logo

काठ तस्करको मोटरसाइकल छोडने रंगपुरका रेन्जरको तयारी सुरक्षाकर्मीको मनोबल घटाएको भन्दै स्थानीयको बिरोध 

      9/18/2020 गते 00 00 मा प्रकाशित     961   पटक पढिएको

सबडिभिजन वन कार्यालय रङ्गपुरका रेन्जर कपिलदेव यादवले राष्ट्रीय बनबाट काठ चोरी गर्दा समातिएको मोटरसाइकल छोडने तयारी गरिरहेका छन ।

 

मोटरसाइकल, सेटिङमा छोडन लागिएको स्थानीयको आरोप छ । मोटर साइकल छोडनकालागि गस्तीमा रहेको टोलीले दिएको बस्तुस्थिति मुचुल्कामा परिर्वतन गर्न गस्तीटोलीलाई रेन्जर यादवले दवाव दिएको स्रोतले जनाएको छ ।

 

गस्ती टोलीले, काम गर्न नसक्ने गरि काठको तस्कर समुहको मनोवल बढने गरि मोटरसाइकल छोडनकालागि मुचुल्कामा परिर्वतन गर्न नहुने अडान लिएका छन । 

भदौ ३१ मा सबडिभिजन वन कार्यालय रङ्गपुरको गस्ती टोलीले पटेर्वासुगौली गाउँपालिका–४ भतौडाबाट ७ क्युफिट सालको काठ बरामद गरेको थियो।


    सुबेदार प्रदीप तिमल्सिनाको नेतृत्वमा खटिएको वन कर्मचारीको टोलीले दुईवटा मोटरसाइकलमा लोड गरिएको ७ क्युफिट काठ बरामद गरेको थियो ।


    राष्ट्रिय वनबाट रूख कटान गरी ना.२४प २३५९ र ना.६प ९०४ नं।को मोटरसाइकलमा काठ राखेर तस्करहरूले देवरिया र निचुटा चिरान मिलमा लगिरहेको अवस्थामा वन गस्ती टोलीलाई देखेपछि मोटरसाइकल र काठ छाडेर तस्करहरू फरार भएका थिए ।

 

रेन्जर यादवले होण्डा साइन मोटर साइकल छाडने तयारी गरेको स्थानीयको आरोप छ । रेन्जर यादवले नै होण्डा साइन मोटरसाइकल अन्दाजी १ सय पचास फिट  टाढा थियो भन्दै मोटरपाइकल छोडने आधार बनाएको स्थनीयको आरोप छ ।  

 

कोरोना भाइरसको संक्रमणको कारण बनको दोहन बढेर गएको छ । बनको रक्षाको जिम्मेवारी लिएका बन प्राविधिकहरुले बन जोगाउने भन्दा आफू मोटाउनेमा ध्यान दिने गरेका कारण नेपालको बन तस्करको धन भएको छ ।

 

यस्तो जोखिममा काठको निकासी रोक्न खटिएका बन सुरक्षाकर्मीको मनोवल समेत खस्ने गरि हाकीमहरुले तस्करको चाकरी गरेको देख्दा स्थानीय समेत चिन्तित छन । इसीमाना संग कुरा  गर्दै  रेन्जर यादवले मोटरसाइकल नछोडने र प्रतिवेदन पनि परिर्वतन नहुने बताउनु भएको छ । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.