logo

बीरगंज महानगर प्रमुख सरावागी कोरोना संक्रमणमुक्त,नागरिक सेवामा छिट्टै आउने प्रतिवद्धता

      8/23/2020 गते 00 00 मा प्रकाशित     1015   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगी कोरोना संक्रमणमुक्त हुनु भएको छ  । विगत २५ दिनदेखि कोभिड १९ बाट सङ्क्रमित भइ होम आइसोलेसनमा रहुनु भएका  नगरप्रमुख सरावगीको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गरिएको परिक्षणमा नगरप्रमुख सरावगीको रिपोर्ट नेगेटिभ आएको उनका राजनीतिक सल्लहाकार मुकेश द्विवेदीले जानकारी दिनु भयो  । नगरप्रमुख सरावगीले आइतबार बिहान पिसिआर परिक्षणका लागि आफ्नो स्वाब जम्मा गराएका थिए । कोरोना संक्रमणमुक्त भएपछि सामाजिक संजालमा  एक भावनात्मक सन्देश लेख्नु भएको छ ।  मेयर सरावगीले लेख्नु भएको सन्देश

आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु  !
कोरोना भाइरस विरुद्धको अभियानमा रहेको अवस्थामा म कोभिड १९ बाट संक्रमित हुन पुगेको कुरा यहाँहरुलाई जानकारीनै छ ।

 

काठमाडौं स्थित एउटा अफिसियल बैठकमा भाग लिन जाने क्रममा अचानक विरामी भएपछि परिक्षण गर्दा मिति २०७७ साउन १४ गते मलाई कोरोना संक्रमण भएको रिपोर्ट आएपछि करिव १२ दिन अस्पतालको सघन उपचार कक्षमा राखि उपचार गरिएको थियो । कोभिडबाट मेरो सम्पूर्ण परिवार समेत संक्रमित भएका थिए ।

 

मेरो स्वास्थ्यमा देखिएको समस्या निरुपण भएपनि मेरो रिपोर्ट कोरोना संक्रमण भएको आइरहेकोले म आइसोलेसनमा बस्दै आएको छु । आज वीरगन्ज स्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा कोरोना नभएको रिपोर्ट  आएको जानकारी गराउदछु ।

 

मेरो परिवारका सवै सदस्य यसअघि नै कोरोना मुक्त भैसकेका छन तर मेरो पिताजीको अहिले काठमाडौ स्थित ग्राण्डी अस्पतालमा अतिसघन कक्षमा राखेर उपचार भैराखेको छ ।

 

उहाँ स्वास्थ्य अवस्थामा खासै सुधार आउन सकेको छैन । म अस्पतालमा उपचारार्थ रहेको अवस्थामा मलाई हौसला र मनोवल उच्च राख्न महानगरवासी दाजुभाइ दिदिबहिनीहरु, विभिन्न राजनीतिक दलका नेतृत्ववर्ग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका अधिकारीज्यूहरु, नागरिक समाज, संचारकर्मीसाथीहरु, जनप्रतिनिधिज्युहरु, विभिन्न महानगरका प्रमुखज्युहरु, संविधानसभाका सदस्यज्युहरु, संघीय तथा प्रदेश सभाका माननीय सदस्यज्युहरु, माननीय मन्त्रीज्युहरु, मुख्यमन्त्रीज्यु, उपप्रधानमन्त्रीज्यु,पुर्व प्रधानमन्त्रीज्युहरु, सम्माननीय राष्ट्रपतिज्यु, मेरो पाटीका आदरणीय नेतागणले मेरो स्वास्थ्य सुधारका लागि यहाँहरुले दिनुभएको शुभकामना प्रती हार्दिक आभार प्रकट गर्दछु ।

 

मेरो उपचारमा संम्लग्न डाक्टरसाव तथा नर्सिङ स्टाफ र स्वास्थ्यकर्मी प्रती विषेश धन्यवाद ज्ञापन गर्दछु ।वीरगन्ज यतिवेला कोरोना संक्रमणका कारण अप्ठ्यारो अवस्थामा पुगेको छ । कोरोना संक्रमित भई उपचारको क्रममा मृत्यु हुनुभएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दछु साथै शोकमा रहनु भएका परिवारजन प्रती हार्दिक समवेदना प्रकट गर्दछु ।

 

उपचारार्थ अस्पताल र होम आइसोलेसनमा रहनु भएका महानुभावहरुको सिघ्रस्वास्थ लाभको कामना गर्दछु । महानगरपालिकाका जनप्रतिनिधीज्यूहरु र प्रमुख प्रशासकिय अधिकृत सहित संक्रमित सम्पूर्ण कर्मचारी साथिहरुको सिघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।


आदरणीय महानगरवासी दाजुभाइ दिदिबहिनीहरु !

यहाँहरुको अपार माया र शुभेच्छाले म केही दिन भित्र तपाईंको सेवामा निरन्तर लाग्ने छु । यस विचमा महानगरपालिकाले महानगरवासीको जिवन रक्षाको लागि घोषणा गरिएका सम्पूर्ण अभियानहरुलाई पुन सुचारु गर्न सम्पुर्ण महानगरवासी दाजुभाई दिदीवहिनी, यहाँका सम्पूर्ण राजनीतिक दलका नेतृत्व र प्रतिनिधी साथिहरु, संघीय र प्रदेश सभाका माननीय सांसदज्यूहरु, जनप्रतिनिधीसाथिहरु, राष्ट्रसेवक कर्मचारी।

 

र सुरक्षा निकायका अधिकारीज्यूहरु, नागरिक समाज, गैरसरकारी संघसंस्थाहरु, संचारकर्मीसाथिहरुको साथ र सहयोगबाट वीरगन्जलाई ग्रिनजोन वनाउन सकिने विश्वास व्यक्त गर्न चाहन्छु । कोरोनाबाट वच्न र अरुलाई वचाउन नेपाल सरकारले जारी गरेको आचार संहितालाई पूर्ण पालन गर्न आम महानगरवासी दाजुभाई दिदीवहिनीसँग अपिल गर्दछु ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.