समशुल मियाँ, रेडक्रसका एम्बुलेन्स चालक मोम्ताज अन्सारी, रमेश पण्डित, राजेशकुमार क्षेत्री, ग्रिन सिटि सामुदायि प्रहरी सेवा केन्द्र विजय यादव, लालबाबु महतोलगायत रहनु भएको छ ।

 

कोरोनाको महामारीमा अग्रपंक्तिामा खटनु भएका ब्यक्तिहरुलाई   ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्हरी कार्यालय पर्साले  सम्मान गरेको हो ।


पर्सा ,कोरोना महामारीले आक्रान्त भएको बेला आफ्नो ज्यानलाई जोखिममा राखेर खटेका सुरक्षाकर्मी, सरसफाई कर्मी, एम्बुलेन्स चालक, डोजर चालकलगायतलाई नगद र सम्मान पत्रसहित सम्मानित गरिएको हो।पर्साकी प्रहरी प्रमुख गङ्ग पन्तले सम्मानित सबैलाई नगद र सम्मान पत्र हस्तान्तरण गर्नु भएको हो।

 

सम्मान कार्यक्रममा पर्सा प्रहरी प्रमुख पन्तले कोभिड संक्रमणको समयमा पर्दा पछाडीको हिरोहरुलाई सम्मान गर्न पाउँडा खुशी महसुस भएको बताउनु भयो  ।

 

उहाँले कोभिड व्यवस्थापनमा सरसफाई कर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, डोजर चालकहरुले गरेको योगदानको जति सराहना गरेपनि कम हुने  बताउनु भयो ।  संकटको यो बेलामा उहाँहरुले गर्नुृ भएको कामको बयान गरी साध्य नभएको बताउदै उहाँले दिन रात खट्ने  पर्दा पछाडीका वास्तविक हिरोहरुलाई  सम्मान गरिने बताउनु भयो ।

 


ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक कमल राज पण्डित, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साह, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईलगायत स्थानीय नागरिक समाजका अगुवा, तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।


 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.