logo

कोभिड संक्रमण नियन्त्रणमुखी बजेट ल्याउन महागरलाई नागरिक समाजको सुझाव 

      6/17/2020 गते 00 00 मा प्रकाशित     1411   पटक पढिएको

वीरगन्ज, ३ असार । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न सरोकारवालाहरुसँग छलफल गरेको छ । आर्थिक बर्ष २०७७/०७८ को लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रमबारे सुझाव लिन नागरिक समाजसंग आज छलफल गरेको हो ।

छलफलमा नागरिक समाजले कोरोना महामारीमा केन्द्रीत हुनपर्ने, भौतिक संरचना मर्मत संभार, सुशासन उपभोत्ता हित संरक्षण करको सदूपयोग गर्न, करको दायरा बढाउन र मितव्ययी कार्यक्रमहरु ल्याउन सुझाव दिएका छन् । पर्यटकीय स्थलहरुको पहिचान गरी अनलाई शिक्षालाई प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव पनि दिएका छन् ।

नागरिक समाजको तर्फबाट आएको सुझावपछि बोल्दै महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले अगामी आर्थिक बर्षमा शिक्षा र स्वास्थ्यमा दोब्बर बजेट बिनयोजन गर्न लागेको जानकारी दिनुभयो । उहाले स्वास्थ्य र शिक्षाको बजेट दोब्बर बनाउने, घरघरमा विशेषज्ञ सेवा र औषधिको सेवा पु¥याउने योजना रहेको जानकारी दिनुभयो ।

महानगरपालिकाले २ करोड ५० लाखको पौष्टिक आहार महिला तथा बालबालिकालाई वितरण, चर्म रोग र गर्भवती महिलाको आङ खस्ने समस्या समाधानका लागि कार्यक्रम, साक्षर वीरगन्जको घोषणा गरिने, २ चरणमा विद्यालय संचालन गरिने विद्यालयलाई निःसंक्रमण गरिने, साबुन र पानीको व्यावस्था गर्ने । त्यसको लागि चार करोड रुपैंया लागत बढ््ने पनि अनुमान गरिएको बताउनुभयो ।

स्वच्छ पिउने पानीको स्रोत, हरियाली बनाउन ३ करोड ३० लाख रकम खर्च गरी ६० देखि ८० हजार विरुवा रोपिने योजना रहेको बताउनुभयो । अहिले १० हजार किलो फोहोर दैनिक निस्किने गरेको र यस्तो अस्पतालजन्य फोहोर व्यावस्थापनका लागि ७ करोड लागतको स्वचालित मेशिन जडान गरि व्यावस्थापन गरिने बताउनुभयो ।

३५ हजार घरमा कुहिने र नकुहिने फहोरलाई छुट्याएर राख्न डष्टविन वितरण गरिने,  २४ करोडको उज्यालो वीरगन्ज कार्यक्रम ल्याईने छ । २३ करोडको बजेट सिलिङमा ७ करोड, ३ करोड नगरस्तरीय योजना र सातसय विद्यार्थीलाई परिक्षामा बस्ने सक्ने भवन बनाउने योजना रहेको पनि बताउनुभयो । नाला ढाक्ने कच्चा नालालाई पक्का बनाउने, महिला उद्यमशीलता बढाउने योजना पनि रहेको बताउनुभयो ।

छलफलमा महानगर उपप्रमुख शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत प्रदिप निरौला, नागरिक समाजका अगुवा प्रा.डा. दिपक शाक्य, रोशनभक्त श्रेष्ठ, समाजिक संस्था जिल्ला समन्वय समितिका अध्यक्ष ईब्राहिम देवान, रामकान्त पटेल, अधिवक्ता कमलमोहन पोखरेल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, मेयरका प्रेस सल्लाहकार गोविन्द देवकोटा, अधिवक्ताहरु रमेश्वर सेढाई, विनय सिंह, पत्रकारहरु महेश दास, के.सी लामिछाने, महानगरका आन्तरिक लेखा परिक्षक हरिशंकर कुर्मी लगायतको सहभागी रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.