logo

एमबिबिएस चिकित्सकद्वारा राजीनामाको घोषणा ,सरकारले चाहे निशुल्क सेवा दिन चिकित्सक तयार

      8/24/2020 गते 00 00 मा प्रकाशित     1312   पटक पढिएको

बीरगंजका बिभिन्नद अस्पतालमा कार्यरत एमबिबिएस  चिकित्सकहरुले राजीनामाको घोषणा गरेका छन । उनीहरुले आफना माँगहरुको बारेमा कुनै सम्बोधन नभएको भन्दै राजीनामा घोषणा गरेका हुन । 


बीरगंजका बिभिन्न निजी अस्पतालमा कार्यरत करिव १ सय ५० जना चिकित्सकहरुले  राजीनामा घोषणा गरेका हुन । अस्पताल प्रशासनले बिभिन्न माध्यद्वारा सम्वाद शुरु गरेको एक चिकित्सकले बताएका छन ।

 

बिभिन्नकोणबाट छलफल भइरहेको छ चिकित्सक डा तेजनाथ तिवारीले भन्नु भयो हाम्रा माँगहरुको बिषयमा सुनवाई भएन हामीले राखेका माँगका बिषयमा छलफल भएपो कसरी जाने भन्ने हुन्छ अहिले त्यो अवस्था नै देखिएको छैन । 

 


डा. तिवारीले यत्रो संकटको बेलामा ज्यान जोखिममा राखेर खटिने चिकित्सकलाई पीपीई छैन ,सेनीटाइजर छैन मास्क पंजा जस्ता कुरा नदिइनु निकै उद्धेक लाग्दो भएको बताउनु भयो ।

 

यो बेलामा राजीनामा दिएर हिडने भन्दा पनि मोर्चामा खटनु पर्ने बेला हो उहाँले भन्नु भयो “ हाम्रो ज्यान कोरोना भाइरस प्रुफत त होइनन नी हाम्रो सुरक्षाको बारेमा पनि चिन्ता हुनु पर्छ नी । 
    

एमबिबिएस डाक्टरहरुले न्युनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जिवन बिमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टाईनमा अस्पतालले नै सुविधा दिनुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) उपलब्ध गराउनुपर्ने, कार्यअवधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निशुल्क उपचार पाउनुपर्ने लगायतका मागसहित ७ दिने अल्टिमेटम दिएका थिए ।

अस्पताल प्रशासन, चिकित्सक संघ, जिल्ला प्रशासन लगायका ठाउँमा ७ दिने अल्टिमेटमसहित ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको भन्दै मंगलवारबाट काममा नजाने मेडिकल अफिसर एसोसियसन अफ वीरगञ्जका महासचिब डा.रामएकवाल राय यादबले बताउनु भयो  ।

विगतमा पनि कम पारिश्रमिकमा काम गर्दै आएको र अहिलेको विषम परिस्थितीमा जोखिम मोलेर काम गर्दा पनि सम्बन्धि निकायले मुल्यांकन नगरेको भन्दै मेडिकल अफिसर एसोसियसन अफ वीरगञ्जले आपत्ति जनाएको छ । राजीनामा घोषणा गरेका चिकित्सकले बिश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सुरक्षा मापदण्डको आधारमा  नेपाल सरकारले निशुल्क रुपमा काममा लगाए आफूहरु यो संकटको बेलामा काम गर्न तयार रहेको डा. तिवारीले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.