logo

बहुदरमाई नगरपालिकाका ९० सहित  बारा र पर्सामा १ सय १६ जना संक्रमीत थपिए ,

      8/19/2020 गते 00 00 मा प्रकाशित     835   पटक पढिएको

वीरगञ्ज स्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ८१ जना पुरूष र ३६ जना महिला रहेका छन् ।

 

संक्रमित हुनेमा ७ वर्षको बालक देखि ७० वर्षका बृद् पुरुष रहेका छन् । डाक्टर सिंहले जानकारी दिए अनुसार मंगलबार राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका ८ जना, पर्सा जिल्लाका १ सय ८ जना र सप्तरी जिल्लाका १ जना सहित थप १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

बारा जिल्लामा रहेको श्री चण्डी गणका ४ नेपाली सेना रहेका छन । वीरगन्जमा रहेकोे भारतिय महावाणिज्यदुतावासका ४४ बर्षीय १ जना महिला रहेकी छिन् । वयोधा अस्पलाका विभिन्न वार्डमा कार्यरत ६ जना कर्मचारी समेतमा संक्रमण पुष्टि भएको छ ।

 

त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का २ जना, वडा नम्बर ५,१० र १२ का १÷१ जनामा संक्रमण पुष्टि भएको छ । पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका विभिन्न वडाका ९० जना रहेका छन् । जिराभवानी गाँउपालिका वडा नम्बर २ र ३ का ४ जना, छिपहरमाइ गाँउपालिका वडा नम्बर ५ निवासी २० बर्षकी युवती रहेकी छिन् ।

 

त्यसैगरी बारा जिल्लाका विभिन्न ठाँउका ४ जना र सप्तरी जिल्ला १८ बर्षका युवकमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताउनुभयो । साउन ३१ गते देखि भदौ ०२ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा १ सय १७ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.