logo

बन्द उधोग चलाउने सरकारी योजना, मोडालिटीका बारेमा छलफल भइरहेको मंत्री रिजालको खुलासा

 इसीमाना सम्वाददाता     २०८० जेठ १ गते ०५: १५ मा प्रकाशित     551   पटक पढिएको

बीरगन्ज, । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल बन्द रहेको वीरगंजको चीनी कारखाना संचालन गरिने बताएका छन । सोमवार वीरगंजमा नेपाल प्रेस युनियन पर्साको १० औं जिल्ला अधिवेशनको उद्धघाटन गर्दै मंत्री रिजालले यस्तो बताएका हुन । उनले बन्द रहेका सरकारी उद्योगहरु पुन सन्चालनका लागि सरकार लागेको बताएका हुन।

उनले बन्द रहेको वीरगन्ज चिनी कारखानासहितका सरकी उद्योगहरु पुन चलाउनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।कुन मोडलमा चलाउने भन्ने बारेमा छलफल चलिरहेको छ।

 

नक्कली भुटानी शरणार्थी प्रकरण बारे बोल्दै मंत्री रिजालले एमालेकै सरकारका पाला देखि यो भ्रष्टाचार प्रकरण सुरु भएको बताए । उनले भने, राम बहादुर थापा बादल गृहमन्त्री भएका बेला प्रधानमन्त्री कुन पार्टीका थिए? टोपबहादुर रायमाझी मन्त्री हुदाँ प्रधानमन्त्री कुन पार्टीका थिए ? यो सबैलाई थाहा छ ।


नक्कली शरणार्थीका नाममा भएको भ्रष्टाचार प्रकरणको अनुसन्धानमा अहिलेको गठबन्धन सरकारले पुर्ण रुपमा सघाइरहेको बताउदै मन्त्री रिजालले भने, भ्रष्टाचारीलाई कारबाही हुनै पर्छ, सरकारले अनुसन्धानमा कुनै हस्ताक्षेप गर्दैन ।


उनले देशको अर्थतन्त्रलाई पुन चलायमान बनाउन सरकार लागि परेको बताए । नेपाली कांग्रेस पर्साका सभापति एवं मधेश प्रदेशका सदस्य जनार्दन सिंह क्षेत्रीले मुलुकले आवलम्बन गरेको निर्वाचन प्रणाली परिर्वतन गर्नु पर्ने कुरामा बहस उठान गर्न पत्रकारलाई आग्रह गरे ।

 

उनले समानुपाति निर्वाचन प्णललीमे खोट रहेको बताए । प्रदेश सभाका अर्का सदस्य श्याम पटेलले नेपाल प्रेस युनियन पत्रकारको संगठनको रुपमा स्थापित हुनु पर्ने सुझाव दिए । उनले पत्रकारहरुले तथ्यका आधार समाचार लेख्न छोडेर मेयरहरुको पछाडि लाग्ने गरेको चर्चा गरे । पत्रकारिताको मूल्य मान्यतालाई जीवीत राख्न नेपाल प्रेस युनियनले ध्यान दिनु पर्ने उनको सुझाव थियो ।

प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई नेपाली कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम, पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारी, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ , समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष मनोज पटेल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष दिपक गौतम लगायतले शुभकामना दिएका थिए । समारोमा बिजय चौहानले स्वागत भाषण गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.