logo

सानो पाइलाले संचालनमा ल्यायो ४० बेडको  अर्को पनि सामुदायिक आइसोलेशन केन्द्र 

      8/22/2020 गते 00 00 मा प्रकाशित     1106   पटक पढिएको

सानो पाइलाले जिल्ला संकट ब्यवस्थापन केन्द्र पर्साको सहयोगमा बप्रगंजमा अर्को पनि सामुदायीक आइसोलेसशन केन्द्र संचालनमा ल्याएको छ । 


वीरगन्ज महानगरपालिका वडा नं २५ स्थित होटेल वाटिका ईन्टरनेशनलमा  ४० शैय्याको सामुदायिक आइसोलेश केन्द्र शुरु गरि सकिएको सानो पाइलाले बिज्ञप्ति जारी गरेर जनाएको छ । 


आइसोलेशन केन्द्रमा ४० जना कोराना भाइरसको संक्रमण पुष्टि भएका ब्यक्तिहरुलाई सेवा दिन सकिने छ । आइसोलेशन सेन्टर संचालनकालागि सम्बिधान सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता अनिल रुङटा, प्रदेश सभा सदस्य डा. अन्जु कुमारी यादव र  बुढानिलकण्ठ स्कूलका पूर्व बिद्यार्थी समाज, सहायता नेपाल ,अमेरिका  नेपाल मेडिकल फाउण्डेशन ,राष्ट्रिय आष्किार केन्द्र  क्रियशन नेपाललसँगको सहकार्यमा सामुदायिक आइसोलेसन केन्द्र सञ्चालनगरिएको हो बिज्ञप्तिमा उल्लेख छ । 

विश्व स्वास्थ्य संगठन र   नेपाल सरकारले तोकेको मापदण्ड  अनुसार आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चनझाले जानकारी दिनु भयो  ।

 

हामीले सरकारको स्वास्थ्य मापदण्ड अनुसारनै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका हौं झाले भन्नु भयो जहाँ डब्ल्यूएचओले तय गरेको मापदण्डको पालना गर्दै सङ्क्रमितहरुलाई खाने, बस्ने व्यवस्था मिलाएका छौ । आइसोलेशन केन्द्रमा आधारभूत चिकित्सकीय परामर्श तथा उपचारसेवाको पनि प्रवन्ध मिलाएको उहाँले बताउनु भयो 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.