logo

रेमडिसिभिर आयातकालागि बिभागको अनुमती ,बिहिवार सम्म आइपुग्ने आयातकर्ताको भनाई

      8/16/2020 गते 00 00 मा प्रकाशित     1800   पटक पढिएको

 औषधि व्यवस्था विभागले कोरोना भाइरस (कोभिड – १९) संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीका लागि प्रयोग हुने भनिएको औषधि ‘रेमडिसिभिर’ आयात गर्न अनुमति दिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पत्रका आधारमा विभागले ‘क्लिनिकल ट्रायलका लागि मात्र’ भन्दै ‘रेमडिसिभिर’ आयात गर्न आयातकर्ताहरुलाई अनुमति दिएको हो ।

विभागका महानिर्देशक नारायण ढकालले परिषद्ले क्लिनिक ट्रायलका लागि औषधि आयात गर्न अनुमति दिनु भन्ने पत्र पठाएपछि ढिला नगरी निर्णय गरेको बताउनु भयो  ।

 

‘परिषद्ले रेमडिसिभिर औषधि कोभिड – १९ का बिरामीलाई क्लिनिकल ट्रायल गर्ने त्यसका लागि औषधि आयात गर्नका लागि औषधि व्यवस्था विभागबाट अनुमति दिनु भन्ने निर्णय शनिवार गरेको थियो ।  शनिवारै सो सम्बन्धी पत्र बिभागले पाएपछि  बिभागले पनि शनिवार नै आयातकर्ताहरुलाई समेत सो अनुमति पत्र उपलव्ध गराएको ढकालले जानकारी दिनु भयो ।

विभागले भारतको औषधि कम्पनी सिप्ला, माइलन र हिटेरो कम्पनीबाट उत्पादन भएका रेमडिसिभिर मात्रै आयात गर्न सकिने निर्णय गरेको छ ।

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले रेमडिसिभिरको बारेमा परिषद् र विभागले गरेको निर्णय सुझबुझपूर्ण रहेको बताउनु भयो  । ‘यस्तो निर्णय केही अघि नै हुनुपर्दथ्यो ।

 

केही ढिलाई त भयो तर आज जे भयो राम्रो भयो । अब बढीमा बिहीबार सम्ममा  औषधि नेपाल भित्रन्छ,’ उहाँले भन्नु भयो ।

रेमडिसिभिरलाई विभागले अनुमति नदिदा नेपालमा महगो मूल्य तिरेर अवैध रुपमा आयात गरेर ल्याउनने बाध्यता थियो । 

अमेरिका, युरोप तथा भारतमा समेत प्रयोग भएको यो औषधि नेपालमा ल्याउन दिन ढिलाई गरेको भन्दै कतिपय चिकित्सकहरुले सरकारसंग असन्तुष्टि जनाउँदै आएका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.