logo

छिमेकी र आफन्त गएनन मलामी, मुस्लिम समुदायले हिन्दु बिधि अनुसार गरे अन्त्येष्टि

      8/17/2020 गते 00 00 मा प्रकाशित     906   पटक पढिएको

बीरगंज महानगरपालिकाको वडा नं १३ राधेमाई टोलको उत्तर तर्फ रहेको करवोला । साधुसन्तको कुटी छ । त्यही कुटी भन्दा थोरै उत्तर पश्चिम हुदै श्रीसिया नदी बगेको छ । त्यही नदीको किनारमा  वडा नं १३ ,१४ का हिन्दु नागरिकको शदगद गर्ने समसान घाट रहेको छ ।

 


दिउसो १ बजेको टण्टलापुर घाममा नदी किनारमा केही मान्छेहरु काठको मचान मिलाउदै छन । शव जलाउनकोलागि काठको चाङ मिलाउनेहरु मुस्लिम समुदायका देखिन्छन ।

 

मुस्लिम समुदायमा शव गाडिन्छ । तर उनीहरु लाश जलाउकालागि दाउराको बन्दोबस्त गर्दै थिए । त्यतीबेला नै वडा नं १३ का वडाध्यक्ष तुफान अन्सारीमा पनि घाटमा पुग्नु हुन्छ ।


लालबाबु साहको शव अस्पतालमै थियो । केही मुस्लिम साथीहरु घाटमा पुगेर आवश्यक तयारी गर्दै थिए । म पनि दंग परे हिन्दुको मरण भएको छ ।

 

मलामी जति थोरै संख्यामा भएपनि मुस्लिम मात्र छौ वडाध्यक्ष अन्सारी समेत बिलखवन्दमा पर्नु भयो । हिन्दुहरुको शब सदगद गर्ने बिधिका बारेमा मुस्लिमहरु कोही जानकार थिएनन । वडाध्यक्षले जुक्ति निकाल्नु भयो । नजिकैको करवोला मठमा जानु भयो ।

 

त्यहा मठका पुजारी समय कटाउन आउने जेष्ठ नागरिक साधु संतका सत्संगमा रहनेहरु कोही हुन्छन भन्ठानेर  त्यतै लाग्नु भयो । उहाँले हिन्दु ब्यक्तिको शव सदगद गर्नु परेकोले आफूहरुलाई अप्ठायारो भएको भन्दै सहयोग गर्न आग्रह गर्नु भयो । वडाध्यक्ष अन्सारीको आग्रह मानेर केही ब्यक्ति घाट सम्म जानु पनि भयो

 

त्यतीबेला सम्म एम्बुलेन्समा  लालबाबु साहको पार्थिक शरीर पनि आइसकेको थियो । घाटमा २ बज्दै थियो साहका आफन्तमा एक जना ज्वाई र एक जना सम्धी आइपुग्नु भयो ।

मुस्लिम समुदायका ब्यक्तिहरुको सहयोगमै सदगदको काम अगाडि बढ्यो । लालबाबु साहको ठुलो छोरो आइसोलेशनमा भएकोले कान्छो छोरामात्र क्रियापुत्रीको रुमा रहनु भएको थियो । मधेशमा क्रिया एक जनाले मात्र बोक्ने चलन भएकोले पनि अलिक सहज त थियो ।

 

तर १७ वर्षका राजाबाबु साहलाई पनि बिधि परम्परा सस्कृतिको बारेमा त्यति जानकारी हुने कुरा पनि भएन । साहका ज्वाई र सम्धीमा पनि बिधिका बिषयमा अन्यौलता नै थियो । मठबाट जानु भएकाहरुले आफूले जानेको बताउनु भयो । त्यही अनुसार काम भयो ।

 

मधेशको हिन्दू समाजमा घाटमा क्रिया बस्ने र अन्यको कपाल काट्नकालागि हजाम पनि लैजानु पर्छ । तर यहाँ हजाम पनि नपाएको वडाध्यक्ष अन्सारीले बताउनु भयो । क्रियापुत्रीको कपाल सम्धीले काट्ने कोशीस गर्नु भयो । तर पाको उमेरका कारण राम्रोसंग काट्न त सक्नु भएन टाउकोमा जताततै काटियो । यो देखेर जान्नेले काट्नु पर्यो भन्ने तर्क भइरहदा एम्बुलेन्सका चालकले आफूले काट्ने कुरा गर्नु भयो ।

 

म मुस्लिम हु मैले काट्दा पनि हुन्छ भने मा काटिदिन्छु भनेर एम्बुलेन्सका चालकले प्रस्ताव गरे पछि त्याहा रहेका हिन्दूसबैले काट्नुस यो मानवताको बिषय हो भन्दै चालकलाई आग्रह गरे ।  हिन्दु क्रियापुत्रीको केशको मुण्डन एक जना मुस्लिमले गर्नु  भयो । 

बीरगंज महानगरपालिका वडा नं १३ नेपाल आयल निगमको पछाडीको टोलका ५५ वर्षिय लालबाबु साह शनिवार कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर राती घर नपुग्दै अर्को अस्पतालमा भर्ना हुदा पनि घरमा सबैको मुहारमा चमक नै थियो ।


तर यो चमक लामो सयम रहन पाएन । कोरोना भाइरसको संक्रमणको पिसीआर रिपोर्ट नेगेटिभ त आएको थियो । तर उहाँमा श्वास प्रश्वासमा समस्या देखियो र झाडा पखला पनि शुरु भयो ।

 

कोराना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि बनाइएका प्रोटकलका कारण कोराना मुक्त भएपछि उहाँलाई कोभिड अस्पतालमा राख्न मिलेन । प्रोटोकलका कारण पनि उहाँलाई अस्पतालमा राख्न मिलेन र अर्को अस्पतालमा राख्नकालागि चिकित्सकले सुझाव दिएका थिए ।

 

चिकित्सको सुझाव अनुसार उहाँलाई रातीनै नारायाणी बयोधा अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको थियो । उपचारको क्रममै रातको ११ बजे उहाँको निधन भयो । कोरोना जितेर डिस्चार्जको भएको चार घण्टामै साहको जीवनलिला सकियो ।  प्रयोगशालाको परीक्षण रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चारघण्टापछि मृत्यु भएपछि परीक्षण रिपोर्टमै शंका उत्पन्न भएको छ ।

 

उहाँको  एक छोरामा पनि कोरोना संक्रमण देखिएपछि अहिले  होटल रानीपोखरीमा बनाईएको सामुदायिक आईशोलेसनमा छोरा पनि उपचाररत छन् ।

उहाँको  श्रीमती र अर्को छोराको पनि स्वाब परीक्षणका लागि लिईएकोले घरमै क्वारेन्टिनमा रहेकोले अस्पतालमा जान पाएनन  । साउन १७ गते स्वाब दिनुभएका साहमा साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँ साउन ३१ गते शनिवार साँझ कोरोना जितेर कोभिड अस्पतालबाट निस्कनु भएको थियो ।


आश्चर्य  त त्यतीखेर भयो जव लालबाबु साहको मलामी जानशद शदगदकालागि सरकारले कार्यविधि बनाएको छ । आफन्तजनले शव छुन त पाउदैनन ।

 

निश्चित दुरीबाट हेर्न पाउने सम्मको मापदण्ड तयार छ । तर कोरोना सक्रमण नभएकाहरुको शदगद आफनो धर्म संस्कृति परम्पराबाट गर्न पाउने कुरामा कुनै रोकटोक छैन  ।

 

सामाजिक दुरी कायम गर्दै संक्रमण हुन नपाओस भन्ने सुरक्षाको कुरालाई ख्याल राखेर शदगद गर्न पाइने भएपनि साहका छिमेकी र आफन्तजनले चासो नदेखाएको कुराले यतिवेला बीरगंजमा निकै चर्चा पाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.