logo

वीरगंज महानगर बिरुद्ध अदालतको अंकुश, भवन निर्माण नरोक्न र पार्किङ नराख्न अन्तरिम आदेश

 इसीमाना सम्वाददाता     २०८० बैशाख ६ गते ०८: ०० मा प्रकाशित     718   पटक पढिएको

आफनै निर्णयको प्रतिकूल हुने काम गरेको भन्दै वीरगंज महानगरपालिका बिरुद्ध च्च अदालत जनकपुर अस्थाई ईजलास वीरगंजले कानूनी अंकुश लगाएको छ ।

 

महानगर बिरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेर अंकुश लगाएको हो । वीरगंज महानगरपालिकाले रक्त संचार केन्द्रको भवन निर्माणकालागि आफनो स्वामित्वमा रहेको जग्गा कार्यपालिका तथा नगरसभाबाट पारित गरेर नेपाल रेडक्रस सासाइटी पर्सालाई दिएको थियो ।


रक्त संचार केन्द्र भवन निर्माण गर्न उद्योग बाणिज्य संघको पश्चिम तर्फ रहेको खाली जग्गा नेपाल रेडक्रसलाई उपलब्ध गराउने निर्णय लाई बेवास्ता गरी रक्त संचार केन्द्रका लागि नदिने भन्दै महानगरले पत्राचार गरेको थियो ।

 

महानगरले त्यही जंग्गामा पार्किगं ठेक्का लगाएर रक्तसंचार केन्द्र निर्माणमा अवरोध खडा गरेको आदलतले आदेश जारी गरेको हो । बुधवार जारी आदेशमा रक्त संचार केन्द्र भवन निर्माणमा कुनै बाधा अवरोध नगर्नु नगराउनु पार्किग कार्य समेत नगर्नु नगराउनु भनिएको छ ।

 

उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजका माननिय न्यायधीश गणेश प्रसाद बराल र सुदर्शन देव भट्टको संयुक्त ईजलासले आदेश जारी गरेको हो ।


बिजय कुमार सरावगी वीरगंज महानगरपालिकाको नगर प्रमुख भएको बेलामा वीरगंज महानगरपालिकाको स्वामित्वमा रहेको वीरगंज महानगरपालिकाको वडा–३ मा रहेको कित्ता नम्बर २१ र ५६ को जग्गामा रक्त संचार केन्द्रको भवन बनाउने गरी २०७७ माघ १३ गते बोर्ड बैठकबाट निर्णय गरी नगर सभाबाट समेत अनुमोदन भएको थियो ।

 

भवन निर्माण सम्बन्धमा महानगरले ०७८ असार ३ गते नेपाल रेडक्रस सोसाईटी पर्सासंग सम्झौता समेत गरेको थियो । सम्झौतामा भवनको भुईतल्लामा सार्वजनिक पार्किङ्ग समेत राख्ने उल्लेख छ । महानगरले भवन निर्माणकालागि रेडक्रसले पेश गरेको नक्सा समेत पास गरेर ०७८ चैत २९ मा भवन निर्माण इजाजत पत्र दिएको थियो । भवन निर्माणको लागि तत्कालिन नगर प्रमुखले २५ लाख रुपैया अनुदान समेत उपलब्ध गराएका थिए ।


भवन निर्माणको करारमा ठेक्का सम्झौत समेत भएको अवस्थामा महानगरको नेतृत्व परिवर्तन भयो । परिवृतीत नेतृत्वसंग भवन निर्माणकालागि बिभिन्न चरणमा छलफल आग्रह र लिखित आग्रह गरिएको रेडक्रसका शाखा सभापति वीरेन्द्रराज कडेलले बताए ।

 

रेडक्रससंग भएको विगतको सम्झौता विपरित रेडक्रसलाई कुनै जानकारी नै नगराई सो जग्गामा सार्वजनिक पार्किङ्गको ठेक्का लगाएको छ । रेडक्रस पर्साले पत्र लेखेर रक्तसंचार भवन बनाउन आग्रह गरेमा ०७९ माघ ४ गते महानगरको तर्फबाट प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले सो अब जग्गा उपलब्ध गराउन नसकिने व्यहोराको पत्र दिएको कडेलले बताए ।

 

महानगरसंगका सबै बाटो र, उपाय सकिए पछि रेडक्रस सोसाइटी अदालतको शरणमा पुगेको थियो । अदालतले भवन निर्माण कार्यमा कुनै बाधा अवरोध नगर्नु नगराउनु, र सो जग्गामा पार्किङ्गकार्य नगर्नु नगराउनु भन्ने आदेश जारी गरेको छ । उच्च अदालत वीरगंजको उल्लेखित आदेशले वीरगंजमा अत्याधुनिक रक्त संचार केन्द्र निर्माण हुने बाटो खुल्ला भएको छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.