logo

म्याद गुज्रेका समाग्री रिप्याकिङ गरि जनस्वास्थ्यसंग खेलवाड गर्ने फर्ममा छापा, तीन कर्मचारी पक्राउ

 इसीमाना सम्वाददाता     २०७९ चैत १४ गते ०८: ५८ मा प्रकाशित     629   पटक पढिएको

वीरगञ्ज । विभिन्न ब्राण्डका म्याद सकिएका खाद्यान्न सामाग्रीहरु खरिद गरेर ल्याउने त्यसैलाई रिप्याकिङग गरेर बजारमा पठाई उपभोक्ताको रकम र स्वास्थ्यमा खेलवाड गर्ने कम्पनीमा स्थानीय बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको नेतृत्वमा छापा मारिएको छ ।

श्रीपुरस्थित श्रवण रुंगटाको घर भाडामा लिइ संचालीत स्नेक एण्ड प्याक उद्योग र फुडको नेपाल क्रोप प्रा.लि.नामका दुईवटा फर्ममा छापा मारिएको हो ।

 

स्नेक एण्ड प्याक उद्योगले म्याद सकिएको खाद्यान्न सामाग्रीलाई रीप्याकिङ गरि नयाँ लेबल टाँसी बजारमा विक्री वितरण गर्ने गरेको थियो ।


छापामारीबाट बरामद गरिएको सामग्रीको मूल्य प्रहरीले करिव २८ लाख अनुमान गरेको छ । छापामारी पश्चात प्रहरीले दुबै फर्ममा शिल पनि गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिए । फर्मका तीन जना कर्मचारीलाई पनि पक्राउ गरिएको उनले जानकारी दिए ।

 

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा –१३ का ३२ बर्षिय मनिषकुमार चौधरी, वीरगञ्ज–७ निवासी २३ बर्षिय आयुष अग्रवाल र वीरगञ्ज–१४ निवासी ३८ बर्षिय हरिनारायण प्रसाद कुर्मीलाई पक्राउ गरेको हो ।

छापामरी गर्ने क्रममा उद्योगबाट किचेनमा प्रयोग गरिने विभिन्न किसिमका मसला, सस, मह, च्वकलेट, सेम्पु, सेवई, स्नेक, विस्कुट, जिरा, गरम मसाला, विभिन्न मिठाई फ्लेबरका पाउडरलगायतका खाद्यान्न सामाग्रीहरु बरामद गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य तथा गुणस्तर कार्यालय वीरगञ्ज र वीरगञ्ज उद्योग वाणिज्य संघ कन्जुमर आईको संयुक्त टोलीले उद्योगमा छापा मारेको थियो ।

उद्योगमा छापामारी भएको थाहा पाए लगतै सञ्चालकहरु फरार भएको हुँदा उनीहरुको खोजी भइरहेको गिरीले बताए । प्रहरीका अनुसार वीरगञ्ज .७ निवासी सञ्जय अग्रवाल, सोही ठाउँका विद्या कुमारी सरावगी र चितवन जिल्लाको भरतपुर(३ निवासी सन्तोषकुमार अग्रवालले उद्योग र कम्पनी सञ्चालन गर्दै आएका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.