logo

परिवारमा एक्लो नागरिकताधारी गुप्ता भन्छन इटियाही मेरा पूर्वजको गाउँ हो त्यहीबाट नागरिकता लिएको हुँ

 इसीमाना सम्वाददाता     २०८० बैशाख ५ गते ०८: ११ मा प्रकाशित     569   पटक पढिएको

बारा जिल्लाको इटियाही मेरो पूर्वजहरुको थलो हो मेरो वुवाको वुवा इटियाही निवासी हो त्यसैले मेरो नागरिकता पनि त्यही गाउँबाट लिएको हो ।

 

नागरिकता इटियाहीबाट कसरी बन्यो भन्ने जिज्ञासामा नितेश गुप्ताले यस्तो जवाफ दिएका हुन ।
गुप्ताले पूर्वजहरु वुवा र हजुरवुवाहरु बाराको इटियाहीको बासिन्दा भएको दावी गरे पनि उनले नागकिता भने जन्मको आधारमा प्राप्त गरेको देखिन्छ । पूर्वजहरु नै यहीका भएपछि नागरिकता त बंशज हुनु पर्ने प्रश्नको उत्तर भने गुप्तासंग छैन ।


तारा प्रासदको जेठो छोरो म नितेश गुप्ता नेपालीनागरिकताधारी हु मेरो भाई अहिले पनि भारतीय नै हो गुप्ताले भने एउटै बाबुका तीन सन्तान तीन देशका नागरिक हुन सक्छन की सक्दैनन भन्दै प्रतिप्रश्न गरे ।


नितेशबा बुवा ताराचन्द प्रसाद तेली भने वीरगंजसंग सीमा जोडिएको भारतीय शहर रक्सौल नजिकै श्रीरामपुर गाउँको स्थायी बासिन्दा हुन । तेलीले छोटो समयमा वीरगंजभित्र अथाह सम्पती जोडन सफल भएका छन ।


वीरगंजमा काजु किसमिस, छोकड़ा, दाल र किराना समानको अनधिकृत कारोवार गरेर ताराचन्दले पैसा मात्र कमाएनन्, आफ्नो जेठो छोरा नितेश गुप्तालाई बाराको इटियाहीबाट जन्मको आधारमा नेपाली नागरिकता दिलाई नितेश फुड प्रोडक्ट्स् प्रालि नामक कम्पनी खोलेर देशभरी कारोबार पनि फैलाएका छन्।

 

नितेशको सानो भाई विकेश आज पनि भारतीय नागरिकको हैसियतमा छन्। ताराचन्द र उनको श्रीमती कासमनी देवी पनि भारतीय नागरिक नै रहेको प्रमाणले पुष्टि गरेको छ। नितेशका दुई जना काकाहरू पनि भारतीय नै रहेको बिहार निर्वाचन आयोगको मतदाता नामावलीले पुष्टि गरेको छ।

उनले २०६३ फाल्गुण ११ गते त्यतीवेला गाउँ गाउँमा खटाइएको नागरिकता टोलीका प्रमुख हरि प्रसाद शर्मालाई मोटो नजराना चढ़ाई ३३३०७४ ९५३को नागरिकता प्रमाणपत्र हासिल गर्न सफल भएका थिए।

 

गुप्ताले भारतमा आफनो कुनै कागजात नभएको बताए । उनले २० भन्दा बढी नेपालीलाई रोजगारी दिएको कुरा मिडियाले नलेख्ने भन्दै असन्तोष ब्यक्त गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.