logo

बीरगंज हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाउन संचालकको सहमती

      7/30/2020 गते 00 00 मा प्रकाशित     1134   पटक पढिएको

जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले बीरगंजको एक निजी अस्पताललाइ  बीरगंज हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाउनको लागि संघीय स्वास्थ्य मंत्रालयमा सिफारिश गरेको छ । 

 


पर्सा जिल्लामा कोभिड १९ संक्रमितहरुको संख्या बढ्दै गएको र कोभिड १९ संक्रमित पुष्टि भएका व्यक्तिहरुमा लक्षण समेत देखिन थालेको आइसोलशन अस्पतालको आवश्यकता देखिएको हो ।

 

हाल संचालनमा रहेको नारायणी गण्डक कोभिड विशेष अस्पतालमा बेड संख्या कमी भएपछि  लक्षण देखिएका कोभिड १९ पुष्टि भएका व्यक्तिहरुलाई उपचारकालागि संकट ब्यवस्थापन केन्द्र पर्साले  अस्पतालको आवश्यकता ठहर गरेको हो।  

 

थप कोभिड अस्पतालको व्यवस्था गर्न अति जरुरी देखिएको सन्दर्भमा कोभिड १९ को शंकास्पद तथा बिरामीको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार सेवा सरकारी अस्पतालबाट मात्र उपलब्ध गराउन नसकिने अवस्थामा सरकारी अस्पताल बाहेकका निजी, गैर सरकारी, सहकारी तथा सामुदायिक लगायतका अस्पतालबाट प्रदान गर्ने व्यवस्था मिलाउने नीति अनुरुप पर्सा जिल्लामा रहेका विभिन्न अस्पतालहरुसँग छलफल गर्दा बीरगंज हेल्थ केयर हस्पिटलले कोभिड संचालनकोलागि स्वीकारोक्ति दिएको हो ।

 

कोरोना भाइरस को संक्रमणको उपचार बापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७ को प्रावधान बमोजिम हुने गरी आफ्नो अस्पताल कोभिड १९ अस्पतालको रुपमा संचालन गर्न अस्पतालका संचालक डा.अवुल हैस सहमत भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो । अस्पतालले तीन सुत्रीय र्शतमा रहेर अस्पताल दिन सहमती जनाएको छ ।

 

अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७  बमोजिम अनुदान लिने गरी तथा अन्य प्रचलित कानून बमोजिम हुने गरी उक्त अस्पताललाई कोभिड १९ अस्पतालको रुपमा संचालनको व्यवस्था मिलाउन  जिल्ला संकट व्यस्थापन केन्द्रको बैठकले केन्द्रिय संकट व्यवस्थापन संचालन केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश नं. २, सामाजिक विकास मन्त्रालयमा सिफारिस साथ अनुरोध गर्ने निर्णय गरेको छ । 

 


सम्बन्धीत निकायबाट स्वीकृत भएर आएपछि बीरगंज हेल्थ केयरमा संक्रमीतहरुकालागि उपचार सेवा शुरु गरिने बिश्वास जिल्ला संकट ब्यवस्थापन केन्द्रले जाहेर गरेको छ  ।वीरगंज हेल्थकेयर हस्पिटलमा सय शैयाको कोभिड अस्पताल सञ्चालनमा आउने छ। त्यसमा ८ भेन्टिलेटर र ३२ वटा आइसीयू बेड रहेको अस्पतालका सञ्चालन अबुलहैस अन्सारीले जानकारी दिनु भएको छ।  बीरगंज हेल्थ केयरको जनशक्ति ब्यवस्थापनमा थोरै अन्यौलता रहेको भएपनि त्यसको समेत हल निस्कने बिश्वास सहायक प्रमुख जिल्ला अधिकारी बस्नेत ब्यक्त गर्नु भएको छ ।   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.