logo

एमबिबिएस चिकित्सकद्वारा राजीनामाको घोषणा ,सरकारले चाहे निशुल्क सेवा दिन चिकित्सक तयार

      8/24/2020 गते 00 00 मा प्रकाशित     1425   पटक पढिएको

बीरगंजका बिभिन्नद अस्पतालमा कार्यरत एमबिबिएस  चिकित्सकहरुले राजीनामाको घोषणा गरेका छन । उनीहरुले आफना माँगहरुको बारेमा कुनै सम्बोधन नभएको भन्दै राजीनामा घोषणा गरेका हुन । 


बीरगंजका बिभिन्न निजी अस्पतालमा कार्यरत करिव १ सय ५० जना चिकित्सकहरुले  राजीनामा घोषणा गरेका हुन । अस्पताल प्रशासनले बिभिन्न माध्यद्वारा सम्वाद शुरु गरेको एक चिकित्सकले बताएका छन ।

 

बिभिन्नकोणबाट छलफल भइरहेको छ चिकित्सक डा तेजनाथ तिवारीले भन्नु भयो हाम्रा माँगहरुको बिषयमा सुनवाई भएन हामीले राखेका माँगका बिषयमा छलफल भएपो कसरी जाने भन्ने हुन्छ अहिले त्यो अवस्था नै देखिएको छैन । 

 


डा. तिवारीले यत्रो संकटको बेलामा ज्यान जोखिममा राखेर खटिने चिकित्सकलाई पीपीई छैन ,सेनीटाइजर छैन मास्क पंजा जस्ता कुरा नदिइनु निकै उद्धेक लाग्दो भएको बताउनु भयो ।

 

यो बेलामा राजीनामा दिएर हिडने भन्दा पनि मोर्चामा खटनु पर्ने बेला हो उहाँले भन्नु भयो “ हाम्रो ज्यान कोरोना भाइरस प्रुफत त होइनन नी हाम्रो सुरक्षाको बारेमा पनि चिन्ता हुनु पर्छ नी । 
    

एमबिबिएस डाक्टरहरुले न्युनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जिवन बिमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टाईनमा अस्पतालले नै सुविधा दिनुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) उपलब्ध गराउनुपर्ने, कार्यअवधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निशुल्क उपचार पाउनुपर्ने लगायतका मागसहित ७ दिने अल्टिमेटम दिएका थिए ।

अस्पताल प्रशासन, चिकित्सक संघ, जिल्ला प्रशासन लगायका ठाउँमा ७ दिने अल्टिमेटमसहित ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको भन्दै मंगलवारबाट काममा नजाने मेडिकल अफिसर एसोसियसन अफ वीरगञ्जका महासचिब डा.रामएकवाल राय यादबले बताउनु भयो  ।

विगतमा पनि कम पारिश्रमिकमा काम गर्दै आएको र अहिलेको विषम परिस्थितीमा जोखिम मोलेर काम गर्दा पनि सम्बन्धि निकायले मुल्यांकन नगरेको भन्दै मेडिकल अफिसर एसोसियसन अफ वीरगञ्जले आपत्ति जनाएको छ । राजीनामा घोषणा गरेका चिकित्सकले बिश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सुरक्षा मापदण्डको आधारमा  नेपाल सरकारले निशुल्क रुपमा काममा लगाए आफूहरु यो संकटको बेलामा काम गर्न तयार रहेको डा. तिवारीले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.