logo

कोरोना परास्त गरेर ६१ जना घर फर्किए, २९ जनाको संघन उपचार कक्षमा उपचार हुदै

      8/29/2020 गते 00 00 मा प्रकाशित     1028   पटक पढिएको

पर्सामा आज कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर ६१ जना ब्यक्तिहरु घर फर्किएका छन । बिभिन्न समयमा भएका परिक्षणमा कोरोना भाइरसको  संक्रमण पुष्टि भएकाहरु लगातार दुई पटकको परिक्षणमा नेगेटिभ आएपछि उनीहरु घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

 


संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका ५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छ । पोखरिया नगरपालिका अन्र्तगत होम आइसोलेशनमा रहेका ४ जना र नारायणी अयोधा अस्पतालले ब्यवस्थापन गरेको होम आइसोलेशनबाट १ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन ।

 

त्यसैगरि गण्डक अस्पतालमा उपचारकालागि भर्ना भएका ५ महिला सहित १६ जना कोरोना भाइरसलाई परास्त गरेर घर फर्किएका छन ।

 

त्यसै गरि कस्थायी कोभिड अस्पताल बीरगंज हेल्थ केयर अस्पतालमा उपचार गराईरहेका ४ महिला सहित १७ जना र बीरगंजको होटेल रानी पोखरिमा ब्यवस्थापन गरिएको सामुदायिक आइसोलेशन केन्द्रबाट  ४ जना रानीसति धर्मशालामा रहेको सेमी आइसोलेसनबाट ९ जना र पोखरियामा रहेको जिल्ला अस्पतालबाट १० जना कोरोना भाइरसलाई परास्त गरेर घर फर्किएका छन ।

 

यो संगै पर्सामा जिल्लामा कोरोनालाई जितेर घर फर्किनेको संख्या ६ सय ४७ पुगेको छ । कोरोना भाइरसबाट पर्सा जिल्लामा संक्रमीत हुनेको संख्या भने  २१ सय १३ रहेको छ । आइसोलेशन वार्डमा १ सय ४ जना रहेका छन । होम आइसोलेनशमा ९ सय ३१ जना रहेका छन ।

 

त्यसैगरि ३ सय २२ जना भने सामुदायिक आइसोलेशन केन्द्रमा रहेका छन । बीरगंजमा रहेको गण्डक तथा बीरगंज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारमा रहेका मध्य २८ जनालाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.