logo

ब्यवस्थित बीरगंज अभियानले तिब्रता लियो, सबैले आआफ्नो जिम्मेवारी बोध गर्दा मात्र वीरगञ्ज सुन्दर बन्ने छ 

      7/1/2020 गते 00 00 मा प्रकाशित     896   पटक पढिएको

ब्यवस्थित बीरगंज अभियानले तिव्रता लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गंगा पन्तले पछिल्लो पटक ब्यवस्थित बीरगंजकालागि पहलकदमी लिएपछि यो अभियानले तिब्रता लिएको हो । 

 


पहिलो चरणमा ब्यवस्थित बीरगंज अभियान अन्र्तगत पावर हाउस चोकदेखी रजत जयन्ती चोक सम्म ,घण्टाघरदेखी बसपार्क सम्मको लिंकरोड र माइस्थानको बजार क्षेत्रलाई ब्यवस्थित बनाइने अभियानको अठोट रहेको छ । 

 


अभियान अन्र्तगत नै ट्राफिक अनुशासन कायम राख्न तथा ट्राफिक व्यवस्थापनमा सहज घण्टाघर क्षेत्रको मुख्य सडकमा आज  सडक डिभाइडर राखिएको छ । डिभाइडरले लेन अनुशासन कायम राख्ने बिश्वास गरिएको छ । 

 


हिलटेक कम्पनीले निर्माण गरेको सडक डिभाइडरको ब्यवस्थापन बीरगंज महानगरपालिकाले गरेको हो । अहिले ४० वटा डिभाइडर आइसकेको छ निकट भविष्यमा थप डिभाइडर ल्याइने बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो । 

हिलटेक कम्पनीले बनाएको डिभाइडरमा एउटमा १ सय लिटर पानी राख्न मिल्छ । पानी हाल्दा प्लास्टिकको डिभाइडर गरुङगो हुन्छ जसले डिभाइडरलाई अयन्त्र सार्न वा लैजान गार्हो हुन्छ । महानगर प्रमुख सरावगीले दमकलबाट  डिभाइडरमा पानी भरेर यो अभियानको शुरुवात गर्नु भएको थियो ।

 

त्यस्तै घण्टाघरको दक्षीण तर्फ देब्रे साइडमा मोटरसाइकल तथा अन्य सवारी साधनको पार्किङ निषेध गरिएको छ । सवारी साधन र्पािकङ नहोस भन्नकालागि सिक्री लगाएर अवरोध सृजना गरिएको छ ।

 

वीरगञ्जको घण्टाघर देखि माईस्थान सम्मको सडकखण्डलाइ नो पार्किङ्ग बनाइएको छ । उक्त सडकखण्डमा छेकबार लगाई पार्किङ्ग निषेध गरिएको हो । बीरगंजको मूख्य सडक पार्किङ मुक्त बनाउने गरि अभियानलाई अगाडि बढाइएको छ । 
 अभियानको शुभारम्भ गर्दै नगर प्रमुख सरावगीले सहरलाई ब्यबस्थित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय , ट्राफिक प्रहरी र सामाजिक संघ संस्थाले  चालेको कदमलाई सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा पर्साकी प्रहरी प्रमुख गंगा पन्तले सबैले आआफ्नो जिम्मेवारी बोध गर्ने हो भने वीरगञ्जलाइ व्यवस्थित बनाउन धेरै समय नलाग्ने बताउनु भयो ।

 

उहाँले बानीमा परिर्वतन ल्याउन कठिन भएपनि सकिने बिश्वास ब्यक्त गर्दै सकारात्मक रुपमा सोच्ने र हेरिनु पर्नेमा जोड दिनु भयो । बिरोध र आलोचना भइरहन्छन तर काम गर्न भने छोड्नु हुदैन उहााले भन्नु भयो “ बीरगंजलाई राम्रो ब्यवस्थित र सभ्य बनाउने हो भने त्यसको अगुवाई बीरगंजबासीले नै गर्नु पर्ने धारणा राख्नु भयो । 

 


ब्यवस्थित बीरगंज अभियान अन्र्तगत गहवामाई मन्द्यीर अगाडि ठेला राखेर फलफूल बेच्न नपाउने ब्यवस्था मिलाइएको छ । मिना बजारमा पसलहरुमा सटर भन्दा अगाडि समानहरु राखेर बेच्न नपाइने गरि ब्यवस्था मिलाइएको छ । 

 


कार्यक्रममा प्रहरी नायक उपरिक्षक मनोजनि कुँवर, गौतम थापा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगञ्ज् युवा समाजका अध्यक्ष कमल चौगाई, व्यवस्थित वीरगञ्जका दिलिप राज कार्की, युवा वचन संस्थाका पियुष कादमिया, भोलुन्टियर वीरगञ्जका संयोजक राजन श्रीवास्तवलगायतकाहरुको सहभागिता  रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.