logo

बन्द उधोग चलाउने सरकारी योजना, मोडालिटीका बारेमा छलफल भइरहेको मंत्री रिजालको खुलासा

 इसीमाना सम्वाददाता     २०८० जेठ १ गते ०५: १५ मा प्रकाशित     431   पटक पढिएको

बीरगन्ज, । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल बन्द रहेको वीरगंजको चीनी कारखाना संचालन गरिने बताएका छन । सोमवार वीरगंजमा नेपाल प्रेस युनियन पर्साको १० औं जिल्ला अधिवेशनको उद्धघाटन गर्दै मंत्री रिजालले यस्तो बताएका हुन । उनले बन्द रहेका सरकारी उद्योगहरु पुन सन्चालनका लागि सरकार लागेको बताएका हुन।

उनले बन्द रहेको वीरगन्ज चिनी कारखानासहितका सरकी उद्योगहरु पुन चलाउनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।कुन मोडलमा चलाउने भन्ने बारेमा छलफल चलिरहेको छ।

 

नक्कली भुटानी शरणार्थी प्रकरण बारे बोल्दै मंत्री रिजालले एमालेकै सरकारका पाला देखि यो भ्रष्टाचार प्रकरण सुरु भएको बताए । उनले भने, राम बहादुर थापा बादल गृहमन्त्री भएका बेला प्रधानमन्त्री कुन पार्टीका थिए? टोपबहादुर रायमाझी मन्त्री हुदाँ प्रधानमन्त्री कुन पार्टीका थिए ? यो सबैलाई थाहा छ ।


नक्कली शरणार्थीका नाममा भएको भ्रष्टाचार प्रकरणको अनुसन्धानमा अहिलेको गठबन्धन सरकारले पुर्ण रुपमा सघाइरहेको बताउदै मन्त्री रिजालले भने, भ्रष्टाचारीलाई कारबाही हुनै पर्छ, सरकारले अनुसन्धानमा कुनै हस्ताक्षेप गर्दैन ।


उनले देशको अर्थतन्त्रलाई पुन चलायमान बनाउन सरकार लागि परेको बताए । नेपाली कांग्रेस पर्साका सभापति एवं मधेश प्रदेशका सदस्य जनार्दन सिंह क्षेत्रीले मुलुकले आवलम्बन गरेको निर्वाचन प्रणाली परिर्वतन गर्नु पर्ने कुरामा बहस उठान गर्न पत्रकारलाई आग्रह गरे ।

 

उनले समानुपाति निर्वाचन प्णललीमे खोट रहेको बताए । प्रदेश सभाका अर्का सदस्य श्याम पटेलले नेपाल प्रेस युनियन पत्रकारको संगठनको रुपमा स्थापित हुनु पर्ने सुझाव दिए । उनले पत्रकारहरुले तथ्यका आधार समाचार लेख्न छोडेर मेयरहरुको पछाडि लाग्ने गरेको चर्चा गरे । पत्रकारिताको मूल्य मान्यतालाई जीवीत राख्न नेपाल प्रेस युनियनले ध्यान दिनु पर्ने उनको सुझाव थियो ।

प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई नेपाली कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम, पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारी, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ , समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष मनोज पटेल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष दिपक गौतम लगायतले शुभकामना दिएका थिए । समारोमा बिजय चौहानले स्वागत भाषण गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.