logo

बाराको निर्वाचन २ ,ग्राउण्ड जिरोमा ठुलो बदलाव, जनमत संयोजक र स्वतन्त्र उम्मेदवारको सूर्यमा मतदान गर्न अपिल , एमालेका पुरुषोत्तम साझा बन्दै,

 इसीमाना सम्वाददाता     २०८० बैशाख ९ गते १२: २० मा प्रकाशित     1175   पटक पढिएको

बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको उपनिर्वाचनका उम्मेदवार एमालेका पुरुषोत्तम पौडेललाई स्वतन्त्र उम्मेदवार सुरज शाह तेलीले समर्थन गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार पौडेलको समर्थनमा आफनो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै आम मदतातालाई सूर्य चिन्हमा मतदान गर्न विज्ञप्ति जारी गर्दै अपिल गरेका छन ।

 

उनले आफनो उम्मेदवारी निष्क्रिय रहने बताएका छन । तेलीले बिज्ञप्ति जारी गर्दै सुशासन र बिकासको प्रतिफल जनतामा पुर्याउन सक्ने नेता पौडेल मात्र भएको बताएका छन । बारा २ को निर्वाचनको मैदानमा राजनीतिको सर्वथा नैतीकहिन प्रहसन भइरहेको सन्दर्भ छ ।

No description available.

सप्तरी जनताले परास्त गरेका जसपाका अध्यक्ष उपेन्द्र यादवको सत्ता बिना बाँच्न नसक्ने स्वार्थी प्रवृतिको प्रकटीकरण बारा २ मा भएको छ । जनताको मतद्वारा पराजीत यादव चोरबाटो सुदै संसद प्रवेश गर्न खोज्दा उनको सर्वत्र आलोचना भएको छ । उनले सप्तरीका जनताको आदेशको अपमान गरेको राजनीतिक बिश्लेकष्कहरुको टिप्पणी छ ।

No description available.

बाराको क्षेत्र नं २ लाई आफू सत्तामा जाने भ¥याङ बनाउनेको बिरुद्ध एउटा बलियो उम्मेदवारको आवश्यकता भएको बेलामा स्वतन्त्र उम्मेदवार तेलीको यो निर्णयले उपेन्द्र बिरोधी ठुलो जनमताको प्रतिनिधित्व पौडेलले गर्ने भएका भएका छन ।

https://youtu.be/c5QewlA4voE 

(जनमत पार्टीका बारा जिल्ला संयोजक अकबर खलिफाको भिडियो)


स्वतन्त्र उम्मेदवार तेलीले विज्ञप्ति जारी गर्दै भनेका छन ‘‘एमालेका पुरुषोत्तम पौडेल बाराकै चिर परिचित अनुहार तथा बाराका पुरानो र जनमुखी नेता हुन । बारामा भएका विकासको पहलकर्ता समेत रहेका पुरुषोत्तमलाई प्रतिनिधिसभाको उपनिर्वाचनमा विजयी गराउन आम मतदाता संग अपिल गर्दछु ।

No description available.

उनले भने, ‘बारा क्षेत्र नम्बर २ मा खटिरहँदाखेरी धेरै उम्मेवारहरुको विश्लेषण पनि गरिरहेको थिएँ, त्यो विश्लेषण गर्दा क्षेत्र नम्बर २ लाई आवश्यक भएको उम्मेदवार चाहिँ पुरुषोत्तम पौडेल नै भन्ने निष्कर्ष निकालें ।’

उनले पुरुषोत्तमले अघि सारेको चुनावी नारा आफूलाई मन परेको बताए । बाराका ४ वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो पुरुषोत्तमकै कारण भएको र अब यस क्षेत्रमा समेत विकास गर्नका निम्ति पुरुषोत्तमको आवश्यकता भएको उनले निष्कर्ष सुनाए ।

यसैगरि जनमत पार्टीका बारा जिल्ला संयोजक अकबर खलिफाले जनमत पार्टी परित्याग गरेका छन । उनले नेकपा एमालेका उम्मेदवार पुरुषोतम पौडेलको जीत बारा क्षेत्र नं २ को आवश्यकता भएको ठहर गरेर पार्टी परित्याग गरेको बताए ।

उनले बिकासप्रेमी ,शालीन ,जनप्रिय तथा बैद्धिक नेता पुरुषोतम पौडेललाई मतदान गरेर बिजयी बनाउन आम मतदातालाई अपिल गरेका छन ।

No description available.जनमत पार्टीका जिल्ला संयोजकको सर्मथन प्राप्त गरेपछि एमालेका नेता पुरुषोतम पौडेल पाँचदलीय गठबन्धनका बिरुद्ध साझा उम्मेदवार बनेका छन । No description available.उपेन्द्र यादवको स्वार्थलाई रोक्नकालागि पुरुषोतम पौडेल निविर्कल्प उम्मेदवार भएको बाराको निर्वाचन क्षेत्रको ग्राउण्ड रियालीटी बन्न पुगेको उनले पाउदै गरेको सर्मथनले पुष्टि गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.