logo

कोरोना कहरका पीडितलाई सहयोग गर्न कोभिड एक्सन टिम (क्याट ) गठन आजैबाट सेवा उपलब्ध हुने

      8/14/2020 गते 00 00 मा प्रकाशित     937   पटक पढिएको

 

कोरोना भाइरसको संक्रमणको सन्त्रासमा उपचार नगर्ने अस्पतालहरुको शैलीका कारण ज्यान गुमाउने पर्ने अवस्था आएकोमा त्यो अवस्था अन्त्यकोलागि कोभिड एक्सन टिम गठन भएको छ ।

 

टिमले कोरोना भाइरसको संक्रमण पुष्टि नभएका  तर त्यसको डरमा अन्य रोगको समेत उपचार नपाउने अवस्था अन्त्यमा भूमिका निर्वाह गर्ने बताइएको छ ।


उपचार अभावमा मान्छे मर्नु पर्ने नियतिको अन्त्कालागि सर्व साधारणलाई सहयोग पुर्याउन टिम बनाइएको टिमका संयोजक जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मद हुसेनले  जानकारी दिनु भयो । 

 


सर्व साधारणलाई दिइने सहयोग टिमले आजबाटै उपलब्ध गराउने भएको छ । टिमले चार वटा हेल्प लाइन सार्वजनीक गरेको टिमका सदस्य एवं जसपाका पर्सा सचिव तवरेज अहमदे जानकारी दिनु भयो ।

 

उहाँका अनुसार ९८४५०२२०७३, ९८५५०२८१८२, ९८५५०४००७५, ९८५५०३३६०१ नम्बरहरु हेल्पलाईनको रुपमा सार्वजनीक गरिएको बताउनु भयो । उहाँले आवश्यक सहयोगको खाँचो परेका ब्यक्तिहरुलाई सम्पर्क  गर्न समेत अनुरोध गर्नु भएको छ ।  

 

बिरामीले समयमा उपचार नपाएका बीरगंजका पछिल्ला घटनाक्रमहरु निकै पीडादायक भएको नेपाली कांग्रेस पर्साका सचिव तथा टिमका सदस्य श्याम पटेलले स्मरण गर्नु भयो । उपचारको अभावमा मान्छे मर्नु पर्ने अवस्था आउन नदिन पुलको भूमिका टिमले निर्वाह गर्ने उहाँले बताउनु भयो ।  

 

आज सम्पन्न बैठकले जिल्ला समन्वय समिति पर्साका सभापत्ति नेक महमद हुसैनको संयोजकत्वमा टिमको निर्माण गरेको हो। टिममा नेपाली काग्रेसका  पर्सा सचिव  श्याम पटेल, जनता समाजवादी पार्टीका सचिव  तबरेज अहमद, नेकपाका संजिव मिश्र, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनुप तिवारी, वीरगञ्ज उधोग बणियज्य संघका मनोज कुमार दास, संचारकर्मी राजन रौनियार, राजेन्द्र सिंह, शम्भु कुमार सुमन, नरेश सरार्फ, हरि प्रसाद कुर्मी, सदस्य रहनु भएको छ ।


टिमले मिडिया सेन्टरको समेत स्थापना गरेको छ । पत्रकार राजन रौनीयारको संयोजकत्वमा पत्रकारहरु राजेन्द्र सिंह राजपुत, शम्भु कुमार सुमन, नरेश सरार्फ तथा आरोहण साह रहेको मिडिया सेन्टर बनाएको हो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.