logo

लोककल्याणकारी विज्ञापनको भुक्तानी वितरण गर्ने मंत्री शमाको प्रतिबद्धता

 इसीमाना सम्वाददाता     २०८० जेठ ९ गते ०५: ०४ मा प्रकाशित     580   पटक पढिएको

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोककल्याणकारी विज्ञापन नरोकिने र लोककल्याणकारी विज्ञापन छपाई गरे बापतको पत्रपत्रिकालाई दिइदै आएको भुक्तानी पनि नियमित रुपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेपाल पत्रकार महासंघको टोलीले बुझाएको ज्ञापन पत्र बुझदै मंत्री शमाृले यस्तो प्रतिवद्धता ब्यक्त गरेकी हुन ।


विज्ञापन बोर्डले के कसरी सूचना बाहिर पठायो त्यसबारे आफूलाई जानकारी नभएको र बोर्डमा रकम अपुग भए सञ्चार मन्त्रालकै अन्य शीर्षकको रकमलाई रकमान्तर गरेर भए पनि लोककल्याणकारी विज्ञापनको भुक्तानी वितरण गर्ने मंत्री शर्माले प्रतिबद्धता व्यक्त गरेकी हुन।

 

विज्ञापन बोर्डले गत वैशाख ३१ गते एक सूचना जारी गर्दै लोककल्याणकारी विज्ञापन नपठाउने र भुक्तानी समेत नपठाउने निर्णय गरेको थियो । बोर्डको यो निर्णयका बिरुद्ध नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले बिज्ञप्ति जारी गर्दै भूक्तानीको निरन्तरताको माँग गरेको थियो ।

 

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति आन्दोलनमा उत्रिएको थियो । संचार सम्बद्ध अन्य संस्थाहरु प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियनले पनि बोर्डको यस्तो निर्णय मान्य नहुने भन्दै बिज्ञप्ति जारी गरेका थिए । मंगलवार माग सम्बोधनमा कुनै चासो नदेखिएसँगै सञ्चारकर्मीद्धारा मंगलबार बोर्ड अध्यक्ष लक्ष्मण हुमागाँईको कार्यकक्षमा तालाबन्दी गरिएको नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाले जानकारी दिएका छन् ।


मंगलबार बिहान बोर्ड अध्यक्षको कार्यकक्षमा ताला मारेपछि उपत्यका प्रदेश समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई तीन बुँदे ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष तथा स्वरोजगार सञ्चार माध्यमका हक हितका संरक्षक दामोदर प्रसाद दवाडी, नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव टेनिस रोका, कोषाध्यक्ष अर्जुन पन्त, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी, सचिव महेश गौतम लगाएत दजनौं बरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.