logo

मधेश प्रदेश सभामा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने बिषय चर्चामा,मलखाद दिने प्रतिवद्धता पुरा गर्न सासद पटेलको माँग

 इसीमाना सम्वाददाता     २०८० जेठ १७ गते ०८: ४१ मा प्रकाशित     383   पटक पढिएको

 वीरगञ्ज । नेपाली कांग्रेसका प्रदेश सांसद् श्यामप्रसाद पटेलले संघ सरकारले बजेट मार्फत नेपालमा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेकोमा त्यसको प्रशंसा गरेका छन।

 

मधेश प्रदेशकोसभामा आफना कुरा राख्दै पटेलले औषधीजन्य बस्तुको निर्माणमा गाँजाको प्रयोगको बिषय निकै पहिला देखी चर्चामा आएको बिषय भएको बताउदै संघ सरकारले गाजाँखेतीको बिषयमा बजेटमा बोल्नु उचित भएको बताए ।


उनले गाँजाको उत्पादनको बिषय किसानसंग जोडिने प्रसंगको चर्चा गर्दै अहिले किसानले मलखाद नपाएकोमा भने चिन्ता ब्यक्त गरे । उनले संघ र प्रदेश सरकारले मलखादको अभाव नुहुने भन्दै जनताको वीचमा गरेको प्रतिवद्धता घोषणामा सिमित रहेको भन्दै आक्रोश ब्यक्त गरे ।


‘धन खेतीको सुरुवात हुन् लागिसक्यो, किसान साथीहरुले बिउ रोप्न सुरु गरिसक्नु भयो । तर, खादको अभाव छदै छ,’ उनले भने, ‘संघ र प्रदेश सरकारले यसपटक मलखादको अभाव नहुने बताएको छ ।

 

तर, अभाव निरन्तर छ । अहिलेसम्म समस्या समाधान गर्न तर्फ मधेश सरकार लागेको जस्तो मलाइ लाग्दैन ।’ मधेशलाई आर्थिक रुपले सम्पन्न गर्न कृषिमा ध्यान केन्द्रित गर्नुपर्ने सुझव दिँदै उनले छिटोभन्दा छिटो मलखादको व्यवस्थापन गर्न उनले माग गरे ।


आर्थिक वर्षको अन्तिममा आएर मधेश प्रदेश सरकारको अर्थमंत्रालयले रकम रकमान्तर गरि भद्रगोल रुपमा कमिशन लिएर रकम बितरण गरेको चर्चा ब्यापक छ ।

 

सत्तारुढ दलका सासदहरुले नै यो कुराको आलोचना गरिहेका छन । प्रदेश सभा सदस्यपटेलले यही प्रसंगमा पारदर्शीता कायम हुनु पनेृ बताउदै मधेश सरकारले स्थानीय तहलाई वितरण गरेको सशर्त अनुदानको विषयमा लागेको आरोपका बारेमा छानविन गर्न एउटा समिति बनाउन मााग गरेका छन ।


उनले अघिल्लो मधेश प्रदेश सरकारले वीरगञ्ज विकास प्राधिकरणको नाममा २५ करोड रुपैयाँ अनियमितता गरेको आरोप लगाएका छन् ।

बुधबार जनकपुरधामस्थित मधेश प्रदेशको बैठकमा बोल्दै सांसद् पटेलले अघिल्लो मधेश प्रदेश सरकारले वीरगञ्ज विकास प्राधिकरणको नाममा २५ करोड अनुदान दिएपनि प्राधिकरण गठननै नगरी रकम खर्च गरेको आरोप लगाएका हुन् ।

 

२५ करोड रुपैयाँ खर्च भएको छ । कुन माध्यम र कुन कारणले, के प्रभावमा त्यो २५ करोड रुपैयाँ खर्च भयो उनले मधेश सरकारलाई त्यस बिषयमा संसदलाई जानकारी दिन माँग गरेका छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.