logo

अस्पतालमा बेड अभाव,घर बने आइसोलेशन वार्ड,महानगरले टाँस्न थाल्यो सूचना

      7/30/2020 गते 00 00 मा प्रकाशित     1749   पटक पढिएको

पर्सामा १ सय ४६ जना कोरोना भाइरसका कारण संक्रमीतहरु आइसोलेशन बेड अभावमा  होम आइसोलेसनमा बसेका छन ।

 

संक्रमीतहरु बसेको घरमा बीरगंज महानगरपालिकाले  स्थानीयवासीलाई सतर्क रहन सूचना टाँसेको छ । ‘कोभिड–१९ पोजिटिभ केसको घर, होम आइसोलेसन सतर्क रहौँ’ लेखिएको सूचना महानगरपालिकाका स्वास्थ्यकर्मीले टाँसेका हुन् । अहिले सम्म ३० वटा घरमा यस्तो सूचना टाँसिएको महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।

बीरगंजमा आइसोलेशन वेड सहितको अस्पताल गण्डक अस्पतालमा ६१ जना बिरामीको उपचार भइरहेको छ । केही बेड लक्षण देखिएका बिरामीहरुलाई उपचारकोलागि जगेडामा राखिएको छ ।

 

बेड अभावका कारण कोरोना संक्रमीतहरु घरमै बस्न बाध्य भएका छन । स्थानीय ,प्रदेश तथा केन्द्र सरकारले थप आइसोलेशन बेड सहितको अस्पताल बनाउन कुनै जाँगर देखाएको छैन ।

 

स्थानीय रुपमा नेताहरुको काम भाषण गर्ने र माँग गर्ने बाहेक केही देखिएको छैन । यस्तो अवस्थामा महानगरले घर घर मै गएर “संक्रमीतको घर” भन्ने सूचना टाँस गरेर स्थानीयलाई सर्तक रहन सन्देश प्रवाह गर्दै छ ।

 

घर अगाडि सूचना टाँस भएपछि समुदायले थाहा पाउने र सर्तकता बढने ठान्नुहुन्छ वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतो

बीरगंजमा कोरोेना संक्रमणका मिश्रित केस देखा परेका छन । केहीमा लक्षण देखिन्छ केहीमा लक्षण छैन । लक्षण नभएकाहरुलाई सुरक्षीत रुपमा घरमै आइसोलेशन गरिएको र त्यसले अस्पतालमा लोड कम हुने उहाँको भनाई छ।

होम आइसोलसनमा बस्दा कोरोना संक्रमितले आइसोलेसनसम्बन्धी १४ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ । ‘वडा अध्यक्ष, नजिकका प्रहरी र स्वास्थ्यकर्मीको टिमले १४ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्ने मन्जुरीनामा संक्रमित परिवारसँग गराउँछन्,’ स्वास्थ्य महाशाखा प्रमुख महतोले भन्नुभयो , ‘बिहान र साँझ स्वास्थ्यकर्मी संक्रमितको सम्पर्कमा हुन्छन् ।’

 

उहाँले यस्तो भने पनि संक्रमीतहरुले भने स्वास्थ्यकर्मीको कुनै पनि सेवा नपाएको गुनासो गरेका छन । संक्रमण पुष्टि भएका आइसोलेशन बेडको अभावमा घरमै रहेकाहरु सबैको सम्पर्कमा स्वास्थ्यकर्मी नपुगेको अवस्था रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.