Saturday, 19 July 2025, 7:12:55 am

बाराका कोरोना संक्रमीतको बीरगंजमा हृदयघातबाट मृत्यु

      9/8/2020 गते 00 00 मा प्रकाशित     844   पटक पढिएको

वीरगञ्जमा उपचाररत बाराको कोरोना संक्रमित एक ब्यक्तिको हृदयघातबाट मृत्यु भएको छ ।


 । नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचाररत बारा जिल्लाका एक ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

 

बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर १० गञ्जभवानीपुरका निवासी उहाँको हृदयघातका कारण मृत्यु भएको अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताउनु भयो  ।

 


 मृतक मधुमेह टु टाइपका दिर्घ रोगी हुनका साथ् पछिल्लो समय उहाँमा रूघाखोकी, ज्वरो, सास फेर्न गाह्रो हुने समस्या समेत देखिएको अस्पतालले जनाएको छ ।  

 

भदौ १४ गते अस्पताल भर्ना उनकोभएका   गएरति संघन उपचारकक्षमा उपचारकै क्रममा मृत्यु भएको हो । 

योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । साउन यतामा मात्रै ५४ जनाको मृत्यु भएको छ ।

 

मृत्यु भएका ६० जनामध्ये पर्साका ४२ जना, बाराका १३ जना, रौतहटका ४ जना र सर्लाहीका १ जना छन् । दुई जनाको भने ठेगाना खुलेको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु