logo

ब्यवस्थित बीरगंज अभियानले तिब्रता लियो, सबैले आआफ्नो जिम्मेवारी बोध गर्दा मात्र वीरगञ्ज सुन्दर बन्ने छ 

      7/1/2020 गते 00 00 मा प्रकाशित     1087   पटक पढिएको

ब्यवस्थित बीरगंज अभियानले तिव्रता लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गंगा पन्तले पछिल्लो पटक ब्यवस्थित बीरगंजकालागि पहलकदमी लिएपछि यो अभियानले तिब्रता लिएको हो । 

 


पहिलो चरणमा ब्यवस्थित बीरगंज अभियान अन्र्तगत पावर हाउस चोकदेखी रजत जयन्ती चोक सम्म ,घण्टाघरदेखी बसपार्क सम्मको लिंकरोड र माइस्थानको बजार क्षेत्रलाई ब्यवस्थित बनाइने अभियानको अठोट रहेको छ । 

 


अभियान अन्र्तगत नै ट्राफिक अनुशासन कायम राख्न तथा ट्राफिक व्यवस्थापनमा सहज घण्टाघर क्षेत्रको मुख्य सडकमा आज  सडक डिभाइडर राखिएको छ । डिभाइडरले लेन अनुशासन कायम राख्ने बिश्वास गरिएको छ । 

 


हिलटेक कम्पनीले निर्माण गरेको सडक डिभाइडरको ब्यवस्थापन बीरगंज महानगरपालिकाले गरेको हो । अहिले ४० वटा डिभाइडर आइसकेको छ निकट भविष्यमा थप डिभाइडर ल्याइने बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो । 

हिलटेक कम्पनीले बनाएको डिभाइडरमा एउटमा १ सय लिटर पानी राख्न मिल्छ । पानी हाल्दा प्लास्टिकको डिभाइडर गरुङगो हुन्छ जसले डिभाइडरलाई अयन्त्र सार्न वा लैजान गार्हो हुन्छ । महानगर प्रमुख सरावगीले दमकलबाट  डिभाइडरमा पानी भरेर यो अभियानको शुरुवात गर्नु भएको थियो ।

 

त्यस्तै घण्टाघरको दक्षीण तर्फ देब्रे साइडमा मोटरसाइकल तथा अन्य सवारी साधनको पार्किङ निषेध गरिएको छ । सवारी साधन र्पािकङ नहोस भन्नकालागि सिक्री लगाएर अवरोध सृजना गरिएको छ ।

 

वीरगञ्जको घण्टाघर देखि माईस्थान सम्मको सडकखण्डलाइ नो पार्किङ्ग बनाइएको छ । उक्त सडकखण्डमा छेकबार लगाई पार्किङ्ग निषेध गरिएको हो । बीरगंजको मूख्य सडक पार्किङ मुक्त बनाउने गरि अभियानलाई अगाडि बढाइएको छ । 
 अभियानको शुभारम्भ गर्दै नगर प्रमुख सरावगीले सहरलाई ब्यबस्थित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय , ट्राफिक प्रहरी र सामाजिक संघ संस्थाले  चालेको कदमलाई सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा पर्साकी प्रहरी प्रमुख गंगा पन्तले सबैले आआफ्नो जिम्मेवारी बोध गर्ने हो भने वीरगञ्जलाइ व्यवस्थित बनाउन धेरै समय नलाग्ने बताउनु भयो ।

 

उहाँले बानीमा परिर्वतन ल्याउन कठिन भएपनि सकिने बिश्वास ब्यक्त गर्दै सकारात्मक रुपमा सोच्ने र हेरिनु पर्नेमा जोड दिनु भयो । बिरोध र आलोचना भइरहन्छन तर काम गर्न भने छोड्नु हुदैन उहााले भन्नु भयो “ बीरगंजलाई राम्रो ब्यवस्थित र सभ्य बनाउने हो भने त्यसको अगुवाई बीरगंजबासीले नै गर्नु पर्ने धारणा राख्नु भयो । 

 


ब्यवस्थित बीरगंज अभियान अन्र्तगत गहवामाई मन्द्यीर अगाडि ठेला राखेर फलफूल बेच्न नपाउने ब्यवस्था मिलाइएको छ । मिना बजारमा पसलहरुमा सटर भन्दा अगाडि समानहरु राखेर बेच्न नपाइने गरि ब्यवस्था मिलाइएको छ । 

 


कार्यक्रममा प्रहरी नायक उपरिक्षक मनोजनि कुँवर, गौतम थापा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगञ्ज् युवा समाजका अध्यक्ष कमल चौगाई, व्यवस्थित वीरगञ्जका दिलिप राज कार्की, युवा वचन संस्थाका पियुष कादमिया, भोलुन्टियर वीरगञ्जका संयोजक राजन श्रीवास्तवलगायतकाहरुको सहभागिता  रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.