logo

सुपौलीका ६८ वर्षिय बृद्धमा मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि

      8/25/2020 गते 00 00 मा प्रकाशित     894   पटक पढिएको

वीरगञ्जस्थित नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु भएका ब्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 


जिराभवानी गाउँपालिका वडा नं ४ सुपौली निवासी   ६८ वर्षीय पुरुषको आइतबार राति १० बजे मृत्यु भएको थियो । सोही दिन तराई हस्पिटलबाट रिफर गरी ल्याइएको केहिबेरमै वृद्धले ज्यान गुमाएको कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनु भयो  । सोही दिन उहाँको कोरोना भाइरसको संक्रमण परिक्षणकोलागि स्वाब संकलन गरिएको थियो ।

 

हिजो बेलुका आएको रिपोर्ट अनुसार उहाँमा कोरोना भाइरसको संक्रमण रहेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय श्रीवास्तवले जानकारी दिनु भएको छ  । 

 

मुटुसम्बन्धी समस्याका कारण तराई अस्पतालमा उपचारका शनिवार साँझ ६ बजे तिर तराई अस्पतालमा भर्ना हुनु भएका वृद्धमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उहाँलाई आइतबार राति साढे ९ बजे गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

 

एक्स–रे गरेर हेर्दा दुईवटै फोक्सोमा निमोनिया देखिएको तराई अस्पतालले जनाएको छ  । अक्सिजन दिँदा पनि अक्सिजन लेभलमा सुधार नआएपछि उहाँलाई कोभिड अस्पतालमा रेफर गरिएको थियो । निमोनिया ,खोकी मुटु सम्बन्धी समस्यासंग जुधिरहनु भएका उहाँको कुनै ट्राभल्स हिस्ट्री भने देखिदैन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ ।  नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमवार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.