logo

उपचारमा लापरवाही भयो ,अभिभावक-उपचारको क्रममा मृत्यु भयो, अस्पताल

      8/11/2020 गते 00 00 मा प्रकाशित     1132   पटक पढिएको

उपचारकोलागि अस्पतालको चक्कर लाउदा लाउदै मृत्युवरण गरेका ९ वर्षिय वालकको कोरोना संक्रमणको परिणक्षण भने नेगेटिभ आएको छ ।

 

बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोगशालाका अनुसार बाराको बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी ९ वर्षीय बालक सुशीलकुमार साहको कोरोना संक्रमण सम्बन्धी रिपोर्ट मंगलवार साँझ नेगेटिभ आएको हो । 

साहको मंगलबार बिहान वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको मृत्यु भएको हो ।सामान्य ज्वरो, झाडापखाला र बान्ताले सिकिस्त सुशीललाई आइतवार उनका बुवाले उपचारकालागि बीरगंज ल्याउनु भएको थियो । रातभार बिभिन्न अस्पताल चाहर्दा पनि कुनै अस्पतालले भर्ना लिएर उपचार गर्न मानेन ।

 

सामेवार बिहान पर्सा प्रहरी प्रमुख गंगा पंतको सहयोगमा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरियो । सुशिलका नातामा भिनाजु पर्ने उपेन्द्र साहले  एसपीको फोनमा अस्पतालले भर्ना लिएपनि उचित उपचार नगरेकोले सुशिलको मृत्यु भएको आरोप लगाउनु भयो । भर्ना गरिएको बालकलाई उपचार गर्न भर्ना कक्षमा चिकित्सक नगएको साहको आरोप छ । 

झाडापखाला र बान्ताले गाह्रो भएपछि आइतबार बिहान सुशीलका बुवा उमेश साहले उनलाई ज्वाई उपेन्द्र साहसँग सुरुमा नेसनल मेडिकल कलेज लिएर गएका थिए तर त्यहाँ आइसीयु कक्ष खाली नभएको भन्दै त्यहाँका चीकित्सकले उनलाई तराई हस्पिटल जान सल्लहा दिए ।

 

बालक सुशिललाई लिएर उहाँहरु तराई अस्पताल,एलएस नियुरो अस्पताल,भवानी हस्पिटल,नारायणी अस्पताल पुग्नु भयो तर कही पनि आइसीयु खाली छैन भन्दै भर्ना गर्न मानेन । अन्तिमा पर्सा प्रहरी प्रमुखलाई हार गुहार गरेपछि सोमवार नेशनल मेडिकल कलेजमा वालकको भर्ना भएको गरिएको थियो ।

कलेजले विरामी उपचारका लागि आफुहरुसँग दुई सेट पीपीइ सेट समेत खरिद गर्न लागाएको उपेन्द्रले बताउनु भयो ।पिपीई किने पछि  राति ८ बजे तिर बाबुलाई हेर्न एकजना डाक्टर  आएर केहि औषधि लेखेर गएको उपेन्द्रले बताउनु भयो । यता शिक्षण अस्पतालका प्रवन्ध निर्देशक बसरुदिन अन्सारीले उपचारको क्रममा वालकको मृत्यु भएको बताउनु भयो ।

 

उहाँले शिक्षण अस्पतालमा आइसीयु खाली नभएको समेत प्रष्ट पार्नु भयो । बीरगंजका सबै अस्पतालहरुबाट फर्के पछि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गरिएको तर बचाउन नसकिएको उहाँको भनाई छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.