logo

सरकार राष्ट्रिय एकता खलबल्याउन उद्धत छः एमाले अध्यक्ष ओली

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १८ गते ०५: २७ मा प्रकाशित     1137   पटक पढिएको

बीरगंज । नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले असंवैधानिक काम गरेको ठहर भइसक्दा पनि राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेको टिप्पणी गरेका छन् ।

 वीरगञ्जमा पार्टीको मधेश प्रदेश कमिटीका निर्वाचित सदस्यहरूलागि आयोजीत शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले असंवैधानिक काम गरिरहेकोमा आपत्ति जनाए ।

 

रिगललाई आममाफी दिएको प्रसङ्ग केलाउँदै उनले भने, ‘अस्ति मात्रै सर्वोच्च अदालतले असंवैधानिक काम गरेको ठहर गर्‍यो । तर राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर बसेका छन् ।

No description available.

’ सर्वोच्च अदालतले पटक पटक सरकारलाई असम्बैधानिक काम गरेको भन्दै पटक पटक फैसला गरेको छ तर सरकार एक पछि अर्को असम्बैधानिक काम गरिरहेको बताए । अदालतले आमा माफी दिने सरकारी निर्णयलाई आलोच्य भनेको छ । तर सरकार त्यस्तो काम सच्याउने काम गदैन ।

उनले वर्तमान सरकारको असंवैधानिक कामहरूकै कारण लोकतान्त्रिक प्रणाली निरर्थक साबित भइरहेको बताए । उनले ठूलो संघर्षपछि देशमा लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै त्यसको सही ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिए ।


‘पढे लेखे पनि त्यसको सदुपयोग गरेनौं भने पढेलेखेको के काम भन्ने प्रश्न गर्दै उनले भने, ‘जे छ, त्यसको सदुपयोग गर्न सक्नुपर्छ । होइन भने लोकतान्त्रिक प्रणाली पनि निरर्थक साबित हुन्छ ।’

No description available.

अध्यक्ष ओलीले कतिपय ठाउँका जनता आतङ्कित बनेको बताए । समाजमा जथाभाबी अराजकता फैलिएको भन्दै उनले भने, ‘कतै ढुंगा हानिएको छ । उफ्रिएका छन् । कसैलाई खुकुरी हानेका छन् ।

 

तर सरकार अराजकता मच्चाउने तत्त्वलाई कारबाही गर्न सकिरहेको छैन ।’ दण्डहिनताको पराकाष्ठा नाघेको भन्दै सरकार निकै कमजोर र निरिह भएको बताए ।

No description available.

सरकार राष्ट्रिय एकता खलबल्याउन क्षेत्रीयता र जातियताको नारा उराल्छ धार्मिक सहिष्णुता बिरोधी काम गर्छ ,पहिचानको राजनीति भन्दै एकता बिरोधी कुरा गर्छ यसले कुनै समयमा देशको अस्तित्माथि नै संकट ल्याउन सक्छ यस प्रति सचेत हुन उनले आग्रह गरे ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.