logo

बीरगंज महानगर प्रमुख सरावागी कोरोना संक्रमणमुक्त,नागरिक सेवामा छिट्टै आउने प्रतिवद्धता

      8/23/2020 गते 00 00 मा प्रकाशित     922   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगी कोरोना संक्रमणमुक्त हुनु भएको छ  । विगत २५ दिनदेखि कोभिड १९ बाट सङ्क्रमित भइ होम आइसोलेसनमा रहुनु भएका  नगरप्रमुख सरावगीको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गरिएको परिक्षणमा नगरप्रमुख सरावगीको रिपोर्ट नेगेटिभ आएको उनका राजनीतिक सल्लहाकार मुकेश द्विवेदीले जानकारी दिनु भयो  । नगरप्रमुख सरावगीले आइतबार बिहान पिसिआर परिक्षणका लागि आफ्नो स्वाब जम्मा गराएका थिए । कोरोना संक्रमणमुक्त भएपछि सामाजिक संजालमा  एक भावनात्मक सन्देश लेख्नु भएको छ ।  मेयर सरावगीले लेख्नु भएको सन्देश

आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु  !
कोरोना भाइरस विरुद्धको अभियानमा रहेको अवस्थामा म कोभिड १९ बाट संक्रमित हुन पुगेको कुरा यहाँहरुलाई जानकारीनै छ ।

 

काठमाडौं स्थित एउटा अफिसियल बैठकमा भाग लिन जाने क्रममा अचानक विरामी भएपछि परिक्षण गर्दा मिति २०७७ साउन १४ गते मलाई कोरोना संक्रमण भएको रिपोर्ट आएपछि करिव १२ दिन अस्पतालको सघन उपचार कक्षमा राखि उपचार गरिएको थियो । कोभिडबाट मेरो सम्पूर्ण परिवार समेत संक्रमित भएका थिए ।

 

मेरो स्वास्थ्यमा देखिएको समस्या निरुपण भएपनि मेरो रिपोर्ट कोरोना संक्रमण भएको आइरहेकोले म आइसोलेसनमा बस्दै आएको छु । आज वीरगन्ज स्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा कोरोना नभएको रिपोर्ट  आएको जानकारी गराउदछु ।

 

मेरो परिवारका सवै सदस्य यसअघि नै कोरोना मुक्त भैसकेका छन तर मेरो पिताजीको अहिले काठमाडौ स्थित ग्राण्डी अस्पतालमा अतिसघन कक्षमा राखेर उपचार भैराखेको छ ।

 

उहाँ स्वास्थ्य अवस्थामा खासै सुधार आउन सकेको छैन । म अस्पतालमा उपचारार्थ रहेको अवस्थामा मलाई हौसला र मनोवल उच्च राख्न महानगरवासी दाजुभाइ दिदिबहिनीहरु, विभिन्न राजनीतिक दलका नेतृत्ववर्ग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका अधिकारीज्यूहरु, नागरिक समाज, संचारकर्मीसाथीहरु, जनप्रतिनिधिज्युहरु, विभिन्न महानगरका प्रमुखज्युहरु, संविधानसभाका सदस्यज्युहरु, संघीय तथा प्रदेश सभाका माननीय सदस्यज्युहरु, माननीय मन्त्रीज्युहरु, मुख्यमन्त्रीज्यु, उपप्रधानमन्त्रीज्यु,पुर्व प्रधानमन्त्रीज्युहरु, सम्माननीय राष्ट्रपतिज्यु, मेरो पाटीका आदरणीय नेतागणले मेरो स्वास्थ्य सुधारका लागि यहाँहरुले दिनुभएको शुभकामना प्रती हार्दिक आभार प्रकट गर्दछु ।

 

मेरो उपचारमा संम्लग्न डाक्टरसाव तथा नर्सिङ स्टाफ र स्वास्थ्यकर्मी प्रती विषेश धन्यवाद ज्ञापन गर्दछु ।वीरगन्ज यतिवेला कोरोना संक्रमणका कारण अप्ठ्यारो अवस्थामा पुगेको छ । कोरोना संक्रमित भई उपचारको क्रममा मृत्यु हुनुभएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दछु साथै शोकमा रहनु भएका परिवारजन प्रती हार्दिक समवेदना प्रकट गर्दछु ।

 

उपचारार्थ अस्पताल र होम आइसोलेसनमा रहनु भएका महानुभावहरुको सिघ्रस्वास्थ लाभको कामना गर्दछु । महानगरपालिकाका जनप्रतिनिधीज्यूहरु र प्रमुख प्रशासकिय अधिकृत सहित संक्रमित सम्पूर्ण कर्मचारी साथिहरुको सिघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।


आदरणीय महानगरवासी दाजुभाइ दिदिबहिनीहरु !

यहाँहरुको अपार माया र शुभेच्छाले म केही दिन भित्र तपाईंको सेवामा निरन्तर लाग्ने छु । यस विचमा महानगरपालिकाले महानगरवासीको जिवन रक्षाको लागि घोषणा गरिएका सम्पूर्ण अभियानहरुलाई पुन सुचारु गर्न सम्पुर्ण महानगरवासी दाजुभाई दिदीवहिनी, यहाँका सम्पूर्ण राजनीतिक दलका नेतृत्व र प्रतिनिधी साथिहरु, संघीय र प्रदेश सभाका माननीय सांसदज्यूहरु, जनप्रतिनिधीसाथिहरु, राष्ट्रसेवक कर्मचारी।

 

र सुरक्षा निकायका अधिकारीज्यूहरु, नागरिक समाज, गैरसरकारी संघसंस्थाहरु, संचारकर्मीसाथिहरुको साथ र सहयोगबाट वीरगन्जलाई ग्रिनजोन वनाउन सकिने विश्वास व्यक्त गर्न चाहन्छु । कोरोनाबाट वच्न र अरुलाई वचाउन नेपाल सरकारले जारी गरेको आचार संहितालाई पूर्ण पालन गर्न आम महानगरवासी दाजुभाई दिदीवहिनीसँग अपिल गर्दछु ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ ।  नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमवार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.