logo

उपचारमा लापरवाही भयो ,अभिभावक-उपचारको क्रममा मृत्यु भयो, अस्पताल

      8/11/2020 गते 00 00 मा प्रकाशित     914   पटक पढिएको

उपचारकोलागि अस्पतालको चक्कर लाउदा लाउदै मृत्युवरण गरेका ९ वर्षिय वालकको कोरोना संक्रमणको परिणक्षण भने नेगेटिभ आएको छ ।

 

बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोगशालाका अनुसार बाराको बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी ९ वर्षीय बालक सुशीलकुमार साहको कोरोना संक्रमण सम्बन्धी रिपोर्ट मंगलवार साँझ नेगेटिभ आएको हो । 

साहको मंगलबार बिहान वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको मृत्यु भएको हो ।सामान्य ज्वरो, झाडापखाला र बान्ताले सिकिस्त सुशीललाई आइतवार उनका बुवाले उपचारकालागि बीरगंज ल्याउनु भएको थियो । रातभार बिभिन्न अस्पताल चाहर्दा पनि कुनै अस्पतालले भर्ना लिएर उपचार गर्न मानेन ।

 

सामेवार बिहान पर्सा प्रहरी प्रमुख गंगा पंतको सहयोगमा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरियो । सुशिलका नातामा भिनाजु पर्ने उपेन्द्र साहले  एसपीको फोनमा अस्पतालले भर्ना लिएपनि उचित उपचार नगरेकोले सुशिलको मृत्यु भएको आरोप लगाउनु भयो । भर्ना गरिएको बालकलाई उपचार गर्न भर्ना कक्षमा चिकित्सक नगएको साहको आरोप छ । 

झाडापखाला र बान्ताले गाह्रो भएपछि आइतबार बिहान सुशीलका बुवा उमेश साहले उनलाई ज्वाई उपेन्द्र साहसँग सुरुमा नेसनल मेडिकल कलेज लिएर गएका थिए तर त्यहाँ आइसीयु कक्ष खाली नभएको भन्दै त्यहाँका चीकित्सकले उनलाई तराई हस्पिटल जान सल्लहा दिए ।

 

बालक सुशिललाई लिएर उहाँहरु तराई अस्पताल,एलएस नियुरो अस्पताल,भवानी हस्पिटल,नारायणी अस्पताल पुग्नु भयो तर कही पनि आइसीयु खाली छैन भन्दै भर्ना गर्न मानेन । अन्तिमा पर्सा प्रहरी प्रमुखलाई हार गुहार गरेपछि सोमवार नेशनल मेडिकल कलेजमा वालकको भर्ना भएको गरिएको थियो ।

कलेजले विरामी उपचारका लागि आफुहरुसँग दुई सेट पीपीइ सेट समेत खरिद गर्न लागाएको उपेन्द्रले बताउनु भयो ।पिपीई किने पछि  राति ८ बजे तिर बाबुलाई हेर्न एकजना डाक्टर  आएर केहि औषधि लेखेर गएको उपेन्द्रले बताउनु भयो । यता शिक्षण अस्पतालका प्रवन्ध निर्देशक बसरुदिन अन्सारीले उपचारको क्रममा वालकको मृत्यु भएको बताउनु भयो ।

 

उहाँले शिक्षण अस्पतालमा आइसीयु खाली नभएको समेत प्रष्ट पार्नु भयो । बीरगंजका सबै अस्पतालहरुबाट फर्के पछि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गरिएको तर बचाउन नसकिएको उहाँको भनाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.