logo

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र पर्सामा अनियमितता भएको स्थानीयको आरोप ,अनुसन्धान गरि कारवाही गर्न माँग

      9/14/2020 गते 00 00 मा प्रकाशित     988   पटक पढिएको

वीरगञ्ज वडा नम्बर १५ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा  अनियमितता बढेको स्थानीयले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन ।

 

अनियमितता गर्ने कार्यालय प्रमुख डा. रमेश मिश्रलाई आवश्यक छानविन गरि कारवाहीगर्न माँग गर्दै स्थाीयले ज्ञापनपत्र बुझाएका हुन । 


 प्रदेश सरकार प्रदेश नं.२, सामाजिक विकास मन्त्रालय, स्वाथ्य निर्देशनालय अन्तर्गत रहेको पर्सा जिल्लाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख  रमेश मिश्राले कार्यभार सम्हाले देखि नै अस्पताल व्यवस्थापनको अवस्था जर्जर हुंदै गई रहेको र अनियमितता बढेको प्रति  वडाबासीहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षन गराएका हुन ।  

डा. रमेश मिश्रा स्थानीय  भएकै कारण  अस्पताल ब्यवस्थापनमा मनोमानी गर्दै आएको आरोप स्थानीयकै छ  ।  अस्पतालको औषधि खरिद, बजेट खर्च, उपचार लगायतमा अपारदर्शी ढंगबाट प्रक्रिया मिचेर अनियमितता गर्ने गरेको र कार्यालय प्रमुख  आफु बिरामी भएको बहानागरी घर बसि बसि जोखिम भत्ता सहितको तलब खाने गरेका स्थानीयको अरोप छ ।

 

कर्मचारीहरु नियमित कार्यालय आउदैनन् आएपनि एकैपटक एक महिनाको हाजिरी गरी तलब बुझ्ने गरेका ज्ञापन पत्रमा उल्लेख छ ।  

 


त्यस्तै नियमित उपचारमा आउने सेवाग्राही भन्दा बढी संख्यामा रोगीको लिस्ट बनाइ बजेट खर्चिने तथा औषधी वितरण गर्ने गरेका साथै निःशुल्क दिनुपर्ने औषधिहरु स्वास्थ्य केन्द्रमा अहिले छैन भन्दै बाहिर आफ्नो निजि किलिनिकमा किन्न लगाउने र स्वास्थ्य केन्द्रमा भएको औषधी बाहिर लगि विक्री गर्ने गरेका ज्ञापन पत्रमा रहेको छ ।  

 

कार्यालयका कर्मचारीले कार्यालयको उपचार समाग्री घरमा लैजाने तथा प्राईवेट क्लिनिकमा लगेर प्रयोग गर्ने गर्नुका साथै  कर्मचारीले स्वास्थ्य केन्द्रको सामाग्री निजी प्रयोगमा लैजादै गरेको भिडियो क्लिप स्थानियले राखेको बतथाएका छन ।

 

स्वास्थ्य केन्द्रमा विगत ६÷७ वर्ष देखि अस्थाई दरबन्दिमा कार्यरत १ जना महिला कार्यालय सहायकको नियुक्ति नविकरण नगरी सोर्स९फोर्सको आधारमा राजनितिक व्यक्तिको आडमा थप दुई जना कर्मचारी राखेको र ति कर्मचरीबाट रकम असुल गरी पदको दसरुपयोग गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समितीको ठहर रहेको छ ।

 


राजनितिक पहुँचका आधारमा आएका अस्थाई कर्मचारी महिनामा १÷२ दिन मात्र कार्यालमा आउने गरेको र महिना भरीको तलब बुझ्ने गरेका छन् । यसका साथै कार्यलयमा अनेकौं नियम बिपरित कामहरु हुदै आई रहेको छ । मिति ६ महिना नबित्दै सुचना निकाली खारेज गरी मनोमानी गरेको स्थनियहरुको ठहर छ । 

स्थानीय युवा नेता उदयनारायण कुशवाहा संयोजकत्वमा ज्ञापन पत्र बुझाउदै उनीहरुले  ।


जिल्ला आयुर्वेद स्वास्थय केन्द्रले अनियमितता बन्द गरी चुस्त दु्रस्त व्यवस्थापकिय सेवा सहित यस कोविड१९ को महामारी एवं विषम परिस्थितिमा नेपाल सरकार, प्रदेश सरकार तथा सम्बन्धित विभागले निर्देशन गरे बमोजिमका आयुर्वेद सेवा लगायतका सम्पुर्ण सेवाहरु सहज रुपमा सुचारु गर्न पनि माँग गरेका छन । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.