logo

राजीनामा हल्ला मात्र ,बिरामीलाई बिचल्ली पारेर मैदानबाट भाग्दैनौः डा. उपाध्याय

      8/12/2020 गते 00 00 मा प्रकाशित     1957   पटक पढिएको

वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले ज्यानलाई जोखिममा राखेर कोरोना संक्रमणको रोकथाम नियन्त्रण र बिरामीको उपचारमा लागेका स्वास्थ्यकर्मीहरुको योगदानको मूल्याकंन नभएकोमा चिन्ता ब्यक्त गर्नु भएको छ । 

 


उहाँले काम गर्दा गर्दै चिकित्सक स्वास्थ्यकर्मी र अस्पतालका अन्य कर्मचारी आफै कोरोनाको संक्रमणमा पर्नु परेको सत्यलाई बुझिदिन आग्रह गर्नु भएको छ । नागरिकको उपचार गर्ने काममा लाग्दा संक्रमीत भएका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्ने वतावरण नबन्ने हो भने उपचारको वतावरण नराम्रोसंग प्रभावित हुने प्रति उहाँले चिन्ता ब्यक्त गर्नु भएको छ । 

 


नारयणीका ३ सस ५० कर्मचारीले राजीनामा दिए भन्ने कुरा पनि सही नभएको उहाँले बताउनु भयो । काम गर्न सुरक्षाको वतावरण बनाउन आवश्यक छ उहाँले भन्नु भयो यस्तो बेलामा राजीनामा दिएर बिरामीलाई बिचल्ली पारेर मैदानबाट बाहिरिने कुरा हुदैन ।
 
गत साउन २४ गते विहान वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

 

सोही विषयलाई लिएर साउन २५ गते अस्पतालको आकस्मिक कक्षमा छिरेर तोडफोड गरेका थिए । त्यती बेला अस्पताल र त्याहा कार्यरत स्वास्थ्य कर्मचारीहरुको सुरक्षाको वतावरण नहुने हो भने सामुहिक राजीनामा दिन्छौ सम्म भनेको उहाँले स्मरण गर्नु भयो ।

 

तर  त्यो त्यतीबेलाको कुरा थियो तर आज राजीनामा दिइएको भन्ने जुन समाचार छ त्यो सत्य नभएको उहाँको भनाई छ । त्यसै गरि अस्पताल बिकास समिति कर्मचारी युनियनका अध्यक्ष सन्तोष सिंहले सामाजिक संजालमा स्टाटस पोष्ट गर्दै राजनीनामाको कुरा सत्य नभएको बताउनु भएको छ ।

 

अस्पताल र त्याहा कार्यरत कर्मचारीको सुरक्षाको वतावरण बनाउन हाम्रो माँग हो सिंहले लेख्नु भएको छ “यो परिस्थितिमा  सामुहिक राजीनामा नदिएको प्रष्ट पार्न चहान्छु  ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.