logo

रेमडिसिभिर आयातकालागि बिभागको अनुमती ,बिहिवार सम्म आइपुग्ने आयातकर्ताको भनाई

      8/16/2020 गते 00 00 मा प्रकाशित     1614   पटक पढिएको

 औषधि व्यवस्था विभागले कोरोना भाइरस (कोभिड – १९) संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीका लागि प्रयोग हुने भनिएको औषधि ‘रेमडिसिभिर’ आयात गर्न अनुमति दिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पत्रका आधारमा विभागले ‘क्लिनिकल ट्रायलका लागि मात्र’ भन्दै ‘रेमडिसिभिर’ आयात गर्न आयातकर्ताहरुलाई अनुमति दिएको हो ।

विभागका महानिर्देशक नारायण ढकालले परिषद्ले क्लिनिक ट्रायलका लागि औषधि आयात गर्न अनुमति दिनु भन्ने पत्र पठाएपछि ढिला नगरी निर्णय गरेको बताउनु भयो  ।

 

‘परिषद्ले रेमडिसिभिर औषधि कोभिड – १९ का बिरामीलाई क्लिनिकल ट्रायल गर्ने त्यसका लागि औषधि आयात गर्नका लागि औषधि व्यवस्था विभागबाट अनुमति दिनु भन्ने निर्णय शनिवार गरेको थियो ।  शनिवारै सो सम्बन्धी पत्र बिभागले पाएपछि  बिभागले पनि शनिवार नै आयातकर्ताहरुलाई समेत सो अनुमति पत्र उपलव्ध गराएको ढकालले जानकारी दिनु भयो ।

विभागले भारतको औषधि कम्पनी सिप्ला, माइलन र हिटेरो कम्पनीबाट उत्पादन भएका रेमडिसिभिर मात्रै आयात गर्न सकिने निर्णय गरेको छ ।

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले रेमडिसिभिरको बारेमा परिषद् र विभागले गरेको निर्णय सुझबुझपूर्ण रहेको बताउनु भयो  । ‘यस्तो निर्णय केही अघि नै हुनुपर्दथ्यो ।

 

केही ढिलाई त भयो तर आज जे भयो राम्रो भयो । अब बढीमा बिहीबार सम्ममा  औषधि नेपाल भित्रन्छ,’ उहाँले भन्नु भयो ।

रेमडिसिभिरलाई विभागले अनुमति नदिदा नेपालमा महगो मूल्य तिरेर अवैध रुपमा आयात गरेर ल्याउनने बाध्यता थियो । 

अमेरिका, युरोप तथा भारतमा समेत प्रयोग भएको यो औषधि नेपालमा ल्याउन दिन ढिलाई गरेको भन्दै कतिपय चिकित्सकहरुले सरकारसंग असन्तुष्टि जनाउँदै आएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.