logo

बाराका २ र धादिङका १ मा मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि,धादिङमा निषेधाज्ञा

      8/12/2020 गते 00 00 मा प्रकाशित     948   पटक पढिएको

बाराको बिश्रामपुर गाउँपालिका ५ इटियाीहका ३८ वर्षिया युवामा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


बीरगंज महानगरपालिकाको वडा नं १६ नगवामा रहेको सामुदायीक प्रहरी कार्यालय नजिकै बाटोमा उनी मंगलवार मृत फेला परेका थिए । त्यही बेला कोरोना भाइरसको संक्रमण परिक्षणकालागि उनको साब संकलन गरिएको पर्साका प्रहरी प्रवक्ता मनजीत कुवँरले बताउनु भयो । 


उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिक सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिनु भयो ।  


शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाईएको र त्यही स्वाब नमुना संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि शव व्यवस्थापनका लागि बारामा नेपाली सेनालाई आग्रह गरिएको छ ।

 

 काठमाडौंको ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका १४ धुवाँकोटका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

साउन २४ देखी रुघाखोकी र ज्वरो आएपछि स्वास्थ्य चौकी, जिल्ला अस्पताल हुदै ति युवा २७ गते  २७ गते धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

सोही दिन उनको स्वाब संकलन गरियो । ज्वरो र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि उनको उपचारकै क्रममा मृत्यु भयो । उनको मृत्यु भइसकेपछि कोरोना  संक्रमण पुष्टि भएको हो ।

एक जना कोरोना संक्रमितको मृत्यु भएपछि धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा निषेधाज्ञा जारी गरिएको छ ।  बुधबार राति १२ बजेदेखि भदौ ३ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।

ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनु भयो ।आज  बिहान ४ बजे मृत्यु भएका उनको रिपोर्ट दिउँसो १ बजे आएको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ ।  नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमवार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.