logo

महायज्ञमा बस्न नदिने पूजा समितिको निर्णय बिरुद्ध दलीत समुदायले बनाए संघर्ष समिति

 इसीमाना सम्वाददाता     २०७९ चैत ३ गते ०९: ४७ मा प्रकाशित     611   पटक पढिएको

वीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौमा यही चैत ८ गतेदेखि हुने महायज्ञमा दलित समुदायलाई पूजामा बस्न नदिने महायज्ञ पूजा मुल समितिको निर्णयका बिरुद्ध दलीत समुदायले संघर्ष समिति बनाएका छन ।

०७९ चैत ३ गते वीरगंजमा रहेको नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको अयोजना गरेर संघर्ष समिति निर्माण गरिएको जानकारी दिइएको हो ।

No description available.

बिष्णु रामको अध्यक्षतामा १३ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । समितिले दलित समुदायको मागलाई सम्बन्धित निकायलाई जानकारी गराउने र मागको सम्बोधनका लागि पहल गर्ने निर्णय गरेको छ ।

 

पूजामा दलीत समुदायलाई सहभागी नगराइए आन्दोलन गरी दबाब सृजना गर्ने संघर्ष समितिका अध्यक्ष बिष्णु रामले बताए । संविधानले दिएको अधिकार समाजमा स्थापित गर्न संघर्ष समितिले पहल गर्ने उनको भनाई छ ।

 

अहिलेको आन्दोलनले भोली दलितका सन्ततीले विभेद खेप्न नपर्ने वतावरण बन्ने उनको विश्वास छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौमा यही चैत ८ गतेदेखि हुने महायज्ञमा दलित समुदायलाई पूजामा बस्न नदिने महायज्ञ पूजा मुल समिति विरुद्ध आन्दोलनरत दलित समुदायको माग सम्बोधन नभएपछि दलीत समुदायले संघर्ष समिति बनाएको हो ।

 

०७९ फागुन २९ गते वीरगञ्जको घण्टाघरमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाई उजुरी दिएपनि विवाद सुल्झिन सकेको छैन ।

 

यद्धपी यो वीचमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी नायब उपरीक्षक दिपक गिरीको उपस्थितिमा २ चरणमा छलफल चल्यो तर निष्कर्ष निस्केन ।

 

तेस्रो चरणमा पूनः जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह लगायतको रोहबरमा भएको छलफल पनि निस्कर्षविहिन भयो । यो छलफलमा राज्यका निकाय गम्भिरतापूर्वक प्रस्तुत नभएको दलीत अगुवाको बुझाई छ ।

नेपाल दलित मुक्ति मोर्चा मधेश प्रदेशका अध्यक्ष लवकुश बैठाले छुवाछुत गर्नेलाई पनि कारवाही गर्नु पर्ने बिचार ब्यक्त गर्दछन ।

No description available.

महायज्ञ पूजा मुल समितिका सदस्य एवम् स्थानीय संसारी माई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद चौधरीले खुलेयाम रुपमा बरु जेल जान तयार तर यज्ञमा दलितलाई बस्न नदिने बताउँदा पनि प्रहरी प्रशासन कानमा तेल हालेर बसेको बैठाको आरोप छ ।


कानुन कार्यन्वयनमै विभेद भएपछि अब न्याय पाउने आशमा आन्दोलन गर्न बाध्य भएको दलित अगुवा जवाहिर रामले बताए ।
स्थानीय दलित विकास पथका अध्यक्ष शिवनारायण रामले वीरगञ्ज अलौका दलितको समस्या मात्रै नभएर सिंगो दलित समुदायमाथिको विभेद भएको बताए । अहिले पनि चुप लागेर बसेमा फेरी आगामी दिनमा पनि सहनुपर्ने भन्दै उनले अब आवाज उठाउनुको विकल्प नरहेको बताए ।


पत्रकार सम्मेलनमा दलीत महिलाहरुको पनि उल्लेख्य सभागिता रहेको थियो । अलौ निवासी ७० वर्षीय सिधारिया देवी आक्रोशित मुद्रामा थिइन बिभेद बिरुद्ध बिद्रोह गर्नु पर्ने उनले बताइन ।

No description available.

घरको कामकाज छोडेर वीरगंज आएकी ६० वर्षीय जियन देवीले यसअघि छठ पर्व, दुर्गा पूजा लगायतका धार्मिक क्रियाकलापमा सरिक हुँदा केही फरक नपर्ने तर अहिले यज्ञमा बस्दैमा के फरक पर्छ भन्दै प्रतिप्रश्न गरिन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.